समावेशीकरण र उद्यशीलता विकास राष्ट्रिय महिला गोष्ठी भोलि, तयारी पूरा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)को आयोजनामा भोलि बिहीबार हुने ‘सहकारी मार्फत आर्थिक समावेशीकरण र उद्यमशीलता विकास विषयक दुई दिवसीय राष्ट्रिय महिला गोष्ठीको  २०७४’ को तयारी पूरा भएको छ ।

 

 गोष्ठीमा बचत तथा ऋण सहकारी संघ, संस्थाहरुले अभ्यास गरिदै आएका नियमित बित्तीय कारोबारलाई सदस्यको जीवनस्तरसँग जोडेर उद्यमी बनाउने, स्थानीय उद्यमको पहुच अभिबृद्धि गर्ने, आय प्रतिस्थापन  गर्ने उद्देश्यले गोष्ठीको अयोजना गरिएको संयोजक शान्ति अधिकारी ढकालले बताउनुभयो ।

 

  देशभित्रमात्र भएपनि उद्यमीहरुको उत्पादनलाई परिचालन गरी आत्मनिर्भर बनाउनतर्फ महिलाहरु एक जुट भई सीपमा आधारित नेतृत्व विकास  हुने, उद्यमशीलतामार्फत उत्पादनमूलक आर्थिक रुपान्तरण गर्न सकिने नेफ्स्कुनले अपेक्षा लिएको छ ।

 

  यी हुन् गोष्ठीको उद्देश्यहरु

(क) सहकारीमा संलग्न सदस्यहरुलाई व्यावसायिकतातर्फ उन्मुख हुने खालका उद्यमशिलताका कार्यक्रम तय गर्न प्रेरित गर्ने ।

 

ख) बचत तथा ऋण सहकारी संघ, संस्थाका अगुवाहरु, नेतृत्व वर्गहरु, कार्यरत    उच्चस्तरीय कर्मचारीहरु र यसका साझेदार संघ, संस्थाहरुका व्यक्तित्वहरुका बीच बचत तथा ऋण सहकारी मार्फत उद्यमशिलताको विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने ।

 

(ग) सहकारी मार्फत उद्यमशिलता विकास विषयमा सरोकारवाला निकाय व्यावसायि हरुबाट सुझाव संकलन गर्ने ।

 

(घ) स्थानीय स्तरमा रहेको श्रम, सीप र पुँजीलाई उद्यमशिलता मार्फत परिचालन गर्न प्रोत्साहन गर्ने ।

) सहकारी मार्फत उद्यमशिलता विकास गरी आर्थिक रुपमा समृद्ध समाज निर्माण तथा सामाजिक स्थायित्व कायम गर्ने ।

 

च) सहकारीमा आबद्ध महिलाहरुमा सिपमा आधारित नेतृत्व विकास गर्ने ।

 

यस कार्यशाला गोष्ठीमा बचत तथा ऋण सहकारी मार्फत उद्यमशिलताको बृद्धि र विकासको लागि सदस्यहरुकै पहलमा उद्यमशिलता विकासका  कार्यक्रमहरु क्रमबद्ध रुपमा पहिलो र दोस्रो दिन गरी ६ वटा विषयवस्तुमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

 

Share This: