पनौती नगरपालिकाले बनायो सहकारी एेन

काठमाडौं । देश संघीय संरचनामा गएसँगै स्थानीय तहले आवश्यकता अनुसारका कानुनहरु बनाउन थालेका छन् । काभ्रेको पनौती नगरपालिकाले सहकारी एेन निर्माण गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को सहकार्यमा पनौती नगरपालिकाले सहकारी एेन २०७४ निर्माण गरेको हो ।

स्थानीय तहलाई सहकारीको कानुन निर्माणमा सघाउ पु¥याउनका लागि सहकारी विभागले समेत सहकारी संस्था दर्ता दिग्दर्शन (स्थानीय तह) २०७४ बनाएको छ । त्यसैको आधारमा रहेर देशैभरका स्थानीय तहले सहकारीको कानुन बनाउने तयारीमा जुटेका छन् ।

 

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले नेफ्स्कुनको सहकार्यमा पनौती नगरपालिकाले सहकारी विधेयक बनाएको हो । ‘बिभागले बनाएको नमूना सहकारी एेनकाे त्रुटीसमेत सम्बोधन हुनेगरी पनौती नगरपालिकाले विधेयक बनाएको छ’ उहाँले भन्नुभयो ।

 

देशभर ७ सय ५३ वटा स्थानीय तह छन् । सबै स्थानीय तहले सहकारीसम्बन्धी ऐन निर्माण गर्नुपर्ने हुन्छ । सहकारी विभागका अनुसार देशभर ३४ हजार भन्दा बढी सहकारी स्थापना भएका छन् । सबै जसो स्थानीय तहमा सहकारी रहेको बताइन्छ ।

 

नेफ्स्कुनका उपाध्यक्ष पौडेलले पनौतीको सहकारी एेन हेरेर अरु स्थानीय तहले पनि एेन बनाउन सक्ने बताउनुभयो ।  विधेयकमा दर्ता, सञ्चालन, संस्थाको कार्यक्षेत्र, जरिवाना लगायतका कुरा समेटिएको छ ।

यस्ताे छ पनाैती नगरपालिकाले बनाएकाे बिधेयक 

Share This: