भारत जाने २७ जनाकाे टाेलीलाई अभिमुखीकरण तालिम

काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी तालिमका लागि भारत जाने टोलीलाई अभिमुखीकरण तालिम दिएको छ । १५ फेब्रुअरी २०१८ देखि १७ फेब्रअुरी २०१८ सम्म हुने Leadership Development Program for Women Cooperators/ chairpersons in Nepal   तालिममा २७ जना सहभागी हुने भएका छन् । टोली बुधबार भारत प्रस्थान गर्ने छ ।

सो अवसरमा संस्थाको गतिविधिबारे कार्यकारी प्रमुख प्रकाश थापाले प्रष्ट्याउनुभयो । भ्रमण सम्बन्धी अभिमुखीकरण भारत भ्रमण संयोजक रमिला श्रेष्ठले दिनुभएको थियो । श्रेष्ठको संयोजकत्वमा २७ जनाको टोली भारतको नयाँ दिल्ली जान लागेको हो ।

भ्रमणमा छनौट भएका प्रशिक्षार्थीहरुलाई सूचना चौतारी सञ्चार सहकारी संस्थाका मानार्थ अध्यक्ष पुरुषोतम दाहाल र सल्लाहकार सूर्यबहादुर नकर्मीले शुभकामना दिदैँ बिदाई गर्नुभयो । सचिव निरञ्जन सेढाईले स्वदेश तथा विदेश भ्रमणलाई संस्थाले अझ व्यापकता दिने बताउनुभयो ।

तालिममा सीता घिमिरे, शोभा अधिकारी, रमना महर्जन, नानु शाह, धु्रवप्रसाद घिमिरे, शोभा पन्त, प्रज्ञा महत, पद्मा भट्टराई खत्री, लीला नेपाल सहभागी हुनुभएको छ ।

त्यस्तै राजनप्रसाद पौडेल, रमेश श्रेष्ठ, दिव्याकिरण जोशी, शोभा बाडा, हरिचन्द्र पुडासैनी, अनिता अधिकारी, सुश्मा ढकाल, रुपा पुडासैनी,, रमेश लामिछाने, कल्पना खतिवडा, अम्बिका रिसाल, राजेशकुमार श्रेष्ठ, सानुमाया श्रेष्ठ, माया चौधरी, बद्रीप्रसाद नेपाल, सुवासचन्द्र चौधरी, भगवती जोशी तालिममा सहभागी हुनुहुने भएको छ ।

 

Share This: