विकास निर्माणमा जुट्दै सहकारी

तानसेन । सदस्यको जीवनस्तर उकास्दै आएका सहकारीले पछिल्लो सयममा विकास निर्माणमा पनि ध्यान दिन थालेका छन् । आफ्नो टोल वरीपरीको विकासमा सहकारीको ध्यान जान थालेको हो । पाल्पामा २ सय ९० सहकारी संस्था र ५ वटा सहकारी संघले विभिन्न कृयाकलाप गर्दै जिल्लाको विकास निर्माणमा जुटेको डिभिजन सहकारी कार्यालय पाल्पाले जनाएको छ ।

 

सहकारी संस्थाले पाल्पामा बार्षिक रुपमा ३ अर्व बराबरको कारोबार गर्दैै आएको छ । सहकारीहरुले जनता बाट २ अर्व २१ करोड ७ लाख ८४ हजार रुपैया बचत संकलन गरी २ अर्व ५१ करोड २७ लाख ५१ हजार लगानी गरेका छन् । सहकारीले शेयर रकम बापत ३० करोड १९ लाख ६७ हजार रुपैया संकलन गरेका छन । सहकारी संस्थाहरुले १५ करोड ३२ लाख ४६ हजार रुपैया जगेडा कोषमा राखेका छन् ।

 

पाल्पाका सहकारीहरुले ४ सय १० जना लाई प्रत्यक्ष रोजगारी दिएको छ जसमा अधिकाशं महिलाहरुको आर्य आर्जन र व्यत्तित्व विकासमा सहकारीको ठुलो योगदान रहेको छ । पाल्पामा दुग्ध सहकारी संस्था, बचत तथा ऋण सहकारी संहकारी संस्था, बहुउद्देश्यीय सहकारी संस्था, कृषि सहकारी संस्था, कफि सहकारी, संस्था, अदुवा सहकारी संस्था, मौरी सहकारी संस्था जस्ता सहकारी संस्था संचालन हुदै आएको डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्ण बहादुर बोहोराले जानकारी दिए । पाल्पामा सहकारीको कारण कृषि उत्पादन देखी बजारीकरण पशुपालनमा ठुलो योगदान रहेको छ ।

 

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले मात्र ५९ करोड करोड कारोवार गर्दै ४२ लाख रुपैया कर तिरेको छ । २०२४ साल असार २० गते प्रभात सहकारी संस्था बासटारी पाल्पामा शुरु भएको थियो भने अर्गलीमा २०२४ साल कार्तिक १० गते और्व सहकारी संस्थाले कारोवार शुरु गरेको थियो ।

Share This: