• सहकारी बैंकद्वारा उत्कृष्ट संस्था सम्मानित

    काठमाडौं । राष्ट्रिय सहकारी बैकले उत्कृष्ट कारोबार आाफ्ना सदस्य संघसंस्थालाई सम्मानित गरेको छ । बैंकले काठमाडौंमा रहेका शाखा कार्यालयबाट उत्कृष्ट कारोबार गर्ने संस्थालाई सम्मानित गरेको हो ।

    शाखा कार्यालयहरु संग उत्कृष्ट र नियमित कारोवार गर्ने सहकारी संस्थालाई कार्यक्रममा प्रमुख अतिथिवाट सम्मान प्रदान गरिएको थियो ।

    संस्थाहरुमा शाखा कार्यालय गोंगबुबाट उत्कृष्ट कारोबार तर्फ….

    बिस्तृतमा..

  • ‘ढुक्क हुनुहोस् सहकारीको कर सम्बोधन हुन्छ’

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको कर सम्बोधन हुने बताउनुभएको छ । सुझाव दिन गठित कार्यदले बृहतरुपमा काम गरिरहेको भन्दै बडालले सहकारी ऐनअनुसार कर समायोजन हुन नसके पनि सहकारीकर्मीको भावनाअनुसार कर सम्बोधन हुने बताउनुभयो ।
    राष्ट्रिय सहकारी बैंकले सोमबार राजधानीमा आयोजना गरेको ‘सहकारी बैंक र सदस्य….

    बिस्तृतमा..

  • सहकारीमा एकरुपता प्रणाली लागू गरिदै

    भक्तपुर । साकोस एकरुपता प्रणालीमा जान सके मात्र सहकारीका विकृति अन्त्य हुने भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि भक्तपुर र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को संयुक्त आयोजनामा साकोस एकरुपता प्रणाली अभिमुखिकरण कार्यक्रम….

    बिस्तृतमा..

  • तथ्याक‌ं व्यवस्थित गर्न काेपाेमिस अनिवार्य

    दाेलखा । दोलखा र रामेछाप जिल्लामा सञ्चालित साकोसहरुलाई लक्षित गरि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी विभागको आर्थिक सहयोग र नेफ्स्कूनको आयोजनामा दोलखामा सञ्चालित दुई दिवसिय काेपाेमिस तालिम  सम्पन्न भएको छ ।

    उक्त तालिममा दोलखा र रामेछाप जिल्लाका ३२ वटा सहकारी संस्थाहरुबाट सञ्चालक तथा प्राविधिक कर्मचारीहरुको उपस्थिति रहेको थियो….

    बिस्तृतमा..

icon

गतिविधि

थप हेर्नुस् >>

सहकारी पारदर्शी हुनुपर्नेमा जाेड

 काठमाडाै‌ैं ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभागको आयोजनामा राष्ट्रिय सहकारी महासंघका सदस्य संघका पदाधिकारीहरुका लागि सूचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम मिति २०७५ असार ३ गते सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सहकारीका सदस्यहरुले आफ्नो गतिविधिहरु पारदर्शी रुपमा सदस्यसमक्ष सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले महासंघले मन्त्रालय र विभागसँग मिलेर सहकारी सन्देश नियमित प्रकाशित गरि सूचना प्रवाह गरिरहेको बताउनुभयो । उहाँले सूचना आयोगसँग मिलेर तल्लो तहसम्म सूचना प्रवाह गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको संरक्षण, सर्वद्धन र प्रचलनमा सहकारी क्षेत्रको दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले सहकारीका मूल्य र मान्यता अनुरुप सहकारी संघ÷संस्थाहरुले जवाफदेही र पारदर्शी ढंगले सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सहकारी संघ÷संस्थाको प्रगति विवरणहरु सदस्यहरुमा जानकारी गराएको खण्डमा सहकारीले जनताको विश्वास प्राप्त गर्ने बताउनुभयो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनालीले २१ औं शताब्दीमा सूचना लुकाएर होइन देखाएर आम सदस्यको विश्वास जित्न सकिने बताउनुभयो । उहाँले सहकारीकर्मीहरु सूचना हकको अभियान्ताका रुपमा प्रस्तुत हुनुपर्ने आग्रह गर्नुभयो ।
आयुक्त यशोदा तिम्सिना र किरण पोखरेलले सूचनाको हकको मालिक अन्ततः जनता भएकाले जनताको घर दैलोमा सूचना पु¥याउँन सहकारी महासंघले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।
सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले सहि सूचना संप्रेषणमा सहकारी संघ÷संस्थाहरु अग्रपंक्तिमा रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य दिपक प्रसाद पौडेल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, सहकारीकर्मी राजेन्द्र डुमरुले टिप्पणी गर्नुभएको थियो । सो अन्तक्रियामा विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा पदाधिकारीहरु, सहकारी अभियानका अगुवाहरुको सहभागिता रहेको थियो ।

बिस्तृतमा..

  • जीवन र कर्म

    थप हेर्नुस् >>

    बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्छन्

    राजेन्द्र श्रेष्ठ
    प्रमुख कार्यकारी अधिकृत-चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था
    सहकारी क्षेत्रमा क्रियाशील राजेन्द्र श्रेष्ठ सहकारी क्षेत्रले काम गर्न सक्ने असीमित सम्भावना रहेको बताउनुहुन्छ । एक दशकदेखि सहकारीमा निरन्तर लागेका श्रेष्ठ चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी प्रमुख हुनुहुन्छ । बहुउद्देश्यीय सहकारीले धेरै काम गर्न सक्ने भए पनि धेरै काम गर्न नसकेको उहाँको भनाइ छ ।
    ‘अन्य सहकारीको तुलनामा बहुउद्देश्यीय सहकारीलाई चुनौती…

    बिस्तृतमा..

  • ५ दिनमा ५ प्रश्न

    थप हेर्नुस् >>

    ब्रान्डले सदस्यमा सहकारीप्रति विश्वास बढाएको छ

    पार्वती खाड राई
    उपाध्यक्ष–नेफ्स्कुन
    १ नेफ्स्कुन खासगरी कुन क्षेत्रमा फोकस गरेको छ ?
    नेफ्स्कुन मुख्यःत बचत तथा ऋणमा फोकस हुने नै भयो । यसका साथै सबै संस्थाहरूलाई सुरक्षित बनाउनका लागि हामीले एक्सेस, प्रोवेसनलगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएका छौं । यी मापदण्डभित्र रहेर काम गर्दा कुनै पनि समस्या आउँदैन भन्ने कुरा हामीले संस्थालाई शिक्षा दिइरहेका छौं । विशेष गरेर सबै संस्थाहरूलाई…

    बिस्तृतमा..

  • बहुउद्देश्यीय सहकारी संस्था र उत्पादनमूलक क्षेत्रमा लगानी

    -विपिन शर्मा-

    गत कात्तिक १ गते सहकारी ऐन २०७४ जारी भएपछि सहकारीकर्मीहरू सँगसँगै केही उत्साह र केही अन्योलमा छन् । लामो समयको प्रसव पीडापछि प्राप्त भएकोले गर्दा ऐनमा रहेका प्रावधान के कस्ता छन् भन्ने भन्दा पनि नयाँ ऐनले सहकारीको प्रवद्र्धन र विकासका लागि पक्कै पनि नयाँ ढोकाहरू खुला गर्नेछ भन्ने आशाबादी सोच नै उत्साहको कारक बनेको छ…

    बिस्तृतमा..

  • अन्य स्रोत

    थप हेर्नुस् >>

    आर्थिक सम्वृद्धिको प्रमुख आधारस्तम्भ ऊर्जाः मन्त्री पुन

    पुनकाठमाडौ, ९ चैत्र ।  ऊर्जा, लस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आर्थिक सम्वृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ भएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारले दोहोर आर्थिक वृद्धिदरको संकल्प लिएको र त्यसका लागि ऊर्जानै प्रमुख आधार स्तम्भ भएको बताएका हुन् ।

     

    ‘अब दोहोरो आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने छ, सरकारले यसको संकल्प…

    बिस्तृतमा..

सहकारीको नियामक क्षमता बढाउनुपर्छ

गोपीनाथ मैनाली
सचिव – सहकारी तथा गरिबी निवारण मन्त्रालय
नेपाल संघीय संरचनामा गइसकेको छ । सहकारीको दर्ता र नियमनको अधिकार स्थानीय तह र प्रदेश सरकारको क्षेत्राधिकारमा समेत परेको छ । प्रदेशमा मन्त्रालयको संख्या कम हुने भएकोले छुट्टै सहकारी मन्त्रालय रहने त्यहाँ पनि सम्भावना कम छ भने केन्द्रमा समेत मन्त्रालयको संख्या कम हुँदा अब सहकारी मन्त्रालय रहला कि नरहला भन्ने अन्योल छ । सहकारी अब सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि अरूसँगै गाभिएर काम गर्नुपर्ने अवस्था आउन सक्छ । यसै सन्र्दभमा…

बिस्तृतमा..