कोहिनुर साकोस पर्साको ७ औं बार्षिक साधारण सभा सम्पन्न

देहाती । कोहिनुर बचत तथा ऋण सहकारी संस्था लि. बीरगंज पर्साको ७ औं बार्षिक साधारण सभा नेशनल मेडिकल कलेजको सभाहलमा एक समारोह बिच सम्पन्न भएको छ ।

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष श्रीमति मास्तकिमा खातुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी बिरगज महा नगरपालिका उपमेयर शान्ति कार्कीले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

बिशिष्टहरुमा नेशनल मेडिकल कलेजका चेयरमैन डा‍. जैनुदिन अंसारी , नेशनल मेडिकल कलेजका प्रबन्धक निर्दैशक शहनवाज अंसारी, नेशनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारी,पर्सा पुर्व सभासद एवम् एमालेका नेता राजकुमार गुप्ता, बारा जिल्लाका एमालेका नेता अच्युत मैनाली , एमालेका पर्सा जिल्ला संयोजक प्रभु हजरा, औषधी ब्यवसायी र समाजसेबि नसरुदिन अंसारी ,कर्पोरेट बैंकका सिईओ गेहनाथ ढुगाना , कर्पोरेट बैंकका भुपु सिईओ बिपिन पोख्रेल, सस्थाकी कोषाध्यक्ष श्रीमति साबना बानु, संस्थाका सचिव तथा प्रबन्धक असगर अलि अंसारी , संस्थाका कोषाध्यक्ष ताजुदिन अंसारी , संस्थाका सदस्य आबिद हुसैन, नेशनल मेडिकल कलेजका एकाडेमि डाईरेक्टर डा. सबिया यासमीन , अतिथिहरुमा बारा बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर , बारा जिल्ला बचत तथा ऋण सघका लेखा समिती संयोजक गोबिन्द पुडासैनी , जय गणेश बचत तथा ऋण सहकारी संस्था लिका प्रबन्ध निर्देशक शम्भु गुप्ता, शिवम् बचत तथा ऋण सहकारी संस्था लिका प्रबन्धक राजेन्द्र जैसवाल , जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगनारायण सिंह, लालि गुराँस बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हरेराम पटेल ,बिस्को का प्रबन्धक गोबिन्द श्रेष्ठ,स्वछ बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष पवन अग्रवाल , नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ फिल्ड कार्यालय बीरगंजका प्रबन्धक ब्रिजेश गुप्ता ,लेखापाल सन्दीप चौरसिया ,राष्ट्रिय सहकारी बैक बिरगंजका प्रबन्धक युराज त्रिपाठी, भगवती बचत तथा ऋण सहकारी संस्था लि. प्रतिनिधी रामनिवास देहाती रहेका थिए ।

स्वागत भाषण संस्थाका कोषाध्यक्ष ताजुदिन अंसारीले गर्नु भएको थियो भने संस्थाका सचिव तथा प्रबन्धक असगर अलि अंसारीले ६२ करोडको आय ब्यय प्रस्तुत गर्नु भएको थियो । मन्तवको क्रममा बिरगज महा नगरपालिका उपमेयर सुश्री शान्ति कार्कीले सहकारीको बिकाशमा आफु प्रतिबध रहेको बताईन् । नेशनल मेडिकल कलेजका चेयरमैन डा जैनुदिन अंसारीले शुरुमा आफु बिरगंज आउदा म एउटा राम्रो डाक्टर हुदाँ पनि बैकले मलाई ९ लाख रुपैया ऋण दिन पतियाएन भने सहकारी बाट हजारौ गरिबहरुलाई ऋण पाई रहेको छन बहाको भनाई थियो । कार्यक्रमको समापन कोहिनुर बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष श्रीमति मास्तकिमा खातुनले गर्नु भएको थियो कार्यक्रम संचालन कमला गिरीले गर्नु भएको थियो । सो कार्यक्रममा २ हजार शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Share This: