बैंकले आफ्नाे सेवाहरुलाई विविधिकरण गरेको छ

 रामबहादुर जिसी 

सञ्चालक–राष्ट्रिय सहकारी बैंक लिमिटेड

१ राष्ट्रिय सहकारी बैंकले देशव्यापी रुपमा कसरी सेवा दिइरहेको छ ?  

देशभरका सहकारी संघ संस्थाहरुलाई बित्तीय सेवासँगै सहकारी क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०६० साल असार २५ गते दर्ता भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले २०६१ साउने १९ गतेदेखि कारोबार सुरु गरेको हो । नेपाल सरकारको एक करोड शेयर पूँजि र २० जिल्लाका करिब ५ सय सहकारी संस्थाहरुको ५ करोड रुपैया जम्मा गरेर कारोबार सुरु गरेको बैंकले यतिबेला आप्mना सम्पूर्ण सेवाहरुलाई देशव्यापी बनाएको छ ।

 

देशभरिको सबै सहकारीहरुको एउटै बैंकको रुपमा स्थापित भई नेपालका सहकारीहरुको महत्वपूर्ण सहयोगीका रुपमा कार्य गर्दै आएको छ । आप्mना सदस्य सहकारी संघ÷संस्थाहरुलाई बैकिङ्ग सेवाका अतिरिक्त सहकारी अभियान मार्पmत गरीबी न्यूनिकरण तथा दीगो विकास लक्ष्य प्राप्तिको लागि समेत विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विश्व भरिका बित्तीय गतिविधि बुभ्mन र सहकारी क्षेत्रमा भएका अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरुलाई नेपालको सहकारी क्षेत्रमा भित्र्याउन विभिन्न अन्तर्राष्ट्रिय संघ÷संस्थाहरुसँग समेत आबद्धता लिएको छ ।

 

अन्तर्राष्ट्रिय स्तरका विविध कार्यक्रमहरुमा नेपालको सहकारी अभियानको तर्पmबाट उल्लेख्य सहभागिता गराउँदै आएको बैंकले आप्mना सदस्य सहकारी संघ÷संस्थाहरुलाई वचत संकलन, थोक कर्जा लगानी, विप्रेषण सेवा, वैदेशिक तालिममा सहभागिता, आइपिएस सेवा, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, बैंक ग्यारेण्टी, यूटिलिटी पेमेन्ट, काउन्सिलिङ सेवा लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

 

सहकारी संघ संस्थाहरुको प्रवद्र्धनसँगै जोखिम न्यूनिकरणमा समेत बैंक सहयोगी बनेको छ । सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई पैसाको अभाव भएर व्यवसायिक बनाउन सकिएन भन्ने अवस्था आउन नदिन बैकले निरन्तर रुपमा वित्तीय तथा अन्य क्षेत्रमा सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको छ ।

 

२ बैंकको सञ्जाल देशभर पुग्दै गर्दा कृषि क्षेत्रमा लगानीको प्राथमिकता के छ ?देशभर सञ्चालित सबै प्रकारका सहकारीहरुको प्रवद्र्धनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकले आफ्नाे सेवाहरुलाई विविधिकरण गरेको छ ।

 

सबै किसिमका सहकारीका लागि सेवा प्रदान गर्ने र सबै प्रकारका परियोजनालाई समेट्ने प्रयास स्वरुप फरक फरक प्रकारका कर्जाको व्यवस्था गरिएको छ । कृषि ऋणलाई सुरुदेखि नै प्राथमिकता दिँदै आएको छ । कृषि ऋण र कृषि परियोजनालाई प्राथमिकतामा राखी सरल र सुलभ रुपमा कर्जा लगानी प्रकृया एवं कृषिमा सहुलियतको समेत व्यवस्था गर्दै आएको छ । कृषि कर्जाको सीमा समेत फराकिलो बनाएको छ भने कृषि क्षेत्रको लगानी बढ्दो छ । लघु कर्जा अन्तर्गत पनि कृषि क्षेत्रमा नै बढी लगानी भएको छ । बैंकले बनाएको ५ वर्षे रणनीति अनुसार कुल कर्जाको ७० प्रतिशत कृषि, पशुपालन, पर्यटन, जलस्रोतमा लगानी गर्ने लक्ष्य लिएका छौ ।

 

मुलुक समृद्धिको अभियानमा छ, समृद्धिका लागि कृषिमा व्यवसायीकरण आवश्यक छ । कृषि परियोजना बनाउने सहकारीहरुलाई सहजताका साथ कर्जा लगानी गर्ने र कृषि क्षेत्रमार्फत समृद्ध नेपाल निर्माणका लागि बैंक निरन्तर लागि रहेको छ ।

 

३ शाखा विस्तारसँगै सहकारी बैंकको सेवालाई आधुनिक बनाउन कस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

 

सुरुमा २० जिल्लाका सहकारीहरुलाई सदस्य बनाएर कारोबार सुरु गरेको सहकारी बैंकले सञ्जाल विस्तार गरी ७७ वटै जिल्लामा पु¥याएको छ । यो अवधिमा बैंकले ४४ शाखा र एउटा मुख्य शाखा गरी ४५ स्थानबाट कारोबार गरिरहेको छ ।

 

शाखाहरु मार्फत धेरै भन्दा धेरै सहकारी संस्थाहरुलाई सदस्य बनाउने र ती सहकारीहरुमार्फत बढी भन्दा बढी जनताका बीचमा बैंकको सेवालाई पु¥याउनुका साथै देशको कुल ग्राहस्थ उत्पादनमा समेत वृद्धि गराउने लक्ष्यका साथ काम गरिरहेका छौ । बैंकको सेवालाई थप प्रभावकारी बनाउनका लागि बैंकले विभिन्न खाले योजना बनाउनुका साथै सरोकारवालाहरुसँग समन्वय गर्दै अगाडि बढिहेको छ । बैंकले सम्पूर्ण सहकारीहरुलाई दीगो बनाउने परिकल्पना र गुणस्तरीय वित्तीय सेवा प्रदान गरी सहकारीहरुको सक्षमता अभिबृद्धि गराउने ध्येयका साथ देशव्यापी रुपमा शाखा विस्तार गरी आफ्ना सदस्य संघ÷सँस्थाहरुलाई दिने सेवामा आधुनिकिकरण गर्दै आएको छ ।

 

सम्पूर्ण शाखा कार्यालयहरुलाई प्रविधिको प्रयोगबाट विद्युतीय रुपमा एकै सञ्जालमा जोडेर केन्द्रिकृत सूचना प्रणाली स्थापित गरेको छ । उच्चस्तरीय र नविनतम प्रविधिको प्रयोग गरी सम्पूर्ण सहकारीहरुसँग बैंकलाई जोडी बैंकसँगको कारोबारलाई सहज बनाउने सोंचका साथ सूचना प्रविधि विभाग गठन गरी आएपिएस, इन्टरनेट बैंकिङ, एबीबीएस लगायत सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सदस्य सूचना प्रणाली विकास गरी इन्टरनेटबाट खाता खोल्न सकिने, कर्जा आवेदन पेश गर्न सकिने तथा शाखालाई समेत आधुनिकीकरण गर्दै बैंकको आप्mनै पेमेण्ट प्लेटफर्म निर्माणको लागि समेत पहल गर्दैछौ ।

 

हाम्रो देशमा भएका प्रविधिसँगै अन्य देशहरुमा प्रयोगमा आएका राम्रा प्रविधिहरु समेत हाम्रो देशमा भित्र्याउने र नेपालको सहकारी अभियानलाई अन्तर्राष्ट्रिय रुपमा समेत पहिचान गराउने लक्ष्यका साथ बैंकले अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए), एशियाली ऋण महासंघ (अक्कु), नेडाक, आप्रका, सिक्ट्याव लगायतका सहकारीका अन्तर्राष्ट्रिय संगठनहरुको सदस्य बनेर काम गर्दै आइरहेको छ ।४ तपाई जिल्ला सहकारी संघ बाग्लुङको सल्लाहकार पनि हुनुहुन्छ, जिल्लामा सहकारीले सदस्यको जीवनस्तरमा के प्रभाव पारेको छ ?२०५० सालमा जिल्ला सहकारी संघ लिमिटेडको कर्मचारीका रुपमा सहकारी अभियानमा लागेर पछि त्यसको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो ।

 

यद्यपि त्यतिबेलाको संघले निरन्तरता पाउन सकेन । त्यतिबेलाको सञ्चालक समितिले संघलाई अगाडि बढाउन सकेन र लामो समय निष्क्रिय बस्यो । २०५८ सालमा रेश बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्षको रुपमा जिम्मेवारी पाएपछि संघलाई सक्रिय बनाउन पहल गरियो । तर त्यसलाई खारेज नै गर्नुपर्ने अवस्था आयो र २०६४ मा खारेज गरी २०६५ बैशाख १३ गते दोस्रो पटक दर्ता गरेर त्यसको उपाध्यक्ष र अध्यक्ष एक एक कार्यकाल सम्पन्न गरी सल्लाहकारका रुपमा यो दोस्रो कार्यकाल हो । बागलुङ जिल्ला सहकारीको हिसावले अग्रभागमै आउछ ।

 

बागलुङमा दर्ता भएका करिब ४ सय ७० मध्ये करिब ४ सय सहकारी संघ संस्थाहरुले विभिन्न किसिमले जनताको जीवनस्तरलाई माथि उठाउन मद्दत गरेका छन् । बागलुङका सहकारीमा करिब ८५ हजार शेयर सदस्य, २ अर्ब शेयर रकम, साढे ३ अर्ब निक्षेप, करिब ५ अर्ब कर्जा लगानी र कुल कारोबार १० अर्ब छ । ८ सय भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । बित्तीय क्षेत्र मात्रै होइन उत्पादनका क्षेत्रमा दुग्ध उत्पादक सहकारी संघ संस्थाहरुले २ हजार भन्दा बढी कृषकहरुलाई आवद्ध गर्दै दैनिक झण्डै ३ हजार ५ सय लिटर दूध बिक्री वितरण गर्ने गरेका छन् । दूध उत्पादन, प्रशोधन र बजारीकरणसँगै पशु बिमा र बचतलाई समेत यी सहकारीहरुले प्राथमिकता दिएर काम गरेका छन् ।

 

कृषि, जलविद्युत उत्पादन, सञ्चार, स्वास्थ्य क्षेत्रका सहकारीहरुले पनि जिल्लामा राम्रो काम गरेका छन् । १२ वटा भन्दा बढी कृषि फर्म, गाई भैसी, बाख्रापालनका लागि फर्म, ६ वटा सहकारीले विद्युत उत्पादन, १० वटा सञ्चार सहकारी मध्ये ५ वटा एफएम र २ वटा दैनिक पत्रिका, ४ वटा साप्ताहिक पत्रिका, एउटा सहकारीले अस्पताल, एउटा सहकारीले वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापनको गरेका छन् । सामान्य आर्थिक अवस्था भएका जनतालाई आयआर्जन गर्न, आम्दानी भएको पैसा बचत गर्न सिकाएर, उद्यम सिकाएर जनताको जीवनस्तरमा सहकारीहरुले धेरै परिवर्तन गराएका छन् ।

 

खर्च घटाउने उपाय सिकाएर, आम्दानी बढाउने सिप बढाएर सहकारी क्षेत्रले जनतालाई वित्तीय साक्षरतासँगै आयआर्जनमा अगाडि बढाएको छ । अझै यसलाई प्रभावकारी बनाउनका लागि सहकारी शिक्षा र सचेतना आवश्यक छ ।

 

 ५ आर्थिक विकासका लागि स्थानीय तह र सहकारीको सहकार्य कत्तिको संभव देख्नुहुन्छ ?

राज्यले तीन खम्बे अर्थनीतिका आधारमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको योजना अगाडि सारेको छ । देशको आर्थिक विकासका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग जरुरी छ, स्थानीय तह सञ्चालनका लागि पनि त्यो जरुरी छ । स्थानीय स्रोत र साधनको अधिकतम परिचालनका लागि सहकारी अत्यन्तै उपयुक्त र प्रभावकारी माध्यम हो, यसकारण सहकार्य जरुरी छ । मुलुक संघीय संरचनाका आधारमा सञ्चालन भैरहेको छ । जनतासँग प्रत्यक्ष काम गर्ने, उनीहरुका दैनिक समस्यादेखि जनताले गर्ने विभिन्न किसिमका कामका बारेमा स्थानीय तहको भूमिका अत्यन्तै प्रभावकारी हुन्छ ।

 

वर्तमान संरचना अनुसार सहकारीहरुको दर्ता, नियमनदेखि प्रवद्र्धनको जिम्मेवारी पनि स्थानीय सरकारको जिम्मा आएको छ । अब स्थानीय तहले सहकारीलाई प्रभावकारी बनाउन थप भूमिका खेल्नु पर्ने अवस्था छ । तर अझै पनि सहकारी भनेको वित्तीय कारोबार गर्ने र नाफा कमाउने संस्थाहरु हुन् भन्ने मानसिकता धेरैमा छ । सहकारीमा राम्रो भूमिका खेलेका, पदीय जिम्मेवारी लिएका धेरै सहकारीकर्मीहरु स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित पनि भएका छन् । राज्यको नीति, जनताको आवश्यकता, समयको माग र सहकारीको प्रभावकारिताका कारण पनि सहकारी र स्थानीय तहबीच सहकार्य हुन्छ र हुनुपर्छ ।

 

जनतालाई आयआर्जन गर्न सिकाउने, उद्यमशिल बनाउन सिकाउने, कर तिर्न योग्य नागरिक निर्माणका लागि उनीहरुसँग भएका श्रम, शीप र पूँजीलाई अधिकतम परिचालन आवश्यक छ, त्यसका लागि स्थानीय तहले सहकारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । जसले सहकारीसँगको सहकार्य राम्रो बनाउछ, त्यो स्थानीय तह प्रभावकारी बन्दै जान्छ  । सहकारी राज्यको भूमिकालाई प्रभावकारी बनाउने सहयोगी निकाय हो त्यसकारण पनि दुवैबीच सहकार्य गर्न जरुरी छ । यसका लागि सहकारी अभियानमा लाग्नेहरुले स्थानीय तहसँग अधिकतम सहकार्यका लागि योजना बनाउन आवश्यक छ ।

Share This: