अध्यादेश ल्याईनु लोकतन्त्रिक मूल्य विपरित

राष्ट्रिय सहकारी संघका अध्यक्ष एवम् संविधान सभाका सभाषद् केशव बडालले सहकारी अध्यादेश व्यवस्थापिका संसदलाई छलेर ल्याइनु लोकतान्त्रिक मूल्य विपरित भएको बताएका छन् । ‘हामीले पुषमै सहमतिमा ऐन ड्राफ्ट गरेर विकास बोर्डमार्फत मन्त्रालय पठाएका थियौँ ।‘ सहकारी ऐन संशोधनका लागि आएको अध्यादेश बारे बडालले भने, ‘ऐननै संसदबाट पारित गर्ने अवसरको उपयोग नगरी अध्यादेश मार्फत संशोधन आउनु लोकतान्त्रिक मूल्य अनुरूप भएन ।‘ बडालले अध्यादेशमा भएका कार्वाहीका प्रावधान ऐनमै राखेर ल्याउन सकिने सुझाव दिँदै भने, ‘उद्योग, कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहकारीले लगानी गर्न सक्ने व्यवस्था नयाँ ऐनमा हुन जरूरी छ ।‘ काठमाडौँ वचत तथा ऋण सहकारी संघ लि.(KASCCUN) को एघारौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दे बडालले उक्त धारणा राखेका हुन् । राष्ट्रिय सहकारी संघले विभिन्न मुलुकका सहकारी संघसंस्था र सहकारीका अन्तर्राष्ट्रिय संगठनहरूबाट भुकम्प पिडितका लागि राहत र पुनर्निर्माणमा सहयोग जुटाउने काम भइरहेको बताए ।
साधारणसभालाई सम्बोधन गर्दै WP_20150620_006(1)नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का सञ्चालक दीपक पनेरूले धेरै वर्ष निष्क्रिय रहेको KASCCUN वर्तमान पदाधिकारीको कार्यकालदेखि मात्र सक्रिय भएको भन्दै यसले आगामी दिनमा अझ प्रगति गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् जिल्ला सहकारी संघ लि. काठमाडौँका उपाध्यक्ष ज्ञान बहादुर तामाङले सहकारीका प्रारम्भिक संस्था, जिल्ला संघ, विषयगत जिल्ला संघ र सहकारी बैंक एकै परिवारको सदस्य भएकाले अभिभावकत्व ग्रहण गर्ने र स्विकार गर्ने काम यि संघहरू बिच हुनुपर्ने धारणा राखे । KASSCUN का सञ्चालक कुशश्री न्यौपानेले यस संघलाई नेफ्सकुनको शाखा कार्यालयको रूपमा नभई जिल्लाको एउटा स्वायत्त र सक्षम संघका रूपमा विकास गरिनुपर्ने मा जोड दिए । यहि लक्ष्य अनुरूप सिमित वैँकिङ कारोवारको इजाजत लिएको यस संघलाई खुला रूपम सदस्यता विस्तार गर्ने जिल्ला स्तरीय विषयगत संघका रूपमा केहि वर्ष अघि मात्र रुपान्तरित गरिएको बताए । KASCCUN का अध्यक्ष शम्भु घिमिरेले आगामि आर्थिक वर्षमा उपयुक्त नीति र विधि बनाएर काठमाडौँको प्रत्येक निर्वाचन क्षेत्रमा आफ्नो सेवा कार्यालयमार्फत यस संघको सेवा विस्तार गरिने बताए ।

Share This: