कर्मचारीहरुका लागि कर्जा व्यवस्थापन तालिम

तानसेन । चारतारे युवा क्लव सिवाईसी नेपाल मुख्य कार्यालयको आयोजना तथा शाखा कार्यालय तानसेनको संयोजनमा सोमवार देखि तानसेन पाल्पामा संस्थाका कर्मचारीहरुका लागि २ दिने कर्जा व्यवस्थापन तालिमको सरुवात भएको छ ।

 

संस्थाद्धारा सञ्चालीत लघुवित्त कार्यक्रममा हुने ऋण लगानी र असुलीका कार्यहरु नियमित, व्यवस्थित र प्रभावकारी ढंगवाट संचालनका लागि कर्मचारीहरुलाई दक्ष बनाउने अभिप्रायले आयोजना गरिएको तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले गरेका थिए ।

 

संस्थाका शाखा कार्यालय तम्घास, शान्तिपुर, तानसेन, रामपुर, पुर्तिघाट, छत्रगञ्ज र सिमलटारी अन्तर्गतका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारी, प्रवन्धक संगिता शर्मा पौडेल र सिनीयर आन्तरीक लेखापरीक्षण अधिकृत मुक्तिप्रसाद शर्माले सहजिकरण गर्ने संस्थाले जानकारी दिएको छ ।

 

२ दिनसम्म सञ्चालन हुने तालिममा ऋण व्यवस्थापनका मुख्य पक्षहरु, ऋण जोखिम ब्यबस्थापन, सदस्यको ऋण बिश्लेषण, सदुपयोगीता निरीक्षण र सत्यापन ऋण वर्गिकरण सम्बन्धी व्यवस्था र अभ्यास, ऋण सम्बन्धी अनुपात विश्लेषण, ऋण भाखा नाघ्नुको कारण, असर र समाधानका उपायहरु, ऋणीसँगको व्यवहार, भाखा नाघेको ऋण असुलीको कार्ययोजना तयारी, ऋण अभिलेख व्यवस्थापन लगाएतका विषयमा प्रशिक्षण हुने छ ।

Share This: