icon

सामाजिक संजाल

    शुरुवात स्थानिय स्तरबाटै

    सन्दर्भ : स्थानिय सहकारी संस्था अवलोकन भ्रमण 
    मिति २०७४/१०/२९ गते सोमबार भेरी सहकारि बितिय संस्था लि . नेपालगन्ज बाकेका अध्यक्ष श्री वसन्त लामिछानेज्युको संयोजकत्वमा नेपालगन्ज बाकेकै स्थानिय स्तरमा रहेको ने रा बैकबाट स्वीकृत प्राप्त सहकारी बित्तिय बिकास संस्था लि. र नमस्ते सहकारी सस्थाको कार्यालयमा पुगि प्रत्यक्ष भेट्घाट गरि आ आफ्नो सहकारी बिचको अनुभव आदान प्रदान गरियो ।
    हालै नेपाल सरकारबाट लागू भएको सहकारी एन २०७४, सहकारी शुद्धीकरण एन , सहकारीमा देखिएको अन्यौलता , समस्या आदि बिषयमा छ्लफल गरिनुका साथै यी अन्यौलता र समस्या निवारणका लागि हामी सबैको सहकार्यको आवश्यकता महसुस गरियो ।
    अवलोकन भ्रमणको क्रममा सहकारि बित्तिय बिकास संस्था लि. र नमस्ते सहकारी सस्था लि. परिवारले देखाएको सद्भाव, सहहृदयतालाई ह्र्दय देखि नै धन्यबाद ।
    भ्रमण टोलि :
    अध्यक्ष : वसन्त लामिछाने , कार्यकारी निर्देशक/ संचालक सदस्य शुसिला शर्मा, संचालक सदस्य ज्ञान बहादुर बोली, संचालक सदस्य रुकमिणा भारती, संचालक सदस्य अन्जु शर्मा , सहायक ब्यस्थापक शोभा गुरुङ ।भेरी सहकारी

    हार्दिक आभार

    प्रदेस ५ कै उत्कृष्ठ कारोबार गर्ने सहकारी मधे एक लुम्बिनी सहकारी बुटवलमा…..सहकारी तालिमको सहजिकरनाको लागि निमंत्रना गरि न्यानो आतिथ्यता प्रदान गर्नु भएकोमा प्रेणायुक्त ब्यक्तितो, समाजसेबी तथा सस्थाका अध्यक्ष महेशोर सर तथा सस्था परिवार प्रति हर्दिक आभार …….नारायण वेल्वासे

    सहकारी शिक्षामा जाेड दियाैैं

    जिल्ला भरि कार्यक्षेत्र रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा तथा सदस्यता बिस्तार कार्यक्रम आज नमबुद्ध नगरपालीका 3 चरुवामा सम्पन्न । शान्ता न्याैपाने

    Shanta Neupane को फोटो।

    ऋणीलाई थोरै व्याज, शेयर सदस्यलाई धेरै लाभांश चाहिएको छ

    ऋणीलाई थोरै ब्याजदरमा कर्जा चाहिएको छ,
    शेयर धनिहरुलाई धेरै बोनोस चाहिएको छ,
    निक्षेपकर्तालाई आफ्नो निक्षेपको ब्याज धेरै चाहिएको छ,
    अनी हामी सबै विलासी भएका भयौ,
    आफ्नो देशमा इन्धन उत्पादन हुदैन तै पनि महंगा- महंगा सवारी साधन चाहिएको छ !
    विलासी भएपछी अर्थतन्त्र नी विलासी भो त्यसको फल यहि अहिलेको जस्तै हो ! गोविन्द गिरी 

    सहकारीमा लाभांश भन्दा संरक्षित पुँजीलार्इ प्राथमिकता दिनुपर्छ

    सहकारीमा लाभांश भन्दा संरक्षित पुँजी (patronage fund) विरतणलाई बढि प्राथमिकता दिंदा निम्न फाइदा हुन्छ :
    १. समग्र काराेबारमा वृद्धि,
    २. अार्थिक सुचकहरुमा सकारात्मक वृद्धि
    l३. सदस्यकाे सक्रियता
    ४. सहकारी पहिलाे राेजाई ( first choice for financial solution)
    ५. भाखा नाघेको ऋण व्यवस्थापनकाे लागि मद्दत
    ६. सदस्यमा वित्तीय अनुशासन कायम हुने
    ७. वित्तीय उद्योगमा अन्य player हरुसँग ( financial industry) प्रतिष्पर्धा गर्ने क्षमतामा वृद्धि
    ८. खासगरी उपभोक्ता सहकारीकाे लागि धेरै उपयुक्त
    ९. शेयर वृद्धि हुँदा लाभांश वितरणमा हुने pressure कम हुने । रामकृष्ण भट्टरार्इ