तनाव व्यवस्थापन गर्न सके व्यावसायिक सफलता

काठमाडौं । तनाव व्यवस्थापन गर्न सके व्यवसायिक सफलता हाशिल गर्न सकिने शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाले आयोजना गरेको ‘स्टे«ट म्यानेजमेन्ट, बिजनेस प्लान डेपलपमेन्ट तथा भ्यालू चेन्ज’ विषयक कार्यशाला गोष्ठी बोल्ने वक्ताहरुले तनाव व्यवस्थापन गर्न सके बिजनेसमा समेत सफलता हाशिल गर्न सकिने बताएका थिए ।

 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले ध्यानले मान्छेको मन र शरिर स्वस्थ हुने र यसले व्यवसायिक सफलता हाशिल गर्न सक्ने बताउनुभयो । ‘तनाव व्यवस्थापन गर्न सके कुनै पनि व्यक्ति तथा संस्थाले रचनात्मक लाभ लिन सक्छ’ उहाँले भन्नुभयो  ।

अन्तराष्ट्रिय सहकारी महासंघ(आईसिए)का ग्लोबल सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले संस्था सफल हुन व्यावसायिक योजना महत्वपूर्ण हुने बताउनुभयो ।

 

सूचना चौतारी सञ्चार सहकारी संस्थाका सञ्चालक एवम् तालिम उपसमिति संयोजक शरदकुमार महर्जनले तालिमलाई विशेष प्राथमिकता दिई नियमितरुपमा  सञ्चालन गरिने बताउनुभयो ।

 

कार्यक्रममा आर्ट अफ लिभिङका प्रशिक्षक एवम् सूचना चौतारी सञ्चार सहकारी संस्थाका तालिम उपसमिति सदस्य कल्पना शर्मा, मणिल श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले आगामी दिनमा तालिमलाई निरन्तरता दिने बताउनुभयो । ‘नेटवर्किङलाई अहिले जोड दिएका थियौं, अब तालिमलाई व्यापकता दिने छौे’ उहाँले भन्नुभयो ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाका सचिव निरञ्जन सेढाईले संस्थाको मुल उद्देश्य सूचना, शिक्षा र तालिम नै भएकाले तालिमलाई उच्च प्राथमिकता दिने बताउनुभयो ।

Image may contain: 4 people, people sitting

Image may contain: 2 people, people smiling, people sitting and indoorImage may contain: 6 people, people sitting, table and indoor

Image may contain: 5 people, people sitting

Share This: