सहकारीको साहित्यिक प्रतियोगितामा उत्कृष्टलाई पुरस्कृत

काठमाडौ । सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले १०८ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

 

स्थाको शिक्षा उपसमितिले साहित्यीक तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कबिता, गजल, गीत र कथा बाचन प्रतियोगिता भएको थियो । प्रतियोगितामा उत्कृष्ट तीनवटालाई पुरस्कृत गरिएको थियो ।

 

पुरस्कृत हुनेहरुमा प्रथम पुरस्कार कमला खनाल, दोश्रो पुरस्कार प्रमिला पन्त र तेस्रो पुरस्कार लक्ष्मी आचार्यले पाउनुभएको थियो । साथै संस्थाले सस्थाकी ८९ बर्षीय जेष्ठ सदस्य मनकुमारी खतिवडालाई सम्मान समेत गरेको थियो ।

 

कार्यक्रममा सीमा पाण्डे पुरी, कमला खनाल, शशिकला पौडेल, प्रमिला पन्त, लक्ष्मी आचार्य, लक्ष्मी घिमिरे, अनुपमा सुवेदी, मन्दिरा शाक्य, मोहनप्रसाद घिमिरे, नारायण नेपाल, हेमा अधिकारी, शिवराम घिमिरे, निर्मला दाहाल, रीता दाहाल, माधवलाल श्रेष्ठ, मधुसूदन पाण्डेले आफ्नो रचना बाचन गर्नुभएको थियो ।

 

कार्यक्रममा शान्तिनगर उपोभोक्ता समितिका अध्यक्ष झमकनाथ पराजुली, पतन्जली योग काठमाडौं जिल्ला क्षेत्र दुइका माहामन्त्री हेमा अधिकारी, सामजसेवी माधवलाल श्रेष्ठ , प्रोफेसर नारायण नेपाल, शशिकला पौडेल ,शोभा खरेल, कपन बानेश्वर साप्ताहिकका प्रकासक सम्पादक निबन्ध आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षा उपसमितिका सयोजक गीतकार सुशीला पौडेलले संचालन गरेका थिए ।

 

यसैबीच सज्जन महिला सहकारीका सबै भन्दा जेष्ठ सदस्य ८९ वर्षीय मनकुमारी खतिवडालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि साहित्यकार मधुसुदन पाण्डेले सम्मान गर्नुभएको थियो । कार्यक्रममा नारायण नेपाल र मोहन घिमिरेको,निर्मला दाहाल ,रीता दाहाल ,माधवलाल श्रेष्ठ उपस्थिति रहेको ।

 

सज्जन महिला साकोस कि अध्यक्ष सिमा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले सबैले लेख्ने बानीको विकास गर्न आफ्नो पहिचान स्वरूप छोडेर जाने कृति नै रहेको बताउनुभयो ।

 

साकोसकी अध्यक्ष सिमा पुरीले आगामी दिनमा यस्ता साहित्यीक कार्यक्रमहरू निरन्तर राख्ने बताउनुभयो ।

 

 

 

 

Share This: