स्थरीकरण कोष प्रभावकारी बनाउन गृहकार्य

दोलखा । नेफ्स्कून र दोलखा जिल्ला बचत संघको आयोजना र मिलिजुली साकोस दोलखा चरिकोटको व्यवस्थापन सहयोगमा आज दोलखामा स्थिरीकरण कोष सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

 

कार्यक्रममा दोलखा जिल्लाका साकोस प्रतिनिधि र एक्सेस ब्राण्ड दोस्रो व्याचमा आवद्ध साकोस प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांसद पशुपती चौलागाईंले गर्नुभएको थियो ।

 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डी।बी।बस्नेत, बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईं, डिभिजन सहकारी अधिकृत टोपलाल अर्याल लगायत व्यक्ति व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत दुर्गा प्रसाद ढकालले स्थिरीकरण कोषको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा दोलखामा सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६८ जना साकोसकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

जिल्ला बचत संघका अध्यक्ष जिवसराज खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो ।

 

नेफ्स्कूनद्वारा सञ्चालन र व्यवस्थापन गर्ने गरी साकोस स्थिरीकरण कोष स्थापनाको तयारी भईरहेको र उक्त कोष साकोस अभियानकै सुरक्षा कबच बनाउने अभिप्रायका साथ साकोसकर्मीहरुमाझ कार्यक्रमको आयोजना भएको सहभागी बक्ताहरुले बताउनुभएको थियो भने स्थिरीकरण कोष सम्बन्धमा सहभागीहरुले राख्नुभएको जिज्ञासा र सुझाव माथि प्रष्ट पारिएको थियो ।

Share This: