सहकारी अभियानमा जिल्ला बचत संघको भूमिका

सूचना चौतारी सञ्चार सहकारी संस्थाले सहकारी र यससँग सम्बन्धित विविध विषयमा डबली शृंखलामार्फत अन्तक्र्रियाहरू शृंखलाबद्धरूपमा गर्दै आएको छ । सहकारी अभियानमा जिल्ला संघहरूको भूमिका कस्तो हुनुपर्छ ? अहिले जिल्ला संघहरूले खेलिरहेको भूमिका सहकारी अभियानका लागि साँच्चै सोचे जस्तै छ त ? यी र यस्तै प्रसंगमा सहकारी नेपालको डबली शृंखला २२ मा छलफल गरेका छौं । छलफलमा हुनुहुन्छ, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष केशव दंगाल, भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधेश्याम सुवाल र ललितपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरे ।

तपाईं काठमाडौं बचत संघको नेतृत्व गर्दै गर्दा अहिले कास्कुनले के गर्दैछ ?

केशव दंगाल

????????????????????????????????????

कास्कुन आज जुन अवस्थामा छ । त्यसको श्रेय हाम्रा अग्रज जसले जन्म गराउनुभयो, उहाँहरूलाई दिनुपर्छ । संघ जन्मिसकेपछि त्यसको सहकारीको आशा र भरोसा बन्नुपर्दछ । संघले कस्तो काम गर्र्छ, हाम्रो संस्थालाई के सहयोग गर्छ भन्ने कुरा अपेक्षा गर्नु स्वाभाविकै हो । अलि बढी एक्टिभ भएर योजनाबद्ध ढंगले काम गरिएन भने अपेक्षा र भरोसा गुम्न सक्छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन) जसले लामो इतिहास बोके पनि गतिवान् हुन पछि नै सुरु गरेका हौं । हुन त म तेस्रो कार्यकालमा छु । सुरुमा सञ्चालक थिए, अघिल्लो कार्यकाल सचिवमा थियो । अहिले अध्यक्ष भएर काम गर्दैछु । जबसम्म सञ्चालक समितिको अध्यक्ष समर्पित हुँदैन्, चलतापूर्वक हुँदैन, तबसम्म संघले के गर्न खोजेको भन्ने देखिँदैन । संघले दिन खोजेको विषयवस्तु बाहिर आउन सक्दैन । कि क्षेत्रमा प्रवेश नै गर्न हुन्न कि जिम्मेवारी पूरा गर्नुपर्छ । अध्यक्षको जिम्मेवारी लिइसकेपछि अरू कुराहरूबाट समय व्यवस्थापन गर्नुपर्छ । त्यसपछि गतिशील ढंगबाट मेरो जिम्मेवारी के हो र आशा गर्ने प्रारम्भिक सहकारीका सञ्चालक, सदस्यलाई के दिने भन्ने कुरामा ध्यान दिनुपर्छ । जति सञ्चालक आफ्नो भूमिकामा रहन्छन्, पदाधिकारी आफ्नो भूमिकामा रहन्छन्, त्योभन्दा बढी भूमिका अध्यक्षको हुन्छ । सहकारीबाट के दिने भन्ने कुरामा प्रष्ट हुनुपर्छ । सञ्चालक, पदाधिकारीभन्दा अध्यक्ष बढी हेर्ने, आस गर्ने र भर पर्ने अध्यक्षसँग नै हो । यद्यपि, काम टिमले गर्ने हो । प्रत्येक दिन, प्रत्येक वर्षको योजनाबद्व ढंगले बढ्दैन त्यो बेलासम्म सहकारीको विकास गर्न सकिन्न । जिम्मेवारीमा आउने व्यक्तिले आफ्नो जिम्मेवारी मनन् गर्दै प्रत्येक दिन संघको उन्नति, प्रगतिका निम्ति मेरो योगदान के हुन सक्छ भन्ने रोडम्याप तयार पार्नुपर्छ । र पक्कै पनि कास्कुनले आफ्ना गतिविधि योजनाबद्व ढंगले अगाडि बढाएको छ । जति हिजो गर्न सकेको थिएन, चारपाँच वर्षअगाडि बचत संघ कहाँ छ भनेर खोज्नुपथ्र्यो । अहिले सबैको जिब्रोमा कास्कुन झुन्डिएको छ । कास्कुनले आफ्ना गतिविधि सही ढंगले अगाडि बढाएको छ, हाम्रो अपेक्षा धेरै छ, त्यसैअनुसार चल्नुहोस् भन्ने आम धारणा छ । त्यसलाई पूरा गर्नका लागि पक्कै पनि योजनाबद्ध ढंगले अघि बढेका छौं । पछिल्लो कार्यकाल सुरु भएको ६ महिना मात्र भएको छ । यो सुरुवातसँगै कास्कुनलाई तीन वर्षलाई कहाँ पु¥याउने भनेर तीनवर्षे रणनीतिक योजना बनाएका छौं । यो बीचमा केही गतिविधि पनि सञ्चालन गरिसकेका छौं । कास्कुनको स्थापना दिवस पनि केही समयअघि सम्पन्न गरिसकेका छौं । चाडवाडपछि संघका समिति, उपसमितिलाई गतिवान् बनाएर उनीहरूले दिएका जिम्मेवारीअनुरूप अघि बढ्छौं । हिजो योजना बनाएर काम गर्न सकिएको थिएन । रणनीतिक योजनामा राखिएका कुरा के छन् भने सञ्चालक समितिले सबै काम सम्पन्न गर्न गठन गरिएका समिति, उपसमितिलाई चलायमान गराउने, समयमा काम पूरा गरे नगरेको अनुगमन र रिर्पोटिङ लिनेलगायतका काम गर्ने सोचमा छौं । हामी निर्वाचित भएर आइसकेपछि ६ महिनाभित्र निक्कै नै चलायनमान भएका छौं । दसैंतिहारपछिको समयलाई गतिशील ढंगबाट सदस्य संस्थाको अपेक्षाअनुसार क्षेत्रीय ढंगले अगाडि बढ्ने सोचमा छौं । जबसम्म सहकारी शिक्षा सबैमाझ पु¥याउन सक्दैनौं तबसम्म सञ्चालकलाई शिक्षित र दीक्षित पार्न सकिन्न र त्यो बेलासम्म सहकारी सञ्चालनको ढंग पुग्दैन । अहिलेको अवस्था भनेको काठमाडौंमा जति सहकारी संस्था छन्, बचत तथा ऋणको संख्या धेरै छन् र विकृति पनि अरूभन्दा बढी छन् । विकृति न्यूनीकरण गर्ने र राम्रो ढंगले चलेका संस्थाको ब्रान्डिङ गर्ने गरी अगाडि बढ्ने सोचमा छौं । त्यसका लागि पहिलो कदम सदस्य अभिमुखीकरण कार्यक्रम, संघमा आबद्धता, शिक्षा र तालिमको व्यवस्था र संघले गर्ने पैरवीका कुराहरू नै मुख्य कुरा हुन् ।

राधेश्यम सुवाल
radhesham-suwal-1

जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुर स्थापना भएको २०६२ सालमा हो । त्योभन्दा अगाडि २०५५ सालदेखि संघ बनाउनुपर्छ भन्ने चर्चा चलेको थियो । तत्कालीन अवस्थाको कानुनी झन्झटले पाँच वर्षसम्म संघ दर्ता गर्न नै सकेनौं । तैपनि दर्ता नभए पनि आन्तरिक रूपमा संघका गतिविधि अगाडि बढाएका थियौं । १३ वर्षको अवधिमा संघले जे उद्देश्य राखेर अघि बढेका थियौं , ती उद्देश्यअनुरूप नै संघ सञ्चालन गरिरहेका छौं । भक्तपुरमा बचत संघको छाता संगठन बनाउने, वित्तीय संस्थाको अभिभावक बन्ने, सहकारीबीच अन्तरसम्बन्ध बढाउने, माथिल्लो निकाय, तल्लो निकाय तथा विभिन्न सरकारी निकायसँग समन्वय गर्ने उद्देश्यअनरूप नै संघ अघि बढिरहेको छ । जिल्ला संघको सुरुवातदेखि अहिलेसम्म संघले आत्मनिर्भरताका साथ आफ्नो गतिविधि अघि बढाएको छ । संघको स्थापनादेखि नै जिल्ला संघ आफ्नै खुट्टमा उभिनुपर्छ भन्ने नीतिअनुरूप सदस्य संस्थालाई आधारभूत, व्यावसायिक र उच्चस्तरका तालिम प्रदान गर्दै आएका छौं । झन्डै वर्षमा ४० वटा तालिम हुन्छन्, ती संस्थालाई पुनर्ताजकीकरण गर्ने कुरा, रिपोर्टिङ गर्ने गर्छौै । कानुनीरूपमा  निरीक्षण गर्ने अधिकार नदिए पनि हामी हाम्रा सदस्यको अवलोकन, निरीक्षण गर्छौै । वित्तीय सेवा पनि दिइरहेका छौं । जिल्ला संघले एक करोडसम्म संस्थालाई वित्तीय सेवा दिइरहेका छौं । संस्थाको धान्न सक्ने क्षमता के छ, ऋण लिएर काम गर्न सक्छ कि सक्दैन भनेर ऋण लगानी गर्छौै । त्यस्तै उसको आन्तरिक पार्ट के छ, वित्तीय क्षेत्रमा कमजोरी के छ भनेर अवलोकन गर्छाैं । भक्तपुरमा क्रियाशील तीन सय ५० वटा छन् । संस्था आफै संघमा आउन चाहिरहेका छैनन् । संघमा आएपछि सबै कुरा भन्नुपर्छ भन्ने डर छ । सोधिएका कुरा भन्नुपर्छ भन्ने डरले संघमा आउन चाहन्न् । केही सहकारी संघमा गएपछि के फाइदा हुन्छ भनेर आउन चाहन्नन् । तैपनि हरेक वर्ष संघमा आबद्वताका लागि तीन, तीन महिनामा कार्यक्रम सञ्चालन गर्ने गरेका छौं । अपेक्षाअनुरूप संघ आउन सकिरहेका छैनन् । जति अस्तित्वमा आएका छन् ती संस्थालाई सञ्चालन गर्न तालिम, वित्तीय सेवा दिइरहेका छौं । हामी पनि केही गर्न सक्छौं भन्ने महसुस भएको छ । १३ वर्षको दौरानमा वित्तीय क्षेत्रमा नाफामा छौं । सेयरको रिटन दिइरहेका छौं । कोषबाहेक अरू सेवा दिएका छैनौं । तीनवटा संस्था एक्सेस ब्रान्डमा पुगेका छन् । केन्द्रीय संघ, जिल्ला संघसँग समन्वय गरेर हामी अघि बढ्छौं । नीति, नियम परिमार्जन गरिरहेका छन् । केही अप्ठ्यारा कुरा परिमार्जन गरेका छन् । सेवासुविधा, ब्याज परिमार्जन गरेका छन् । सबै संस्थाले अवलम्बन गरेका छन् । कम्प्युटर राख्न नसक्ने संस्था अहिले पनि छन् ।

रामशरण घिमिरे

????????????????????????????????????

ललितपुर जिल्ला बचत तथा सहकारी संघ २०४७ मा विभागमा दर्ता भएको हो । दर्ताको उद्देश्य जिल्लाको बचत तथा ऋण सहकारीको विकास प्रवद्र्वन तथा नीति, निर्माण सम्बन्धमा राज्यसँग लबिङ र एड्भोकेसी गर्ने यसको मुख्य उद्देश्य हो । ललितपुरमा बचतको कारोबार गर्ने ६ सय वटा सहकारी छन् । त्यसमध्ये सक्रिय पाँच सय ५० छन् । तीमध्ये हामीसँग करिब पाँच सय संस्था आबद्व छन् । तुलनात्मक हिसाबले काठमाडौंका भन्दा ललितपुरमा धेरै संस्था समस्या भएको जानकारी छैन । दुईवटा संस्थामा समस्या आएको थियो । केही हदसम्म समाधान गर्ने प्रयास गरौं । मूलतः सहकारी संस्था भनेको देखासिकी, होडबाजी, लहलहैमा खोलिने संस्था होइन । सहकारी त यसको आवश्यकतकतामा खोलिनुपर्ने संस्था हो । पछिल्लो समयमा सहकारीमा समस्या आउनुको अध्ययन, अनुसन्धान गरौं, निष्कर्ष के निस्कियो भन्दा सहकारी संस्था लहलहै, देखासिकी र होडबाजीमा खेलिने संस्था होइन । एउटा सहकारी संस्थामा पदमा बस्न नपाइएपछि अर्को संस्था खोलिहाल्ने । यो राज्यको निकम्मा हो । हामीले डिभिजन, विभागका जिम्मेवार मान्छेलाई राखेर भन्यौं सहकारी दर्ता गर्नुपर्छ भन्ने मापदण्ड तय गरौं न । अनि मात्र सहकारी दर्ता गरौं । जब म अध्यक्षमा निर्वाचित भएर मैले यी कुराहरू राखँ। तर, सम्बोधन हुने काम भएन । आज समस्या देखियो । सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि बचत तथा ऋणको अहम् भूमिका छ । राज्यको निकाय नियमन गर्ने निकाय हो । ऐन, नियमअनुरूप सञ्चालनमा छन् कि छैनन् भनेर अनुगमन गर्ने हो । अनुगमन गर्ने काम अभिभावकको हो । हामीले धेरै संस्थालाई अनुगमन गरौं । हामीबीच पनि धेरै समस्या आउँछन् । हामी समस्यालाई सकारात्मकरूपले लिन्छौं । सदस्य संस्थाको अनुगमन गरौं । लेखा समितिको भूमिका, सदस्यको भूमिका, सदस्यले स्वामित्व ग्रहण गरेका छन् कि छैनन् भनेर अध्ययन गरौं । अरू आन्तरिक कुरा पनि हेरौं । अञ्जान, या जानेर पनि गल्ती भएको छ भने हामी सही बाटो देखाउँछौं । कुनै पनि सहकारीमा आर्थिक, प्राविधिक समस्या आएमा तत्काल समाधान गर्छाै । हामीले अन्तर लगानी कार्यक्रम सञ्चालन गरेका छौं । कुनै सहकारी संस्थालाई तरलता अभाव भयो, लिक्विडी अभाव भयो भने तत्काल तीन दिनभित्र सस्तो ब्याजदरमा ऋण दिन्छौं । हामीले ११ प्रतिशतमा बिनाशुल्क दिन्छौं । सहकारीको मूल कानुन विनियम हो तर सञ्चालक अध्ययन नै गर्दैनन् । प्रत्येक महिना न्यूनतम तालिम सञ्चालन गर्छौ । सहकारीका विभिन्न तालिम एड्भान्स तालिम सञ्चालन गर्छौं । सहकारी शिक्षा र तालिमको अभावमा सहकारी जोखिममा नजाओस् । अध्ययन, अवलोकनमा पनि लैजान्छौं । समस्या छ, समाधान निकाल्ने हो । सहकारीको ओनरसिप सदस्यको हो । संस्थाको प्रगति सदस्यको प्रगति नै हो । संस्थाको दुर्गति सदस्यको दुर्गति हो । आर्थिक भरोसाको केन्द्र सहकारी नै हो । सहकारी बुढेसकालको सहारा पनि हो । सहकारीको महत्व बुझाउन आवश्यक छ । २०४८ सालको ऐनको अवधारणा के हो ? २०१६ सालमा ऐन आयो, नियमावली बन्न नपाउँदै संशोधन भयो । सहकारीलाई साझा ऐनअन्तर्गत लगियो । २०४८ आउँदासम्म सहकारी राज्य नियन्त्रित भयो, सबै घाटामा गएँ । २०४८ पछि सदस्य नियन्त्रण भयो । लेखा समितिको भूमिका असाध्यै ठूलो भूमिका हुन्छ । सहकारी सानो राज्य नै हो । सदस्य सहकारीका व्यवस्थापिका संसद्जस्तै हुन् । साधारणसभामा सम्पूर्ण हिसाबले नीति, कानुन बनाउने काम उनै गर्छन् । सहकारीका सदस्यलाई साधारणसभाको महत्व दीक्षित गर्ने काम गरियो । ३३ हजार सहकारी, ४० लाख सदस्य र ५१ हजार सहकारीमा रोजगारी गर्छन् । ९० प्रतिशत सहकारी सफल छ । ६ खर्ब रुपैयाँ सहकारीले परिचालन गरेको छ । ८५ प्रतिशत वित्तीय सेवा सहकारीले दिएको छ । हाम्रो कमजोरी भएकै कारण हामीलाई हेपिन्छ ।
जिल्ला संघभन्दा माथि केन्द्रीय छ । केन्द्रीय संघ र जिल्ला संघबीचको काम गर्ने शैली कस्तो छ ? नेफ्स्कुन र यहा हरूले गरेका कामप्रति के फरक छ ?

केशव दंगाल
विषयगत केन्द्रीय संघले मातहतका संघलाई लिएर अघि बढ्ने हो । आफूसँग भएका उत्पादनलाई सँगसँगै सदस्यमाझ लानुपर्छ । अहिलेको अवस्थामा अपेक्षाबीचको ग्याप छ । केन्द्रीय संघ प्रारम्भिकसम्म जान नहुने गुनासो छ । सबै केन्द्रीय संघ प्रारम्भिक संस्थामाझ जाने होइन भन्ने लाग्छ मलाई पनि । प्रारम्भिक तहमा जाने जिल्ला संघ नै हुन् । केन्द्रीय संघले अभियानको बहस, पैरवी चलाउने, आवाज निकाल्ने हो । सहकारीमैत्री विधि र मैत्री बनाउन लाग्ने हो । केन्द्रीय संघले अक्कुलगायतसँग समन्वय गरेर सहकारी क्षेत्रमा के भयो भन्ने समन्वय गर्नुपर्छ । त्यसपछिको काम जिल्ला बचत संघलाई टुल्स र टेक्निकलाई साथमा लिएर प्रारम्भिक तहसम्म पुग्नुपर्छ । बचत संघको केन्द्रीय संघले यसरी काम गर्न आवश्यक छ । अहिले प्रारम्भिक संस्थामा पनि केन्द्रीय संघ गएको छ । जिल्लाले पनि प्रारम्भिक क्षेत्रमै काम गरिरहेको छ । सदस्यता डुब्लिकेसन रोक्न बचत संघसँग सहकार्य हुन जरुरी छ । ओनरसिप र जिम्मेवारी हुने गरी काम गर्नुपर्छ । नवीकरण कास्कुनले गर्ने, एउटै पैसा तिर्ने नेफ्स्कुनले पनि लैजाने काम गरियो । यद्यपि, प्रभावकारी बनाउन सकिएको छैन । धेरै कुराहरू जिल्ला बचत संघलाई दियो भने अनुगमन गरी सही ट्रयाकमा ल्याउन, सफल सहकारीलाई अझ सफल बनाउन सहज हुने थियो । जिल्ला संघमार्फत लाग्नुपर्छ, केन्द्रीय संघ लाग्यो भने अस्वस्थ्य प्रतिस्पर्धा हुन्छ । सेवासुविधा कम, वित्तीय क्षेत्रमा सबै हात हाल्नु हुन्न । कसको हुने छानी रोजी छ । छानीरोजी बनाउनुहुन्न । हाम्रो काममा हस्तक्षेप होइन सहयोग चाहिन्छ । यसो भएमा अनुगमन गर्न, अवलोकन गर्न तयारी अवस्थामा छौं, सक्षम छौं । यो कुरामा केन्द्रीय संघ स्पष्ट हुन जरुरी छ । कास्कुनले ९ दशमलव ५ प्रतिशतमा जतिबेला पनि ऋण दिन सक्छ । सहकारीको स्प्रेददर के हो । अर्काेले कम र अर्कोले बढी गरेर सहकारीमा एकरूपता हुन्छ । वित्तीय, गैरवित्तीय काम गर्न जिल्ला बचत संघले काम गर्नुपर्छ ।
ऐनमा खास कुरा के हो ?

राधेश्याम सुवाल

अहिले प्रस्तावित ऐन संसद्मा छलफलका क्रममा छ । विभिन्न चरणमा प्रस्ताव र छलफलपश्चात् ऐन संसद्मा पुगेको छ । ऐन तयार गरेर अझै तल्लो तहमा जानुपर्छ । जुन छलफल गरेको मस्यौदा थाती राखेर अर्कै ढं  गले ऐन अघि बढाइएको छ । संसद्मा पुगेको ऐन सहकारीकर्मीमाझ पुगेको छैन । जसले आत्मसात् गर्ने हो, त्यहाँ नपुगी संसद्मा पुगेको छ । जो अहिले सहकारी ऐन २०४८ कटौती गरेर सहकारी खुम्चाउने कुरा राखिएका छन् । अझ धेरै कुरा छुटेका छन् । सदस्य नियन्त्रित कुरा हुनुपर्छ भन्ने छ । संस्थाको विकृति नियन्त्रण गर्ने नाउँमा दण्ड, सजायका कुरा धेरै आएका छन् । दण्ड सजाय राख्नुहुन्न भनेर हामी भनिरहेका छैनौं । चार वर्ष नभई सदस्यता बन्न नपाउने प्रावधान उचित छैन । सरकारी निकायलाई पनि ध्यानाकर्षण गराएका छन् । धेरै राम्रा कुरा राखिएका छन् । अगाडि बढेका संस्थालाई नियन्त्रण गर्ने गरी राखिएको छ । एकीकरण गर्ने कुरा अभियानले पनि स्वीकार गरेको छ । ऐनमा राखेको प्रावधानअनुसार सहकारी घटाउन सक्ने अवस्था छैन । यसो हुँदा राम्रो चलेको सहकारी पनि डुब्न सक्छन् । सहकारी सहकारी संस्था नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा स्वतःस्फूत दिनुपर्छ । संख्या घटाउन आवश्यक छ । स्वीकार्य ऐन आउन आवश्यक छ । कमीकमजोरी हामीले सुझाव दिएका छौं ।
सहकारीको हितको लागि ऐन कस्तो आउनुपर्छ ?

रामशरण घिमिरे
सहकारी ऐन २०४८ बनाउँदा आठ सय सहकारी थिए । बचत सहकारीले यति धेरै रूप लिन्छ भन्ने हाम्रो कल्पना नै भएन, अहिले यस्तो रूप लियो । संसद्मा पुगेको मस्यौदा हामीले हे¥यौं । ललितपुरका ११ जना सांसदलाई सुझाव पनि दिएका छौं । शारीरिक अपांगता भएको मान्छेले सहकारीको सदस्यता लिन पाउँदैन भनिएको छ । यो हाम्रो घोर आपत्ति छ । सहकारीका सरोकारवालासँग छलफल गरेर बनाएको मस्यौदा कतै लुकाइयो । अरूबाट प्रभावित भएर ल्याइएको ऐन संसद्मा पु¥याइयो । त्यस्तो ऐन हामी स्वीकार गर्न सक्दैनौं । सहकारीमा सदस्यलाई संस्थाबाट कर्जा लगानी गरिन्छ । ती सदस्यले कर्जा तिर्दैनन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण तिरेन भने ऋण असुली न्यायाधिकरण ऐन छ । त्यो अनुरूप मुद्दा चलाइन्छ । बैंकको कर्जा सुरक्षित हुन्छ, सहकारीको कर्जा सुरक्षित हुँदैन । हामीले कर्जा सुरक्षण ऐन माग गरेका थियौं तर त्यो कुरा सही किसिमले सम्बोधन गरिएको छैन । कर्जा सूचना केन्द्र राखिएको छ, हामी सम्मान गर्छौ । सदस्यता डुब्लिकेसनको बिस्तारै घटाउँदै जानुपर्छ । डुब्लिकेसन कम गर्न सकिएन भने सहकारीमा चुनौती थपिन सक्छ । सहकारी ऐन आउनै पर्छ तर सहकारीमैत्री आउनुपर्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन र खराब काम गर्नेलाई कारबाही गर्नुपर्छ । सहकारीमैत्री ऐन आउन जिल्ला संघ, केन्द्रीय संघ, विकास बोर्ड र राष्ट्रिय सहकारी संघले जुन मस्यौदा पेस गरेका छन् त्यो आएन, लुकाइयो । सहकारीको कानुन बनाउँदा अरू क्षेत्रले हस्तक्षेप गर्दा हामी स्वीकार गर्दैनौं । अहिलेको सहकारी ऐन सहकारीलाई निस्तेज, बन्देज गर्ने गरी आउँदै छ हामी त्यो कुरा मान्दैनौं । हाम्रो अन्तिम अडान यहीँ हो ।
संघीयतामा मुलुक जा“दै गर्दा जिल्ला संघको अस्तित्व के हुन्छ ?

केशव दंगाल
सहकारीलाई बलियो खम्बाका रूपमा स्वीकार गरेको छ । गरिबी न्यूनीकरण, आर्थिक समृद्विमा जोड दिन सहकारीले सक्छ । एकातिर सहकारी ऐन छलफलमा छ भने अर्कोतिर संविधान कार्यान्वयनको चरणमा रहेको छ । सहकारी क्षेत्रलाई कहाँ पु¥याउँछ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार फरक ढंगले परिभाषित गर्ला । हामीभित्र रहेका सहकारीको अवस्था के हुन् । जिल्ला हुँदा या नहुँदा प्रारम्भिक सहकारी हुने नहुने भन्ने कुरा अस्पष्टता नै छ । संघीय संरचनाअनुसार सहकारीलाई पुनः परिभाषित गर्नुपर्छ । त्यो संरचनामा त्यो लेभलको स्टाटस के हुने । जिल्ला संघ पनि अपरिहार्य छ । अहिले भएका जिल्ला संघ त्यही रूपमा काम गर्छन् । सहकारी ऐन छलफलको चरणमा छ । सहकारीका धेरै मान्छेलाई थाहा पनि छैन् । आयो भने पनि हो कि होइन भन्ने थाहा छैन् । केही केही हाम्रो हातमा परेको छ । सहकारीलाई निस्तेज गर्ने हो कि आत्मसात् हुने गरी ऐन ल्याउने हो । जिल्ला संघको हैसियत र अवस्थालाई परिभाषित गर्न आवश्यक छ । प्रान्तीय संरचनाभित्रै अट्ने गरी बनाइनुपर्छ । त्यसो गरिएन भने जिल्लाका सहकारी संघमा आबद्व छन्, अपेक्षा गरिएका छन्, संघीय संरचनाअनुरुप भत्किन्छन् । भत्किनु भनेको अस्तव्यस्त हुनु हो । सधैँ अस्तव्यस्त हुनु हुँदैन । हाम्रो देशमा सहकारी कहाँ पुग्न सक्छ । राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदानको बढावा दिन सकिन्छ । यदि भत्कियो भने किमार्थ सक्दैन । यो विषयलाई कायमै राखेर अघि बढ्नुपर्छ । उहाँहरूकै हातमा छ । सहकारी संस्थालाई ऐन चाहिएको थियो । आउँदै छ तर आउँदाखेरि सहकारी सञ्चालन गर्न सक्ने गरी आउनुपर्छ । सदस्यले अपेक्षा गरेको सुविधा प्राप्त गर्न सक्ने गरी परिभाषित गर्नुपर्छ । नयाँ ऐन पनि त्यसैगरी आउनुपर्छ । जिल्ला संघहरू जुन रूपमा अहिले छन्, संघीयतामा पनि त्यसैअनुरूप परिभाषित हुनुपर्छ ।

रामशरण घिमिरे
नेफ्कस्ुनले २०५९ देखि बचत ऐन ड्राफ्ट गरी विभिन्न निकायमा पु¥याएको छ । मुलुक विकेन्द्रीकरण भइरहेको अवस्थामा नेफ्स्कुन केन्द्रीकत भएको छ । उहाँहरूले के भन्नुभएको छ भने निर्वाचित जिल्ला संघ नेफ्स्कुनको जिल्ला समिति रहने भन्नुभएको छ । शाखा कार्यालयको रूपमा रहने भन्ने यो कुरा असाध्यै दुःख छ । नेफ्स्कुनले जिल्ला संघसँग समन्वय गर्ने हो नि त । अनि किन नेफ्स्कुनले फिल्ड कार्यालय चलाउनुप¥यो । जिल्ला संघ खारेज गरिदिए भइगयो । जिल्ला संघले अन्तरलगानी, शिक्षा तथा तालिम गरेका छन् । डिस्ट्रिक कोअपरेटिभ बैैंंक नै हो । अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही भएको छ । संघकोे ढोकानजिकै फिल्ड अफिस राख्नुपर्ने कारण के हो ? यो मुलुक अब विकेन्द्रीकरणको सिद्वान्तमा गइसकेको छ, केन्द्रीकरण हुने होइन, विकेन्द्रीकरण हुँदै जाने हो । अहिलेको जुन संरचना छ, पुनर्संरचना हुँदा त्यही अनुरूपको नीतिमार्फत आउनुपर्छ । अनुकूल हुने गरी आउनुप¥यो, ऐनजस्तो प्रतिकूल हुने गरी होइन ।
नेफ्स्कुनको शाखा बनाउनुहुन्छ कि छुट्टै अस्तित्वमा बस्नुहुन्छ ?

राधेश्याम सुवाल
जिल्ला संघकै कुरा जोड्न चाहन्छु । जिल्ला संघ हुनुपर्छ भन्ने आवाज उठाउने भक्तपुर बचत संघ नै हो । भक्तपुर एक्लै थियो । भक्तपुर केन्द्रीय संघसँग अहिले पनि जोडिएको छैन । नेफ्स्कुनले जे गर्छ हामी त्यही नै गर्छाै । भक्तपुरका आबद्ध सहकारी केन्द्रीय संघको तालिमका लागि चासै राख्दैनन् । नेफ्स्कुनले भक्तपुरमा शाखा राख्ने कुरो गरेको थियो, हामीले विरोध ग¥र्यौं । वाकयुद्ध जस्तै भयो । केही तालिममा साझेदारी भए पनि हामीले खासै सहकार्य गरेका छैनौं । तीनवटा संघ त हुनैपर्छ । जिल्ला संघ, केन्द्रीय संघ र प्रारम्भिक संस्थाको संरचना नै अघि बढ्नुपर्छ । प्रारम्भिक संस्था जिल्लासम्ममा मात्र सीमित हुने हो, केन्द्रीय संघमा आबद्ध हुन आवश्यक छैन । केन्द्रीय संघले नीति निर्माण गर्ने कुरामा सहकार्य र समन्वय गर्ने कुरा हो । अरू सबै जिल्ला संघले नै काम गर्न सक्छ । वास्तवमा त्यो भइरहेको छैन । नेफ्स्कुनले प्रस्तावित गरेको मस्यौदामा जिल्ला संघ नै छैन । सरकारी तहबाट प्रस्तावित ऐनमा जिल्ला संघ आवश्यक छ भन्ने कुरा महसुस गरिएको छ । त्यसकारण पनि केही हदसम्म हामीले ऐन स्वीकार गरेका छौं । नेफ्स्कुनको एजेन्डा कार्यान्वयन गराउनमात्र जिल्ला समिति बनाउन हामी विरोधमा छौं । विकेन्द्रीकरणको धारणा भनेको केन्द्रीय संघको धारणा तल्लो तहसम्म पु¥याउने हो । त्यसका लागि जिल्ला संघ चाहिन्छ ।
कार्यकारीको कुरामा फरकफरक मत आइरहेका छन्, तपाइको मत के छ ?

रामशरण घिमिरे
२०४८ सालको ऐन र त्यसभित्र रहेको विनियममा एकजना सञ्चालक समितिको भित्रबाट एकजना कार्यकारी बस्न पाउने भन्ने छ । अहिले हाम्रो अनुभवले के देखाएको छ भने एकजना नराखीकन बाहिरको मान्छे हायर गरेर ल्याउँदा त्यसले त्यो सम्मृद्वि होलाजस्तो हामीलाई लागेन । र सञ्चालक समितिमा रहेका सम्पूर्ण त्यसको कार्यकारी हुने होइन । सञ्चालक समितिको भित्रबाट बैठकले निर्णय गरेर एकजना कार्यकारी हुने हो । त्यो कार्यकारी हुने कुरा एकदमै वैज्ञानिक छ । नेपालको परिस्थिति, साक्षरता, भूगोल सबै विश्लेषण गर्दा बाहिरको अवधारण ल्याउनुभएन । हाम्रो प्रष्ट धारणा, सञ्चालक समितिबाट एकजना आवश्यक बस्न पाउनुपर्छ ।

केशव दंगाल
अहिलेको अवस्था अलि फरक भएर यो आवाज आएको होला । एउटै संस्थाको सञ्चालक समितिका धेरै मान्छेहरू जागिर खाइरहेका छन् । धेरैले त जागिर खानु भएन नि । जबसम्म पर्सनल कर्मचारीहरूले रिप्लेसमेन्ट गर्न सकिँदैन् सहकारी एकाउन्टेन्ट, म्यानेजर, प्रमुख कार्यकारी अधिकृत त्यो लेभलको एक्युट गर्ने अवस्थाको छ भने कार्यकारी नहुँदा पनि चल्छ नत्रभने भएको कुरालाई निरन्तरता दिँदा एक कार्यकारी व्यक्ति सहकारीलाई म्यानेज गरेर लागिपर्दा फरक नपर्ने कुरो हो ।

रामशरण घिमिरे
सहकारी ऐन, नियमावलीको आधारमा रहेर विनियम बने पनि एकरूपता छैन । आ–आफ्नो ढंगले विनियम बनाइएका छन् । सम्बन्धित निकायले राम्रोसँग हेरेको छ कि छैन, त्यो आफ्नो ठाउँमा छ । विनियममा के भनिएको छ भने संस्था सक्षम नभएसम्म कर्मचारी राखेर संस्था चल्न नसक्ने अवस्था भएसम्म सञ्चालक समितिका कोषाध्यक्ष, सचिव अथवा अध्यक्ष एकजनाले व्यवस्थापकको भूमिका निभाउन सकिनेछ भनिएको छ । यो शब्द हरेक विनियममा फरकफरक हुन सक्छन् । हामी सुरुमै कर्मचारी राख्न सक्दैनौं । जब संस्था अगाडि बढ्दै जान्छ, त्यस्तो अवस्थामा छुट्टै कर्मचारी राख्नुपर्छ । ताकि संस्था व्यावसायिक ढंगबाट अघि बढ्न सक्छ । अहिले के भनिएको छ भने संस्था चाहे सक्षम होस् या नहोस् सञ्चालक समिति कार्यकारी रहने भन्ने छ । सक्षम भइसकेपछि पनि त्यसले निरन्तरता पाएको अवस्था छ । केही अप्ठ्यारो पनि भएको छ । संस्था सक्षम भइसकेपछि व्यवस्थापकीय जिम्मा कर्मचारीलाई नै दिनुपर्छ । सञ्चालक समितिले हेर्ने होइन । हुन त जिल्ला संघले नै झन्डै तीन वर्ष कार्यकारी अध्यक्ष नै दियौं । सक्षम भइसकेपछि छुट्टै व्यवस्थापक राखेका छौं । हामी सञ्चालक समिति कोही पनि बसेका छैनौं । संघ भनेको नीति निर्माण गर्ने हो । संस्थालाई कुन ट्रयाकमा लैजाने भन्ने कुरा संघले गाइड गर्ने हो । त्यसअनुरूप भएको छ कि छैन भन्ने कुरा सञ्चालक समितिले हेर्ने हो । कार्यकारी हुनैपर्छ भन्ने हाम्रो मान्यता छैन ।

रमिला शर्मा
कार्यकारी अध्यक्ष, श्री साई साकोस
ramila-sharma

अहिले बनेको ऐनलाई यी कुरा समेटेर कुरा गरेका छौं । कतिपय व्यावहारिक नहुन पनि सक्छ । कार्यकारी कुरा विकृति आएपछि हटाउन खोजिएको हो । विकृति नआएको त कुनै क्षेत्र नै छैन । सरकार परिवर्तनले धेरै कुरा प्रभावित गर्ने गर्दछ । काठमाडौं, भक्तपुर, ललितपुरमा ठूलाठूला सहकारी छन् । सहकारीमा विकृति आउनुमा राज्यको पनि दोष छ । सदस्यको पैसा जथाभावी लगानी गर्ने काम भयो । सम्बन्धित निकायको दृष्टिकोण नपरेकाले विकृति आयो । निदाएको मान्छेलाई उठाउन सक्छ । तर ननिदाएको वा बाहना गर्नेलाई उठाउन सकिन्न । सहकारीमा पनि विकृति हटाउन नचहाने तत्व छ । हामी सही तरिकाले सदस्यमुखी भएर काम गरिरहेका छौं । समस्या फेस गरी रहनुपरेको छ । विभिन्न कुराहरू आइरहेको हुन्छ । ऐन कस्तो आउने भन्ने अहिले त्रास छ । पैसाको कारोबार  गर्ने संस्थामा राजनीति भइरहेको छ । एक किसिमको कुर्सीमोह हुने गर्दछ । सञ्चालकको मिलेमतोमा संस्था धराशायी भएका छन् तर त्यसै कुरा सम्झेर कार्यकारी राख्न नहुने भन्ने हुन्न । अर्को मान्छेलाई सहकारी त्यति माया हुँदैन । सोचे जति कर्जा पाउने र काम बनोस् भन्ने चाहन्छ । 

रविन्द्र शाक्य
अध्यक्ष मंगल आरती सकोस
rabindra shrestha

अहिले सहकारी स्थापना गर्नु ठूलो र नौलो कुरो हैन तर सहकारीको दिगो सञ्चालन र व्यवस्थापन महत्वपूर्ण विषय हो । सहकारी संस्थाको दिगो विकासका लागि सहकारीको संगठन संरचना र वित्तीय ढाँचाको सुदृढीकरणमा सञ्चालक समिति र व्यवस्थापनको पर्यात ध्यान जानु आवश्यक छ । सहकारी व्यवसाय हो र व्यवसाय जहिले पनि लागत लाभको विश्लेषणसहित सधैं नाफामा सञ्चालन हुनुपर्दछ । खर्चमा मितव्ययिता, गुणस्तरीय उत्पादन वा सेवा, उचित मूल्यजस्ता पक्ष सहकारी व्यवसायको सरोकारका विषय हुन् । सहकारीको प्रचलित सिद्धान्त तथा मूल्यहरूको अनुसरण र राम्रा सिकाइहरूको निरन्तर उपयोगको माध्यमबाट सहकारीको दिगो विकास सुनिश्चित हुन्छ । यद्यपि सहकारी पनि व्यावसायिक इकाइ भएकोले जोखिममुक्त रहन्छ भन्न सकिँदैन । त्यसैले सहकारी सञ्चालकहरूले व्यावसायिक जोखिमलाई न्यूनीकरण गर्ने वा जोखिमको अवस्थामा वैकल्पिक व्यवस्थापन गर्ने विधिको अवलम्बन गर्नुपर्दछ । सहकारीको दिगो विकासमा धेरै तत्वहरूले प्रभाव पार्ने भएकोले चुस्त व्यवस्थापन नै यसको मूल तत्व हो ।
सहकारी संस्था अहिलेको अवस्थामा प्रतिस्पर्धात्मक चरणमा प्रवेश गरेको छ । बजार अर्थव्यवस्थाको उपयोग सँगै राज्यले सहकारीलाई प्राथमिकतामा राखी सहयोग गर्ने प्रचलन प्राय विश्वमा न्यून बन्दै गएको छ । नयाँ सहकारीका लागि लगानीको दृष्टिकोणले बजारमा प्रतिस्पर्धा गर्न बाह्य पूँजीको आवश्यकता पर्न सक्दछ । सहकारी संस्थाले पुँजीको अनुपात बढाउँदै लैजानु पर्दछ । सहकारीका संघहरूले पनि आफ्ना सदस्य संस्थाहरूको हितमा काम गर्नु जरुरी छ । सहकारी अभियानमा बचत संघहरूको भूमिका अहम् हुन्छ । 

निरञ्जन सेढाई
सचिव सूचना चौतारी सञ्चार सहकारी

nirjan-sedai

सहकारी अभियानमा बचत संघहरूको भूमिका विषक डबलीमा उपत्यकाका जिल्ला बचत संघको नेतृत्वसँग छलफल गर्न पाउदा खुसी लागेको छ । अतिथिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । हाम्रो समुदायको आर्थिक, सामाजिक विकासका लागि सहकारी प्रभावकारी माध्यम साबित भएकोले सहयोगी निकायहरू पनि सहयोगका लागि तयार हुनु जरुरी छ ।
नेपालको सहकारी अभियान अझ पनि परिस्कृत नभइसकेकोले यसका लागि राज्यको अग्रसरताको विकल्प देखिँदैन । त्योसँगै आफ्ना सदस्यहरूको हरेक अवस्थामा साथ दिन संघहरू लागिरहेका छन् र अझ प्रभावकारी ढंगले अघि बढ्नु अहिलेको आवश्यकता हो । 

Share This: