सेवा विविधीकरणमा साकोस

सूचना चौतारी सञ्चार सहकारी संस्थाको नियमित प्रस्तुति सहकारी डबलीको २३ औं शृंखलामा ‘सेवा विविधीकरणमा साकोस’ शीर्षकमा छलफल गरेका छौं । यस डबलीमा सिद्धिगणेश साकोसका अध्यक्ष हरिरत्न गोर्खाली, अ‍ैंचोपैंचो साकोसका अध्यक्ष दयाराम प्रजापति र पद्मावती साकोसका अध्यक्ष नेमवीर शाक्य मुख्य वक्ताका रूपमा सहभागी हुनुहुन्छ । प्रस्तुत छ सहकारी डबलीे २३ औं शृंखलामा भएको छलफलको सारसंक्षेप

तपाईंको सहकारीले अहिले कस्ताकस्ता सेवाहरू दिइराखेको छ ?
नेमवीर शाक्य
अध्यक्ष –पद्मावती साकोस
सहकारीले दिँदै आएको सेवाको कुरामा बहस चलाएकोमा खुसी लागेको छ । संस्थाको वस्तुस्थिति अनुरूप समुदायलाई केही दिएको छ छैन भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । त्यसकारण म आफ्नो संस्थाको बारेमा केही भन्न चाहन्छु । पद्मावती साकोस २०५० सालमा स्थापना भएको हो । २५ जना संस्थापकलाई त्यतिबेला सहकारीको राम्रो ज्ञान पनि थिएन । राज्यको निकाय पनि सहकारीबारे जानकार थिएन । २०४८ सालमा सहकारी ऐन आएपछि सहकारीको लहर जागे पनि खासै जानकारी थिएन । यहाँको नेवारी समुदायका मानिसहरूमा एकताको बानी, सहकारीमार्फत आत्मनिर्भरता र आर्थिक विकास हुन्छ भनेको सुनेर एक लाखको चुक्ता पुँजीबाट सहकारी सञ्चालन सुरु गरेका थियौं ।

dabadali-23जनताको पैसा उठाएर जिम्मेवारी बहन गर्न निक्कै गाह्रो रहेछ । सेवा विविधीकरणमा निक्कै छलफल र सहकार्य गरेर काम गर्दैै आएका छौं । हाल पद्मावतीका दुई हजार तीन सय सदस्य छन् । हाम्रो संस्थाको पाँच करोडको चुक्ता पुँजी कोष पुगेको छ । मेरो संस्था भनेकै मेरो पहिचान हो । मैले देखेको भविष्य मेरो संस्थामै छ । सदस्यको सेवा, उनीहरूको चाहना र इच्छा पूरा गर्न संस्था क्रियाशील छ । बैंक र अन्य सहकारीका बीचमा रहेर हामी पद्मावतीमा काम गर्दै आएका छौं । समुदायमा आधारित भएपछि कार्यक्षेत्रभन्दा बाहिर हामी गएनौं । पद्मावतीले स्वास्थ्य केन्द्र स्थापना गरेको छ । हामी कर्जा कम ब्याजदरमा दिन्छौं । वृद्धसेवा, तिर्थाटन गराउँछौं । बूढाबूढीले छोराबुहारीलाई भन्दा पद्मावतीलाई पत्याउने अवस्था आएको छ । सेवा विविधीकरणले व्यावसायीकरण हुनुका साथै इज्जत पाउने अवस्था छ । यसैमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउन महिला सशक्तीकरणमा जोड दिएका छौं । पद्मावतीमा महिलाहरू नेतृत्व तहमा पुगेका छन् । बिमाको सेवा दिएका छौं । पाँच लाखसम्मको ऋण जोखिमको बिमा छ । सहकारी शिक्षा समितिले सहकारी शिक्षा दिन्छौं । अहिले जिल्लाभर कार्यक्षेत्र छ पद्मावतीको ।
हरिरत्न गोर्खाली
अध्यक्ष –सिद्धिगणेश साकोस
२०५१ माघ १७ गते सिद्धिगणेश साकोस स्थापना भएको होे । त्यो बेला सहकारी जानेर भन्दा पनि परिस्थितिले जुराएकोले सुरु गरियो । सामाजिक क्षेत्रमा जानुपर्छ भन्ने भावना भएका युवाले आर्थिकस्तरमा पनि रचनात्मक काम गर्नुपर्छ भन्ने हेतुले सहकारी स्थापना गरेका हौं । अहिले आर्थिक रूपमा धेरै उतारचढाव भएको छ । मल, बिउ किन्न पनि समस्या, बढी ब्याज दिनुपर्ने, औषधि उपचार गर्न, स्कुल भर्ना गर्न समस्या परेका कारण सहकारीमार्फत ती काम गर्न खोज्यौं । बानीको अभावले दैनिक बचत गर्न पनि गाह्रो हुन्थ्यो । चुरोट, तमाखु, चिया खाने पैसा बचाएर बचत गर्ने अभियान चलायौं । हाम्रा अग्रजले आर्थिक क्षेत्र भनेको खतरनाक क्षेत्र हो तपार्इंहरू बढी होसियारी भएर काम गर्नुहोस् भन्ने गर्नुहुन्थ्यो । त्यसमा प्रतिबद्ध रह्यौं । तालिम, अवलोकन भ्रमणमा गएर हामीले पनि गर्न सक्छौं है भन्ने कुरा सिकियो । पाँच वर्षसम्म महिनामा एक सय रुपैयाँ जम्मा गरेको पैसा ननिकाल्ने नियम लागु ग¥यौ । दर्ता गर्दा ३१ जनाले ३१ सय रुपैयाँ जम्मा गरेका थियौं । तीन/चार वर्षमै नमुना सहकारी घोषित हुन पुग्यौं । संस्थाको सदस्य बनाउन अनिवार्य शिक्षा शिविर राख्न थाल्यौं ।
dabali23-a
नियमित बचत गर्ने सदस्यले नियमअनुसार ऋण पाउने कुरामा ढुक्क भए हुन्छ । पूर्वसहकारी शिक्षामा बस्दा नै आफ्नो मनमा लागेको खुल्दुली मेटेर सदस्य बन्नुहोस्, अरू स्वार्थ छ भने सदस्य नबन्नुहोस् भन्ने गर्छौ । सदस्यता वृद्धि गर्न लक्षित समुदायका सदस्यकोे इच्छा, आकांक्षा पूरा हुन सक्ने गरी विभिन्न बचतका योजना सञ्चालन गर्दै गयौं । साथसाथै सामाजिक सेवामा पनि हात हाल्यौं । कृषि मलको पनि सहकारीले काम ग¥यो । मल आइपुग्ने दिन रातभरि नै लाइन लाग्ने स्थिति थियो । सहज सेवा पाएकाले थप क्षेत्रका पनि सदस्य बन्न इच्छुक भएपछि हामी कार्यक्षेत्र बढाउन थाल्यौं र नगर हुँदै जिल्लाभरि कार्यक्षेत्र बनाएका छौं । सदस्य ११ हजार तीन सय ९६ जना छन् । विभिन्न सीपमूलक तालिमजस्तै मोटरसाइकल मर्मत, सिलाइबुनाइ, अमिलो बनाउने, ब्युटिपार्लरलगायतका तालिम सञ्चालन गर्दै आएका छौं । स्वास्थ्य क्लिनिक पनि सञ्चालन गर्दै आएका छौैं । एकल उद्देश्य संस्थाले क्लिनिक खोल्न हुन्न भन्ने कुरा पनि आएको छ, हामीले कुनै किसिमले निरन्तरता दिने सोचमा छौं । त्यस्तै फार्मेसी पनि सञ्चालन गर्दै आएका छौं । सामाजिक सुरक्षातर्फ मृत्युपश्चात २२ हजार र दुर्घटना भए १० हजारसम्म उपचार खर्च दिने, तीन महिनासम्म ३० हजार निब्र्याजी ऋण दिने गरेका छौं ।
अ‍ैंचौपैंचो सहकारीको त देशभर कार्यक्षेत्र छ, कसरी सेवा दिइरहनुभएको छ ?
दयाराम प्रजापति
अध्यक्ष-अ‍ैंचोपैंचो साकोस
हामी २०३८ सालदेखि २०४५ सालसम्म युथ क्लबमा काम गथ्र्यौं । हामीले टोल सरसफाइ गर्ने अभियान चलायौं । हरेक पसलमा १५ देखि ३० रुपैयाँ उठाउने गरेका थियौं । एकजना वृद्धले यो जुनीमात्र होइन अर्को जुनी पनि मागेर खानुपरोस् भनेका थिए, त्यसको प्रभाव हामीलाई प¥र्यो । तसर्थ युथ क्लबको काम लथालिंग भएपछि २०४६ सालमा प्रतिव्यक्ति १५ रुपैयाँ उठाएर सहकारी अभियान सुरु ग¥र्यौं । सदस्यहरूले ‘पैसा त दिन्छौं, तलमाथि भयो भने सीधैं तिम्रो घरमा आउँछौंं’ भन्नुहुन्थ्यो । २०५० सालमा विधिवत् दर्ता ग¥र्यौं । देशभर कार्यक्षेत्र भए पनि त्यस्तो तीव्र गतिमा कारोबार वृद्धिमा लागेको छैनौं । । दुई हजार दुई सय सदस्य छन् र संस्थाको सेयर पुँजी तीन करोड ४७ लाख छ । रिजर्भ फन्ड एक करोड ६७ लाख छ । हामीले २०५४÷५५ देखि अभिमुखीकरण कक्षा सञ्चालन गर्दैै आएका छौं । सदस्य बढ्नेसँगै केहीले छोड्ने क्रम पनि छ । कुन उद्देश्यबाट सदस्य अभिप्रेरित भए त भन्ने जान्ने प्रयास गर्छौं । सामाजिक सुरक्षातर्फ क्रममा आपत्कालीन ऋण २० हजारसम्म, अस्पतालमा भर्ना भएको भए निब्र्याजी ३० हजारसम्म ऋण दिन्छौं । भवितव्य भएको अवस्थामा १० हजारसम्म फिर्ता गर्नु नपर्ने गरी दिन्छौं ।
बचत तथा ऋण सहकारीले बचत तथा ऋणबाहेक अरु कारोबार नगर्ने भन्ने अवधारणा छ, तर पनि अरु सेवा पनि दिइरहेका छन् ?
नेमवीर शाक्य
हामीले बचत तथा ऋणको मात्र कारोबार गरिरहेको हो । प्रोडक्ट र सर्भिस भन्ने कुरो सदस्यको हितका लागि काम हुने हो र यो ‘निड एन्ड डिमान्ड’ अनुसार हुने गर्छ । पद्मावतीमा कृषक कोही पनि छैन, हामीसँग अधिकांश हस्ताकला व्यवसायी हुनुहुन्छ । पद्मावतीले व्यवसाय आफ्नो केही गर्दैन । सदस्यलाई व्यवसायी बनाउने काम गर्छ । पैसा लगानी गरेर संस्था आर्थिक रूपमा सक्षम हुने हो । तर यसो भन्दैमा अर्बां कारोबार हुँदैमा सफल सहकारी मान्न सकिन्न । प्रमाणित त भइसकेको छ नि ५/१० अर्ब कारोवार भएको संस्थाको अवस्था के छ ? एकदुई संस्थाको कारणले ३० हजार संस्थालाई असर परिरहेको छ । त्यसकारण जथाभावी व्यवसायमा लगानी गर्दा संस्था जोखिममा पर्छ, बचत तथा ऋण सहकारीले त अन्य व्यवसाय गर्ने पनि होइन । सचेतना र सामाजिक सुरक्षा कार्यक्रम भनेको नगरी नहुने कुरा हुन् । हामीले पनि सुत्केरी भत्ता, काजकिरिया खर्च दिने गरेका छौं, त्यो भनेको मानवीय कुरा हो । सहकारी भनेको यस्तैका लागि जन्मेको हो ।
हरिरत्नजी लाई के लाग्छ ?
हरिरत्न गोर्खाली
वास्तवमा सामाजिक सेवा अन्तर्राष्ट्रिय सिद्धान्तमै छ । कानुनीरूपमा गर्न हुन्छ र हुँदैन भन्ने धेरै कुराहरू आइरहेको छ । सामाजिक चासो र समुदायको हितका लागि एकल उद्देश्य भएर पनि अन्य क्रियाकलाप गर्न सकिन्छ । सहकारी संस्था खोल्नु भनेको एक्लैले आफ्नो समस्या समाधान गर्न नसक्ने भएकोले नै हो । निम्न आय भएका जनतालाई सेवा दिन नै सहकारी खोलिएको हो । स्थानीय स्रोतसाधन परिचालन गर्नका लागि, समाजमा भएका समस्या समाधान गर्न, सदस्यकोे आर्थिक, सामाजिकस्तर कसरी उकास्ने भन्ने कुरामा सहकारीले काम गर्नुपर्छ । यदि आर्थिक रूपमा ऋण दिने र बचत गराउने मात्र गर्दा ती उद्देश्य पूरा हुँँदैनन् । हाम्रो सदस्यले जे जस्तो माग गर्छन्, त्यो सेवा दिनु नै सहकारीको मूल उद्देश्यअन्र्तगत पर्दछ ।
के लाग्छ यहाँलाई बचत सहकारीले अन्य काम गर्न पाउँछ कि पाउँदैन ?
दयाराम प्रजापति
बचत तथा ऋण सहकारी भन्नाले बचत संकलन गर्ने र ऋण दिनेमात्र हो । सामाजिक दायित्व निर्वाह गर्नुपर्ने भएकाले सदस्यको सेवा दिनका लागि कस्तो सेवा दियो भने सदस्य सन्तुष्ट हुन्छन् भन्ने कुरामा सदस्यको चाहनाअनुसार नै सेवा दिँदै जाने हो । आपत्कालीन ऋण, उपचार ऋण, सहानुभूति कोष होस्, हामीले पहिलेदेखि नै भन्दै आएका छौं वित्तीय सेवा र सामाजिक सुरक्षामा ध्यान दिनुपर्छ । सहकारी कुनैले पनि अन्य व्यावसायिक कारोबार गर्नु हुँदैन भन्ने मान्यता बोक्दै आएका छौं । सदस्यलाई डेभिडेन्ट दिन सकेनौं भने पनि टीकाटिम्पणी सुरु हुन्छ । सहकारी धरापमा प¥यो, व्यवसाय फस्टाउन सकेन भने सबै सदस्य धरापमा पर्ने नै भए । त्यसकारण सहकारीले आफैं व्यवसाय सञ्चालन गर्न हुन्न । आयमूलक क्षेत्रमा कुनै सदस्य आउन चाहेमा सस्तो ब्याजदर, तालिम, भ्रमण गराएर सहयोग गर्र्नुपर्छ । सहकारीले सदस्यको चाहनाअनुसार अन्य सेवा दिँदै गए पनि सहकारी आफैंंले व्यवसाय गर्न हुन्न ।
अहिले सहकारीले व्यवसायमुखी बन्दै गएको छ । सदस्यको चाहनाअनुरुप गर्ने, व्यावसायिक सम्भावना र आर्थिक लाभको मूल्यांकन गरेर अघि बढ्ने ?
दयाराम प्रजापति
अहिले समाजमा मुख्यतया दुई प्रकारका सहकारी छन् । समुदायमा आधारित सहकारी संस्था र व्यापारिक दृष्टिकोणबाट अघि बढेका संस्था । व्यापारिक दृष्टिकोणले अघि बढेको संस्था उसको आर्थिक लाभ नै पहिलो हुन्छ । आम्दानी भएका निश्चित व्यक्ति मिलेर खाएको हुन्छ । तर समुदायमा आधारित कुनै पनि सहकारीले जति पनि आम्दानी गरेका हुन्छन्, ती आम्दानी बराबरी भाग लगाउँछन् । समुदायमा आधारित भएका सहकारीको पहिचान गरेर ती सहकारी उकास्नका लागि अघि बढ्नुपर्छ ।
हरिरत्नजी लाई के लाग्छ ?
हरिरत्न गोर्खाली
सहकारी संस्था वास्तवमा व्यावसायिक संस्था नै हो । व्यावसायिकताको अर्थ व्यक्तिले जस्तो नाफाको निम्ति काम गर्ने हो । सहकारी संस्था आफैं व्यावसायिक भएर बिचौलियाको जालोलाई अन्त्य गर्नुपर्छ भन्छु म । बिचौलियाको जालोको कुरा गर्दा कुनै समय एउटा इन्डक्सन हिटरको ६ हजारसम्म तिरेर खरिद गर्न बाध्य बनायो । र त्यसको वास्तवविक मूल्य एक हजार आठ सय रुपैयाँ । बीचमा बसेर व्यापारीले अधिक लाभ लिइरहेको छ, उपभोक्ता शोषित भइरहेका छन् । सदस्यको हितको नाममा, संस्था दिगो बनाउने नाममा मात्र होइन कि समाजको हितकै निम्ति पनि थोरै मात्र भए पनि नाफा लिएर संस्था सस्टेन गराउनु पर्छ । सेवाभावले न्यूनतम मूल्य तोकेर समाजको हितको निम्ति काम गर्नुपर्ने हुन्छ र त्यसलाई सहकारीले सामाजिक व्यवसायको रूपमा सञ्चालन गर्न सक्छ ।
नेमवीरजी तपाईंको धारणा के छ ?
नेमवीर शाक्य
समयअनुसारको व्यवसायको माग हुन्छ । सदस्यलाई आत्मनिर्भर बनाउन र समुदायको संस्कृति र परम्परा पूरा गर्न हामीले प्रभावकारी भूमिका खेलेका छौं । सदस्यमात्र होइन संस्था पनि व्यावसायिक बन्नुपर्छ । तर संस्थाले सदस्यलाई व्यवसायी बनाएर आफ्नो कारोबार विस्तार गर्ने हो । संस्थालाई त वित्तीय लाभ पनि आवश्यक हुन्छ । भनौं न, भोलि यदि मेरै नेतृत्वमा रहेको बेला पद्मावतीले सदस्यलाई डेभिडेन्ट दिएन भने सदस्यको संस्थाप्रतिको लगाव घट्न सक्छ, संस्थाको सदस्य संख्या स्वतः घट्छ । डेभिडेन्ट दिन सजिलो छैन, नाफा कमाउनुपर्छ । व्यवसायमा जोखिम पनि छ । तसर्थ थप जोखिम लिनभन्दा बचत ऋणकै कारोबारबाट स्थायित्व खोज्नु ठीक हुन्छ ।
वित्तीय सेवाको कुरा गर्दा बचत र कर्जाका कस्ताकस्ता प्रोडक्ट छन् र त्यसमा सदस्यको चासो कस्तो छ ?
दयाराम प्रजापति
हामीसँग ऐच्छिक बचत, नियमित बचत, समृद्वि बचत, वृद्ध बचतलगायत १० प्रकारका बचत छन् । त्यस्तै कर्जातर्फ स्वास्थ्यमा, कृषिमा, व्यवसायमा, घरजग्गा, उद्योगमा लगानीको प्राथमिकता छ । व्यक्तिगत ऋण, हायर पर्चेज, आयमूलक, घर निर्माण, शैक्षिक कर्जा छ । अहिले घरनिर्माण ऋणमा बैंकको तुलनामा कम गएकाले ब्याजदर घटाएर १० प्रतिशतमा झारेका छौं । १० देखि १३ प्रतिशतमा कर्जा कारोबार हुन्छ ।
बैंक, फाइनान्सले के कस्ता सुविधा दिन्छन् त्योभन्दा राम्रो सुविधा सदस्यलाई दिन आवश्यक छ । हामीले त्यही किसिमले सेवा दिइरहेका छौं र पनि बैंकको भन्द केही ब्याज फरक परे पनि हामीसँग कराउन आउने गर्छन्, त्यसलाई नकारात्मक मान्नु पनि हुँदैन । सदस्य कति विश्वस्त छन् भन्ने कुरा संकटको बेला थाहा हुन्छ । भूकम्पको बेला धेरैजना सहकारीमा पैसा फिर्ता लिन आउँछन् भन्ने लागेको थियो तर त्यसको ठीक विपरीत भयो । तरलता अझ बढेकोले निक्षेपमा ब्याज घटाउनुपर्ने परिस्थिति आयो । निक्षेपमा तीनदेखि ६ प्रतिशत दिइरहेका छौं तैपनि तरलता वृद्वि भइरहेको छ ।
नेमवीर शाक्य
पद्मावती स्थानीय र प्रारम्भिक तहमै छ । २३ वर्षसम्म पनि पुरानै शैलीमा काम गर्दै आएका छौं । बचतमा पनि ५ प्रतिशत ब्याजदर छ । सामाजिक रूपान्तरणका लागि सासूबुहारी, श्रीमान्श्रीमती बचत खाता, दिदीबहिनी बचत खाता, दाजुभाइ बचत खाता छ । पारिवारिक एकतालाई कायम राख्न यस्ता बचत खाताले ठूलो काम गर्दोरहेछ । सासूबुहारीले बचत गर्दा २५ प्रतिशत सेवा बढी पाउँछन् र दुई प्रतिशत ब्याज पनि बढी पाउँछ । यसले समाजमा राम्रो सन्देश दिएको छ । पद्मावतीले चार प्रकारको बचत सेवा दिँदै आएको छ । संस्थाले बचतकर्ता सदस्यलाई स्वास्थ्य बिमाका सुविधा पनि दिन्छ । बच्चाको उच्च शिक्षाका लागि तीनवटा नियमित बचत छन् । एक लाखसम्मको आपत्कालीन बिना धितो छ तर यो वर्षमा एक सय जनाले पाउँछन् । सस्तो ब्याजदरमा ऋण दिएका छौं । ६ देखि १२ प्रतिशतमा ऋण दिन्छौं र पाँचदेखि सात प्रतिशतसम्म ब्याज निक्षेपमा छ । यसरी काम गर्दा पनि लक्ष्यभन्दा बढी खुद बचत छ र विभिन्न कोषमा राखेर पनि १५ प्रतिशत लाभांश दिएर सदस्यलाई खुसी अनि संस्थालाई मजबुत बनाएका छौं ।
विकल्प पाठक
सचिव-नेचुरल कोअपरेटिभ
हामी कोअपरेटिभ मुमेन्टमा लागिरहँदा अ‍ैचौंपैंचो, सिद्धिगणेश, पद्मावती सुनेकै हो । सामुदायिक चासोमा सहकारी जानुपर्ने हो तर हामी अलिकति व्यावसायिक ढंगले सञ्चालन भइरहेका छौं । सहरमुखी, व्यावसायिक भएकाले कारोबार गर्न कतिपय अवस्थामा चुनौती आएको छ । बाहिरबाट आइन्छ, सहकारी खोलिन्छ्, स्थानीयता अत्यन्तै अभाव छ । अस्वस्थ प्रतिस्पर्धा, ब्याजदरमा प्रतिस्पर्धा हाबी भएको छ । चुनौती केही छन् । नेचुरुल कोअपरेटिभ ५० करोडको हाराहारीमा छौं । सहकारीलाई कसरी मजबुत बनाउने भन्नेतर्फ संघहरूको गहन भूमिका देखिराखेको छैन । संस्थाहरू यसैगरी सञ्चालन हुँदा कुनै दिन दुःखद् क्षण आउन सक्छ । सहकारी क्षेत्र नै धराशायी हुने अवस्था पनि देखिन्छ ।
अशोक नेपाल
कोषाध्यक्ष-विश्वज्योति साकोस
ऋण नउठेर कतिपय सहकारीको अवस्था नाजुक बन्दै गइरहेको अवस्था छ । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर कारोबार गर्न हुन्न भन्ने कुरा मैले बुझेको छु । ओरियन्टेसन कक्षा सञ्चालन हुन सके त्यसले सहकारी सञ्चालन प्रभावकारी देखिन्थ्यो ।
निर्मल गुरुवाचार्य
प्रबन्ध सञ्चालक-श्रीसम्पन्न बहु. सहकारी
जति पनि समुदायमा आधारित सहकारी छन्, अब्बल भएर नै आइरहेका छन् । पाटनमा, ग्रामीण भेगमा भएका सहकारी जति पनि छन्, राम्रो गर्दै गइरहेका छन् । सदस्यले सहकारीबाट सबै कारोबार गर्छन् । सहरी क्षेत्रमा भने धेरै विकृति छ । संस्था खोल्यो, पैसा उठाउने र ऋण दिने त रहेछ नि भन्ने हुँदो रहेछ । फिर्ता आए त राम्रो, १० लाख लिएर ऋण तिरेन भने संस्थालाई टाउको दुखाइ हुन्छ । हामी २०६४ सालदेखि सञ्चालनमा आएका हौं । सुरुमा तालिम लिएर भन्दा पनि हामीसँग भएको ज्ञानबाट नै अगाडि आयौं । वास्तवमा सबै सहकारी समुदायमा आधारित हुनुपर्छ । हामी महाराजगन्ज, पानीपोखरी क्षेत्रमा केन्द्रबिन्दु बनाएर सेवा दिने सोचमा छौं । सेवा विविधीकरणमा जाने हामी कोसिस गरेका छौं । शिक्षा लिएर अघि जाने सोचमा छौं । बचत तथा ऋणको मात्र कारोबार गरेरभन्दा सदस्य सेवा केन्द्रित हुने सोच छ । संंस्था क्षमतावान् बन्न आवश्क छ ।
जगतलाल महर्जन
उपाध्यक्ष
ललितपुर जिल्ला बचत संघ
ललितपुरको उपाध्यक्षको हैसियतले पनि ललितपुरको सहकारी अभियानसम्बन्धी केही कुरा राख्न चाहन्छु । हामीसँग आबद्ध भएका संस्था चार सय ९८ वटा छन् । अहिले २१ करोडको कारोबार गर्दै आएका छौं । हामीले ललितपुरलाई नमुनायोग्य बनाउन चाहेका छौं । ९८ वटा दर्ता भएको अहिले एक हजार ५० वटा संस्था आबद्ध छन् । आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सदस्यलाई दिएको सेवा नमुनायोग्य छ । सहकारीको सेवाबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ भन्ने मुख्य कुरा हो । यहाँका धेरै सहकारी एक्सेस ब्रान्डमा छन् । समुदायमा चासो भएकाले पनि यहाँका सहकारी उत्कृष्ट छन् । सहकारी संस्कार बनाउन सिकाइरहेका छौं । सहकारीका मद्दतबाट यो देश मजबुत बन्दैछ । म केही समयअघि २५ जिल्ला पुगेँ । साँच्चै गर्व लागेर आयो । सहकारीले सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षा बढी दिएको छ । देश विकसित गर्न सबै सहकारीमा आबद्ध हुनपर्छ । त्यसो हुँदा सक्षम र समृद्धि बन्नेछ । सहकारी सुशासन कत्तिको छ, ध्यान दिन सकेनौं । निरीक्षण गर्न, तर्साउन जाने होइन, राम्रो र नराम्रो छुट्टाएर अघि बढ्ने हो । संस्थाको प्रवद्र्धन र विकासका लागि शुल्क उठाउने हो ।
शरद महर्जन
अध्यक्ष-ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ
जब म सहकारीमा लाग्दा नेमवीर दाइको, पद्मावतीको कुरा सुन्थँे । उहाँ ललितपुरको इन्स्टिच्युट नै हो । उहाँहरू सदस्य केन्द्रित भएर नै उहाँहरूको संस्थामा चाप बढेको हो । मैले पनि प्रारम्भिक सहकारी संस्थामा त्यही कुरा फलो गर्न खोजेको छु । सहकारी अभियानमा दुर्भाग्य भए तापनि ओरियन्टल हाम्रो लागि शिक्षा हो विकृतिसम्बन्धी सबैभन्दा बढी चेतना दिएको छ । ब्याजको लोभमा मान्छेहरू सहकारीमा जाने गरेका थिए । कतिपय सहकारीको नाम राखे पनि सिद्धान्तविपरीत काम गर्ने परिपाटी छ । अ‍ैंचोपैंचो, पद्मावती र सिद्धिगणेश सहकारी मूल्यमान्यताभन्दा बाहिर गएका छैनन् । यी सहकारीबाट सिक्न सक्ने धेरै कुराहरू रहेका छन् ।
निरञ्जन सेढाई
सचिव-सूचना चौतारी सञ्चार सहकारी संस्था लि.
सहकारीका विभिन्न विषयमा हामीले प्रत्येक महिना डबली राख्दै आएका छौं । २३ औं शृंखलामा सेवा विविधीकरणको मुख्य विषयका साथै सहकारीका विभिन्न समसामयिक विषयमा रोचक र ज्ञानवद्र्धक छलफल गर्ने क्रममा काठमाडौं, भक्तपुर र ललितपुरका खारिएका सहकारीकर्मीसँग साक्षात्कार गर्ने मौका पाइयो । सहकारीको सुरुवातदेखि हालसम्मका सबै गतिविधि उहाँहरूबाट जान्ने अवसर मिल्यो । साँच्चै उहाँहरू सहकारीको लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । सूचना चौतारीका तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु । अन्य शृंखलामा पुनः भेट्ने वाचासहित सहकारी डबलीको २३ औं शृंखला यहीँ अन्त्य हुन्छ ।

Share This: