सहकारीले उत्पादनशील क्षेत्रमा लगानी हुुनुु पर्नेमा जोड

पोखरा । कास्की जिल्लाका चार सय १८ सहकारी संघसंस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहका पदाधिकारी, प्रमुुख प्रशासकीय अधिकृत र सहकारी शाखाका अधिकृतलाई अभिमुुखीकरण समेत गरी सहकारीका अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

 

कास्कीमा ६ सय २९ सहकारी संघसंस्था छन् । तीमध्ये चार सय १८ सहकारी संघसंस्था प्रदेश नम्बर ४ का कृषि तथा सहरकारी मन्त्री लेखबहादुुर थापाले एक कार्यक्रमका बीच स्थानीय तहलाई हस्तान्तरण गरेका हुुन् । बाँकी दुई सय ११ सहकारी संघसंस्था प्रदेश सरकारलाई हस्तान्तरण गरिने सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव रघुुराम बिष्टले बताए ।

 

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराको आयोजामा भएको कार्यक्रममा बिष्टले सहकारी ऐनले व्यवस्था गरेअनुुसार सहरकारी नियमन गर्ने र दर्तासहित कामकाज गर्ने जिम्मेवारी स्थानीय तहको हुुने बताए । स्थानीय तहका अध्यक्ष र महानगरका मेयरलाई सहकारी तथा गरिबी निवारण मन्त्रलायले तयार पारेको सहकारीसम्बन्धी सप्टवेर, जिल्लाभरका संस्थागत तथ्यांकलगायत कास्की जिल्लामा दर्ता भएका सहकारी संस्थाको विवरण पुुस्तिका समेत हस्तान्तरण गरिएको थियो ।

 

सहकारी गाउँपालिका र महानगरपालिकामा प्रशासकीय अधिकृतले हेर्ने गरी जिम्मेवारी दिइएको छ । कार्यक्रममा २८ अर्बको दायित्व र सम्पत्ति हस्तान्तरण गरिएको हो । कार्यक्रममा कृषि तथा सहकारी मन्त्री लेखबहादुुर थापाले सहरकारीको लगानी उत्पादनशील क्षेत्रमा लगानी हुुनुु पर्नेमा जोड दिएका थिए ।

 

पोखरा महानगरपालिकाका मेयर मानबहादुुर जीसीले सहकारी संघसंस्थालाई रोजगारीका अवसर सिर्जना गर्ने गरी लगानी गर्न सुुझाएका थिए । कास्कीमा चार गाउँपालिका र एक महानगरपालिका छन् ।

 

Share This: