क्रिस्टल बनाउने तालिम सम्पन्न

चितवन । ‘सीप सिकौं स्वरोजगार बनौ’ भन्ने मूल नाराका साथ प्रभात दिदीबहिनी साकोसको आयोजना कृष्टल गहना बनाउने तालिम सम्पन्न भएको छ । छ दिनसम्म सञ्चालन भएको तालिममा कमला सुवेदीले प्रशिक्षण दिनुभएको थियो । तालिममा २३ जनाको सहभागिता रहेको थियो । तालिम समापन गर्दै प्रदेश सभा सांसद रीना गुरुङले सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।


संस्थाकी अध्यक्ष शान्ति अधिकारी ढकालले सदस्यको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिम दिदैँ आएको बताउनुभयो ।

 

Share This: