समझदारीमा दाम्पत्य जीवन सुखमय

काठमाडौं :  प्रणय दिवसमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले दाम्पत्य जीवन सफल बनाउन जोड दिएका छन् । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा ब ‘एक दीवसीय दाम्पत्य गोष्ठी’ मा बोल्ने वक्ताहरुले दाम्पत्य जीवन सफल बनाउन आपसमा समपर्र्ण र विश्वासमा जोड दिनुपर्ने बताएका थिए ।

गोष्ठीमा बोल्ने वक्ताहरुले श्रीमान/श्रीमतीबीच विश्वास, सद्भाव, समर्पणले मात्र दाम्पत्य जीवन सफल हुने बताएका थिए । कार्यक्रममा व्यक्तिलाई नभई समस्यालाई आक्रमण गर्नुपर्ने र दुवैले एकअर्काको भावना बुझ्दै सम्बन्ध सुमधुर बनाउनुपर्नेमा बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केवी उप्रेतीले वैवाहिक जीवन सफल बनाउन मुख्यतयाः श्रीमान्/श्रीमतीकै हात हुने बताए । परिवार सदस्य तथा समाजअनुसार पनि सम्बन्धमा खटपट आउन सक्ने भएपनि सम्बन्धमा समस्या आउन नदिन दुवै पक्ष चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपासना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमरवाती महर्जनले पैसाले औषधि किन्न सकिने भएपनि माया र परिवार किन्न नसकिने बताइन् । मृत्युबाहेक जोडीलाई कुनै पनि कुराले छुटाउन नहुने उहाँको भनाई थियो । ‘रिसले रिस जन्मिन्छ, मायाले माया नै जन्मिने हो, त्यसकारण सम्बन्ध प्रगाढ बनाउन सबै लागौं’ उनले भनिन् । मायासँगै क्षमादान दिन सके सम्बन्धमा दरार नआउने उनको भनाई थियो ।

कार्यक्रममा श्रीमान्/श्रीमती निरज थापा र इन्दिरा थापाले प्रशिक्षण दिदैँ नकारात्मक भन्दा सकारात्मक सोचका साथ अघि बढे सम्बन्धमा कुनै समस्या नआउने बताए । वैवाहिक जीवन सुमधुर बनाउन एकअर्काप्रति विश्वास नै बलियो आधार भएको उनीहरुको भनाई थियो । विवाहको जग बलियो बनाउन दुवै जनाको उत्तिकै भूमिका हुने उनीहरुको भनाई थियो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष ललना बज्राचार्य र अरुण मानवको ३७ वर्ष विवाह उत्सव मनाइएको थियो । कार्यक्रममा बज्राचार्य र मानवले श्रीमान/श्रीमतीबीच धेरै कुरामा फरक हुने भएपनि समझदारीका साथ अघि बढ्न सके समस्या नआउने बताएका थिए ।

Saloni Moktan को फोटो।

Tulsi Subedi को फोटो।

Share This: