महिला अभियान सहकारी१३ वर्षमा प्रवेश

भक्तपुर । महिला अभियान साकोस १३ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वर्षमा पुग्दासम्म संस्थाले ६ करोड ९६ लाख ७९ हजार १ सय १९ रुपैयाँ कारोबार गर्न सफल भएको छ । संस्था स्थापनाका दिनहरु सम्झदैँ संस्थापक अध्यक्ष सरिता तिम्सिना भट्टराईले आगामी दिनमा रचनात्मक काम गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

 

१३ वर्षअघि नारी दिवसको अघिल्लो दिन संस्थाका संस्थापक अध्यक्ष भट्टराईले ३७ जना महिला एकजुट भएर ७४ हजार शेयर पुँजी जम्मा गरेर संस्था शुरुवात गरेको जानकारी दिनुभयो । संस्थाका ९६० जना महिलाहरु सदस्य छन् । संस्थाको शेयर पुँजी ६७ लाख ४५ हजार २ स य पुगेको छ । संस्थाले ५ करोड ६२ लाख १६ हजार ४ सय २२ रुपैयाँ निक्षेप संकलन गरी ५ करोड ८८ लाख ९९ हजार ५ सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

संस्थाका अध्यक्ष सृजना शर्मा चुडालले महिला सशक्तीकरणमा विशेष प्राथमिकता दिदैँ कृषि तथा शैक्षिक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरेको बताउनुभयो ।

संस्थाका बालबचत, युवा तथा जेष्ठ सदस्य बचत पनि सञ्चालन गर्दै सबै उमेर समूहलार्इ समेट्दै सहकारीप्रति अाकर्षित गराउँदै अाएकाे छ ।

भट्टराई २०६२ देखि २०७० सम्म अध्यक्ष  हुनुभयाे भने हाल  सृजना शर्मा चुडाल अध्यक्ष हुनुहुन्छ ।

 

Share This: