सितापाइला सहकारीको बृहत निःशुल्क शिविर सम्पन्न

काठमाडौं । हातेमालो युवा समूह नागार्जुन २, शुभेच्छा हस्पिटल र सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ६५० जनाले उपचार पाएका थिए ।

 

सितापाइला सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले शुभेच्छा अस्पतालका डाक्टर, नर्स तथा प्राविधिक तथा एम्बुलेन्स सेवा र विशेष गरि हातेमालो युवा समूहका पदाधिकारीहरु र युवा समूहका सम्पुर्ण स्वयमसेबकहरुलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका उप मेयर सुशीला अधिकारी र काठमाडौं नगरपालिका वडा नम्बर १६ वडाका अध्यक्ष मुकुन्द रिजालले शिबिरबाट जनताले राहत पाएको बताउनुभयो ।

Share This: