सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ : पोखरेल

देहाती । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारीले उत्पादनक्षेत्रमा लगानी गर्नुर्ने बताउनुभएको छ ।

 

प्राइम बचत तथा ऋण सहकारी संस्था लि. बीरगंज –१०पर्साको ८औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष पोखरेलले रोजगारीको सृजना गरी नेपाललाई शान्त र समृद्घ बनाउनुपर्ने बताउनुभयो ।

 

प्राइम बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष राजेश पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंका अध्यक्ष रमेश पोखरेलेले सहकारीेले सदस्यको जीवनस्तर उकास्न सघाउ पु¥याउने बताउनुभयो   ।

 

अध्यक्ष राजेश पटेलले ८ करोड आयव्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता अमरुल नेसा, शान्ति कुमारी मारवाडी, मायादेबी, शन्जुदेबी र उत्कृष्ट कर्मचारी शिक्षा थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संध पर्साका अध्यक्ष राजेश पडित,बचत तथा ऋण सहकारी संघ पर्साका सल्लाकार शम्भु गुप्ता, कोहिनुर बचत तथा ऋण सहकारी संस्था लि.का असगर अली अंसारी, राष्ट्रिय सहकारी बैंक बीरगंज शाखाका प्रबन्धक युवराज त्रिपाठी, बचत तथा ऋण सहकारी संघ पर्साका सचिव पन्नाला महतो, शिवम् बचत तथा ऋण सहकारी संस्था लिका राजेन्द्र जैशवाल, बिस्कोका गोबिन्द श्रेष्ठ, लागिगुलास् बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष हरेराम पटेल, भगवती बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि रामनिवास देहाती, प्राईम बचत तथा ऋण सहकारी संस्था लिका कर्मचारी शिक्षा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share This: