icon

सामाजिक संजाल

    सहकारीकर्मी राेशनी के. सी. बचाउ अभियान…

    रुपन्देही जिल्लाकाे सहकारी अभियानमा कृयाशिल बचत तथा ऋण सहकारी संघ लि., रुपन्देहीकाे महिला उपसमिति सदस्य राेशनी के. सी. माेटरसाईकल दुर्घटनामा परि नेपाल मेडिसिटी हस्पिटल भैसिपाटी काठमाडौंमा उपचार भैरहेकाे र निजकाे अाैषधि उपचारमा अिधक रकम लाग्ने र पारिवारिक अवस्थाले थप अाैषधि उपचार गरि निकाे हुन समस्या रहेकाेले यस संघकाे अायाेजनामा सहयाेग संकलन गर्ने गरि निर्णय भै रास्ट्रिय सहकारी बैंक बुटवल शाखाकाे खाता न. 13-00016-9 मा सहकारी संघ\ संस्थाले वा सहकारी संघ \संस्थामा अावद्द सदस्यहरुले उक्त खातामा सहयाेग रकम जम्मा गर्न अनुराेध गर्दछौं ।
    कृष्ण प्रसाद नेपाल
    अध्यक्ष
    बचत तथा ऋण सहकारी संघ लि., रुपन्देही
    सम्पर्कका लागि : 071-540282, 9857021855

    अमेरिकाले सहकारीमा उल्लेख्य प्रगति गरेकाे छ

    अन्तराष्टिय सहकारी महसघ (ICA) को तेस्रो ग्लोबल बोर्ड बैठक Birmingham, Alabama ko Hotel Sheraton मा भाग लिनको लागि जाने क्रममा अहिले रातको ८ बजे Atalanta को एअरपोर्ट पुगे। आज यही यही बास बसेर भोली बिहान Birmingham लाग्दैछु l बैठक जुन को १८/१९/ २० सम्म हुँदैछ ।
    अमेरिका सहकारीको क्षेत्रमा राम्रो प्रगती र पहिचान बनाउन सफल देशमा पर्दछ ।
    अब हामिले पनि बिश्वका यिनै पाठहरु सिकेर भोलीको आउने दिनमा रणनिती बनाएर अगाडी बड्न जरुरी रहेको छ l अाेमदेवी मल्ल

    अर्थमन्त्री डा युवराज खतिवडा सहकारीको एम्बेस्डर !

    सहकारी छेत्रमा सहकारी कर्मी साथिहरुले अर्थ मन्त्री डा. युवराज खतिवडालाई सहकारिको ambasdoor को रुपमा हेरेको थियो। अर्थ मन्त्री भएकोमा सबै सहकारी मित्रहरुमा छुतै उमङ र भरोसा थियो तर जे सोचेको थियो भरोसा गरेको थियो त्यो बेवहारमा पतकै महसुस भएन ।यतीको सहकारी प्रती सहानुभूति राख्ने मन्त्रीले त सहकारीलाइ under estimate गर्छ भन अरु बात के आसा गर्ने खै।किशोर महर्जन

    बस दुर्घटनाले सहकारीकर्मीलाई मर्माहत बनायो

    पाल्पाको नेफ्स्कुन सदस्य संस्था लक्ष्मी वचत तथा ऋण सहकारी सस्था लिमिटेड तान्सेनको समूह रामपुरको विभिन्न सहकारी अवलोकन भ्रमणको क्रममा आज शुक्रबार बिहान ९ वजे रम्भा गाउँपालिका ४ स्थित हुमिनमा बस दुर्घटना हुदा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख, सस्थाका अध्यक्ष सहित१४ जनाको मृत्यु तथा १० जना घाइते भएको खवरले सम्पुर्ण सहकारीकर्मी मर्माहत बनाएको छ ।यस दुखद घडीमा शोकाकुल परिवार आफन्तजन सम्पुर्णमा धैर्यधारण गर्ने शक्ति मिलोस तथा मृत आत्माले शान्ति पाओस साथै घाइते सम्पुर्णमा शिघ्र स्वस्थ्य लाभको कामना गर्दछौं ।
    परितोष पौड्याल
    वरिष्ठ उपाध्यक्ष, नेफस्कून ।

    साकोस अभियानका लागि दुःखको खबर

    पाल्पा जिल्ला स्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट अध्ययन अवलोकन भ्रमणमा निस्केको टोली सवार गाडी दुर्घटना हुँदा संस्थाका अध्यक्ष र डिभिजन सहकारी कार्यालयका प्रमुख सहित १३ जनाको मृत्यु र अन्य घाइते भएको समाचारले स्तब्ध बनायो । दुःखको यस घडीमा मृतआत्माप्रति हार्दिक श्रद्धान्जली एवं शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ।सञ्जय तिमिल्सिना