‘सदस्यको जीवनस्तर उकास्न लाग्नुहोस’

काभ्रे  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष डीबी बस्नेतले सहकारीले सदस्यको जीवनस्तर उकास्नतर्फ लाग्नुपर्ने जोड दिनुभएको छ ।

 

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै बस्नेतले सदस्यको हितका लागि सहकारीले काम गर्नुपर्ने उहाँको भनाई थियो । संस्थाले विभिन्न सीपमूलक तालिम दिएर सदस्यको आर्थिक हैसियत उठाउन योगदान गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले आर्थिक विसकामा सहकारीको योगदान बढाउन उत्पादनमा जोड दिनुभयो ।

 

कार्यक्रममा संस्थाले बुसा सहकारी साधना सम्मानबाट दीपकप्रकाश बास्कोटालाई सम्मान गरेको थियो । बास्कोटार्ला नगद ११ हजार १११ रुपैयाँसहित ढोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीकोरुपमा जनककुमार थापालाई नगद ५ हजारसहित ढोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो अवसरमा १५ जनालाई संरक्षित पुँजी फिर्ता, उत्कृष्ट सदस्य सम्मान, पूर्व सञ्चालक सम्मान, टुकुचा जागरण तदर्थ समिति सम्मान प्रदान गरिएको थियो ।

Share This: