केन्द्रीय दुग्ध सहकारी संघको अध्यक्षमा पुनः देवकोटा

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २४ औं वार्षिक साधारणसभा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ ।  साधारणसभाले नारायणप्रसाद देवकोटाको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति र युवराज पराजुलीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।

 

निर्वाचन समितिका संयोजक एवं राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सञ्चालक समितिमा १९ जना र लेखा समितिमा ३ जनाको मात्र उमेदवारी परेकाले सर्वसम्मत समिति चयन भएको जानकारी गराउनु भएको थियो ।सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा अम्मरबहादुर कुँवर, उपाध्यक्षमा रामेश्वर पोखरेल, महासचिवमा रामप्रसाद आचार्य, सचिवमा टिका बल्लभ सापकोटा र कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा चयन हुनु भएको छ ।   महिला सदस्यहरुमा गंगा बिसुराल र रञ्जना पौडेल तथा खुल्ला सदस्यमा टिकाप्रसाद ओझा, बालकृष्ण उप्रेती, गणेशप्रसाद बर्तौला र भगीरथ तिमल्सिना चयन हुनु भएको छ ।

 

यस्तै प्रदेशतर्फका सदस्यहरुमा १ नं. प्रदेशबाट नीरबहादुर प्रधान, २ बाट दिलबहादुर लामा, ३ बाट नारायणप्रसाद बडाल, ४ बाट गोपाल श्रेष्ठ, ५ बाट हरिप्रसाद काफ्ले, ६ बाट पंख बहादुर खड्का र ७ बाट भरत विष्ट सर्वसम्मत चयन हुनु भएको हो । लेखा समितिका सदस्यहरुमा धर्मराज अर्याल र हरिप्रसाद नेपाल चयन हुनु भएको छ ।   नवनिर्वाचित सञ्चलाक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक के.बी.उप्रेतीले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय सहकारी महासंघका सञ्चालक चन्द्र ढकाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, पशुपन्थी केन्द्रीय सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, निर्वाचन समितिका सदस्य तथा सहकारी बैंकका सञ्चालक रामहरि बजगाई लगायतले वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रममा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै अध्यक्ष नारायणप्रसाद देवकोटाले दुग्ध उत्पादक कृषकहरुलाई संगठित गर्दै सहकारी अभियान मार्फत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा प्रभावकारी काम गर्ने बताउनुभयो ।

 

निर्वाचन समितिका संयोजक के.बी.उप्रेतीको अध्यक्षतामा भएको घोषणासभाको सञ्चालन निर्वाचन समितिका सदस्य ध्रुवप्रसाद चौलागाईले गर्नु भएको थियो ।   आइतवारदेखि सुरु भएको साधारणसभामा देशभरका दुग्ध सहकारी संघ संस्थाका ६ सय जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

Share This: