रसुवाका सहकारी स्थानीय तहलाई हस्तान्तरण

रसुवा । रसुवा जिल्लामा स्थापना भएका सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। जिल्लामारहेका ८३ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । डिभिजन सहकारी कार्यालय नुवाकोट रसुवास्थित सहकारीलाई स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

 

। जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले ती सहकारी स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले गाउँपालिका प्रमुख, उपप्रमुख र प्रशासनिक अधिकृतलाई सहकारी अभिलेख हस्तान्तरण गर्नुभएको हो ।

 

१३ सहकारी आमाछेदिङमो गाउँपालिकालाई, २८ वटा सहकारी गोसाईकुन्ड गाउँपालिका, १२वटा सहकारी नौकुण्ड गाउँपालिकालाई १६ वटा कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकालाई १४ वटा सहकारी हस्तान्तरण गरिएको र ३१ वटा सहकारी संस्था ३ नं प्रदेशलाई हस्तान्तरण गर्ने सहकारी डिभिजन सहकारी कार्यालय नुवाकोट रसुवाका प्रमुख शंकरराज पाठकले जानकारी दिनुभयो  ।

 

Share This: