सहकारी र सांगीतिक यात्रा सँगसँगै

सुजाता केसी
सदस्य-चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था

विगत चार वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील सुजाता केसी सांगीतिक क्षेत्रमा उत्तिकै दक्खल छन् । चन्द्रसूर्य बचत तथा ऋण सहकारीको महिला उपसमिति सदस्य केसीे सहकारीले महिला आत्मनिर्भर बढाउन सकेकोमा खुसी छन् ।
‘मलाई सहकारी र सांस्कृतिक कार्यक्रम सँगसँगै लैजान सक्छु जस्तो लागेको छ’ उनले भनिन् । सहकारीका साधारणसभा, स्थापना दिवस भइरहने भएकाले सांगीतिक कार्यक्रम लैजान सकिनेमा उनी विश्वस्त छिन् । ‘म सहकारीमा पनि लागेकाले त्यस्ता कार्यक्रममा उपस्थित हुन पाउँदा अरू सहकारीकर्मीसँग पनि चिनजान हुन पाउँछ ।’ उनले भनिन् ।
सुजाताले हालै तिहारको गीत बजारमा ल्याएकी छन् । उनका आधुनिक एल्बम ‘काकाकुल’ पनि बजारमा उपलब्ध छ । उक्त एल्बममा सातवटा गीत छन् । उनले फिल्म गीतमा समेत गाएकी छन् ।
सहकारीमा लागेदेखि सांगीतिक क्षेत्रमा अघि बढ्न आत्मबल बढेको उनले बताइ्े । ‘सांगीतिक क्षेत्रमा रहर हुुँदाहुँदै सहकारीमा पनि प्रवेश गरेको छु, सबैको मायाममताले दुवै क्षेत्रमा प्रगति हासिल गर्न सक्छु’ उनले भनिन् ।
सहकारी क्षेत्रमा सशक्त ढंगले लाग्ने उनको सोच छ । सहकारीमार्फत अर्थतन्त्र सबल हुने भएकाले आगामी दिनमा प्रारम्भिक सहकारीदेखि सहकारीका सञ्जालको नेतृत्व गर्न रुचि भएको उनले बताइन् ।
कर्मना बचत तथा ऋण सहकारी संस्थाको सदस्यसमेत रहेकी केसी स्नातक अध्ययन सकेर मोबाइल व्यवसायमा समेत आबद्ध भएकी छन् । सहकारी क्षेत्रमा महिलाको उपस्थिति राम्रो हुन सकेको भन्दै सहकारीमार्फत नै महिला आत्मनिर्भर हुन सकेको उनको बुझाइ छ । केसीले सहकारीसम्बन्धी विभिन्न तालिम समेत लिइसकेकी छन् ।

Share This: