मनकामना साकोस : एक्सेस र परिवर्तन

सूर्यप्रसाद रिमाल

प्रमुख व्यवस्थापक

परिचय : नेपालमा दिगो तथा गुणस्तरीय बचत तथा ऋण सहकारी संस्थाहरू बनाउने उद्देश्यले एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कुनले एक्सेस ब्रान्डिङ कार्यक्रम लागु गरेको हो । मनकामना साकोस आ.व. २०६८÷०६९ को उत्तरार्धबाट एक्सेस ब्रान्ड कार्यक्रममा प्रवेश गरी आ.व. २०७४÷०७५ को सुरुवातमा एक्सेस ब्रान्ड प्राप्त गर्न सफल भयो । यो कार्यक्रम संस्थाको वित्तीय तथा व्यवस्थापकीय क्षेत्रमा सकरात्मक सुधार गर्न सफल भएको छ । एक्सेस कार्यक्रमले संस्थामा ल्याएका सकारात्मक परिर्वतनलाई निम्नअनुसार उल्लेख गर्न चाहन्छु ।

नीति तथा कार्यविधिहरूका आधारमा योजनाबद्ध रूपमा संस्था सञ्चालन : संस्था सञ्चालनको प्रमुख आधार नै नीति, कार्यविधि तथा योजनाहरू हुन् । कुनै पनि संस्था व्यक्तिको नियतका आधारमा सञ्चालन नगरी सहकारी ऐन, मापदण्ड, सञ्चालक समितिद्वारा निर्माण गरिएका नीति, कार्यविधि तथा योजनाहरूको आधारमा सञ्चालन गर्नुपर्दछ । एक्सेसमा प्रवेश गरिसकेपछि संस्थाले प्रयोगमा ल्याइरहेका केही नीतिहरूलाई पूर्णता दिँदै आवश्यक थप नीतिहरू निर्माण गरेको छ । नीतिका साथसाथै विभिन्न कार्यविधि तथा निर्देशिकाहरू निर्माण गरी सो आधारमा संस्था सञ्चालन गरिएको छ ।

 

नीति कार्यान्वयनमा व्यवस्थापनको अनुभब तथा सल्लाह सुझावलाई समेत ध्यान दिई समयसापेक्ष रूपमा नीति तथा कार्यविधिहरूलाई परिमार्जन गर्दै लगिएको छ । नीति परिमार्जन गर्दा सदस्य सन्तुष्टि सर्वेक्षणबाट प्राप्त निष्कर्ष तथा सदस्यहरूका सल्लाह सुझावलाई समेत ध्यान दिने गरिएको छ ।मनकामना साकोसले सरोकारवालाहरूलाई समेत सहभागी गराई त्रिवर्षीय रणनीतिक योजना तयार गरेको छ र सोही त्रिवर्षीय रणनीतिक योजनाका आधारमा वार्षिक कार्ययोजना विकास गरेको छ ।

 

वार्षिक कार्ययोजनाका मुख्य सूचकांकहरूको प्रगतिहरूका बारेमा मासिक समीक्षा गर्ने गरिएको छ । साथै त्रिवर्षीय रणनीतिक योजनाको अर्धवार्षिक रूपमा समीक्षा गरी आवश्यक रणनीतिको विकास तथा संशोधन गर्ने गरिएको छ ।सञ्चालक समितिले नीति तथा योजना निर्माण गर्दा सञ्चालकहरूका बीचमा व्यापक छलफल गरी अपनत्व विकास गराउँदै सदस्य तथा कर्मचारीहरूका भावनालाई ठीक ढंगले सम्बोधन गर्नु जरुरी छ किनकि सञ्चालक समितिको मूल जिम्मेवारी नै संस्थाका लागि उपयुक्त नीति निर्माण गर्नु हो ।

 

भाखा नाघेको ऋणको जोखिम व्यवस्थापन : संस्थाले आयआर्जनका लागि ऋण लगानी गर्दछ, लगानी गरेको ऋणमध्ये नियमित रूपमा साँवा तथा ब्याज असुल हुन नसकेको ऋणलाई नै भाखा नाघेको ऋण भनिन्छ । भाखा नाघेको ऋणलाई ठीक ढंगले पहिचान गरी आवश्यक ऋण सुरक्षण व्यवस्था गर्नुपर्दछ । एक्सेसले सहकारी संस्थालाई सुरक्षित तथा दिगो बनाउनका लागि भाखा नाघेको ऋणको जोखिम व्यवस्थापनलाई सबैभन्दा बढी महत्त्व दिएको छ । संस्थाको ऋण व्यवस्थापन नीतिमा नै भाखा नाघेको ऋणको स्पष्ट परिभाषा गर्नुपर्दछ, त्यसपछि PEARLS  को अन्तर्राष्ट्रिय मान्यताअनुसार भाखा नाघेको ऋण लाई १ देखि ३० दिनसम्म भाखा नाघेको, ३० दिनदेखि १२ महिनासम्म भाखा नाघेको र १२ महिनाभन्दा बढी भाखा नाघेको ऋण छुट्याउनु पर्दछ ।

त्यसपछि PEARLS अनुसार १ देखि ३० दिनसम्म भाखा नाघेको ऋणका लागि कुनै सुरक्षण गर्नु पर्दैन तर १ देखि ३० दिनसम्म भाखा नाघेको ऋणको सम्पूर्ण साँवा रकमलाई भाखा नाघेको ऋणमा भने गणना गर्नुपर्दछ, ३० दिनदेखि १२ महिनासम्म भाखा नाघेको ऋणको जम्मा साँवा रकमको ३५ प्रतिशत ऋण सुरक्षण खर्च लेख्नुपर्दछ र १२ महिनाभन्दा बढी भाखा नाघेको ऋणको १०० प्रतिशत नै ऋण सुरक्षण व्यवस्था गर्नुपर्दछ ।

 

ऋण सुरक्षण व्यवस्थाले संस्थाको गैर नगद खर्चलाई वृद्धि गर्दछ, भाखा नाघेको ऋण धेरै भएमा ऋण सुरक्षणका लागि गरिएको खर्च व्यवस्था धेरै हुन गई संस्था घाटामा जाने गर्दछ । मनकामना साकोसले प्रत्येक महिना ीयबल ब्नष्लन च्भउयचततयार गरी सोही आधारमा भाखा नाघेका ऋणीको विवरण तयार गरी मासिक रूपमा ऋण सुरक्षण खर्चलाई समायोजन गर्ने गरेको छ । संस्थाको पहिलो कर्तव्य सदस्यहरूले विश्वास गरेर राखेको बचतलाई सुरक्षित गर्नु हो । सदस्यहरूको बचत रकमलाई नै संस्थाले ऋण लगानी गर्ने भएकाले गर्दा ऋणको उचित सुरक्षणबाट मात्र सदस्यको बचतलाई सुरक्षित गर्न सकिन्छ ।

व्यवस्थापन रिपोटिङ प्रणाली : संस्थाको नियमित तथा व्यवस्थित सञ्चालनका लागि दैनिक तथा नियमित रूपमा संलग्न रहने कर्मचारीहरूको समूहलाई नै व्यवस्थापन समूह भनिन्छ । संस्था के कसरी सञ्चालन भइरहेको छ, के कस्ता समस्याहरू आइरहेका छन्, के कस्ता कार्यहरू सम्पादन गरिँदै छ, संस्थाको वित्तीय अवस्था कस्तो रहेको छ, ऋण लगानी तथा असुलीको अवस्था कस्तो रहेको छ, बचत तथा ऋणका उत्पादनहरूको प्रयोगको अवस्था कस्तो रहेको छ ? लगायतका विषयमा व्यवस्थापनले सञ्चालक समितिलाई रिपोर्टमार्फत औपचारिक रूपमा जानकारी गराउनु पर्दछ ।मनकामना साकोसको व्यवस्थापनले मासिक रूपमा सञ्चालक समितिका प्रतिवेदन पेस गर्ने गरेको छ, जुन प्रतिवेदनमा वार्षिक कार्ययोजनाको मासिक प्रगति विवरण, अघिल्लो बैठकको निर्णयको कार्यान्वयनको अवस्था, सम्बन्धित महिनामा सम्पन्न भएका अन्य कार्यहरूको विवरण, सदस्यता वृद्धिको विवरण, विभिन्न शीर्षकमा गरिएको ऋण लगानीको विवरण, PEARLS REPORT, आय व्यय विवरण, वासलात,Loan aging Report सञ्चालक समिति र कर्मचारीहरूको ऋणको विवरण,  भाखा नाघेका ऋणीहरूको सूची, भाखा नाघेका ऋणीलाई गरिएको ऋण तागेताको विवरण, विभिन्न बचत उत्पादनहरूको प्रयोगको अवस्थासम्बन्धी विवरणलगायत अन्य आवश्यक प्रतिवेदनहरू समावेश गर्ने गरिएको छ । यसका साथै कर्मचारीहरूको नियमित बैठकमा ऋण विभाग, बचत विभाग, लेखा विभाग, जाँते सेवाकेन्द्र, शनिश्चरे सेवाकेन्द्र र बचत परिचालकहरूबाट प्रमुख व्यवस्थापकलाई प्रतिवेदन पेस गरी छलफल गर्ने गरिएको छ । व्यवस्थित रूपमा प्रतिवेदन तयार गरी छलफल गर्दा संस्थाका समग्र पक्षहरूका बारेमा जानकारी हासिल भई सबलता तथा कमजोरीको पहिचान गरी सही रणनीति अख्तियार गर्न सहयोग पुग्दछ ।

 

ऋण परामर्श र निरन्तर ताकेता : सदस्यलाई ऋण लगानी गर्नुभन्दा अगाडि नै ऋणसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्नुलाई नै ऋण परामर्श भनिन्छ । सामान्यतया ऋणको भाखा नाघिसकेपछि ऋण असुलीका लागि गरिने प्रयासलाई ऋण ताकेताका रूपमा बुझिन्छ । प्रभावकारी ऋण असुलीका लागि ऋण लगानी गर्नुभन्दा अगाडि सदस्यलाई प्रदान गरिने परामर्श, ऋण लगानी गरिसकेपछि नियमित रूपमा साँवा तथा ब्याज असुलीका लागि गरिने टेलिफोन तथा क्ःक् र समयमा साँवा तथा ब्याज असुल हुन नसकेमा गरिने ताकेता सबै महत्वपूर्ण छन् । एक्सेसको सबैभन्दा महत्त्बपूर्ण सूचकांक नै भाखा नाघेको ऋणलाई नियन्त्रण गरी पाँच प्रतिशतको सीमाभन्दा कम राख्नु हो, जुन अत्यन्तै चुनौतीपूर्ण छ ।मनकामना साकोसले सदस्यहरूलाई ऋण लगानी गर्दा पूरा गर्नुपर्ने प्रक्रिया तथा कागजातहरूमा विशेष ध्यान केन्द्रित गरेको छ ।

 

ऋण आवेदनलाई पूर्ण रूपमा भर्ने,  सदस्यहरूको आम्दानी तथा खर्चको स्वघोषणा गराउने, आम्दानी प्रमाणित गर्ने कागजातहरू जुटाउने, एकाघरपरिवारबाट अनिवार्य रूपमा साक्षी बस्न लगाउने, एकापरिवारका व्यक्तिको मात्र धितो स्वीकार गर्ने, धितो दिने व्यक्ति पनि संस्थाको सदस्य हुनुपर्ने, धितो मूल्यांकन गर्ने, धितोमा मात्र ऋण लगानी गर्ने, धितो दृष्टिबन्धक गर्ने, आवेदकको नगद प्रवाहको अवस्था विश्लेषण गरी सोअनुसारको किस्ता निर्धारण गर्ने, आवेदकको ५सी विश्लेषण गर्ने, ऋण लगानी रकमको ५ प्रतिशत सेयर र ५ प्रतिशत बचत पु¥याउने,  आवेदकको पूरानो ऋण कारोबारको विश्लेषण गर्ने, बचत नियमितताको बिश्लेषण गर्ने, किस्ताको रकम र मिति कण्ठस्थ गराउने, नियमित ऋण भुक्तानी गर्दा हुने फाइदा तथा छुट र अनियमित हुँदा हुने ब्याजदर वृद्धिका बारेमा प्रस्ट पार्ने, संस्थाको व्यवस्थापन वा ऋण उपसमिति वा सञ्चालक समितिबाट लगानीसम्बन्धी निर्णय गर्ने, आवश्यक जानकारीहरू समावेश गरिएको ऋण स्वीकृति पत्र प्रदान गर्ने, ऋण भुक्तानी तालिका प्रदान गर्ने गरिएको छ ।

यी सम्पूर्ण प्रक्रियाहरू केही झन्झटिला जस्तो भए तापनि ऋणको नियमित असुलीलाई सुनिश्चित गर्दै सदस्यहरूको बचतलाई सुरक्षित गर्न गरिएको हो । सदस्यलाई ऋण लगानी गरिसकेपछि सदस्यले किस्ता तिर्नुपर्ने दिनभन्दा एक हप्ता अगडि नै फोन गरी स्मरण गराउने गरिएको छ । पुनः किस्ता तिर्नुपर्ने दिन फोन गरी समयमै किस्ता भुक्तानी गर्न सचेत गराइन्छ र समयमा किस्ता भुक्तानी नहँुदा हुने बेफाइदाका बारेमा जानकारी गराउने गरिएको छ । त्यति गर्दा पनि किस्ता असुल नभएमा सेतो पत्र तयार गरी संस्थाको व्यवस्थापनबाट ऋणी सदस्यको घरआँगनमै पुगी सचेत गराइन्छ, साथै निरन्तर टेलिफोनमार्फत सम्पर्क कायम गरिन्छ । त्यसपछि पनि किस्ता नियमित नभएमा पुनः पहेँलो पत्र तयार गरी ऋणी सदस्यको घरआँगनमै पुगी सचेत गराइन्छ । साथै निरन्तर टेलिफोनमार्फत सम्पर्क कायम गरिन्छ । एक वर्षसम्म किस्ता असुली नभएका रातो पत्र प्रदान गरिन्छ । रातो पत्र प्रदान गरेपछि पनि तोकिएको समयमा असुली हुन नसकेमा सञ्चालक समितिको निर्णय गराई ऋण भुक्तानीसम्बन्धी ३५ दिने सूचना राष्ट्रियस्तरको पत्रिका प्रकाशित गरी ऋण असुलीको कानुनी प्रक्रिया अगाडि बढाइन्छ । सदस्यको धितो लिलामी गरी ऋण असुली गर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सदस्यहरूलाई मौखिक तथा लिखित रूपमा पटकपटक सचेत गराउने गरिएको हो । यी सबै प्रकारका ताकेताको संस्थाले व्यवस्थित अभिलेख राख्ने गरेको छ ।

प्रविधिको प्रयोग : प्रविधिले छिटो, छरितो र विश्वसनीय सेवा प्रदान गर्न सहयोग पु्याउँदछ

 

। वस्तु तथा सेवाको उत्पादन, वितरण र प्रवद्र्धनमा प्रविधिले महत्वपूर्ण सहयोग पु¥याएको छ । सहकारी संस्थाहरूमा पनि प्रविधिको प्रयोग गर्ने क्रम बढिरहेको छ । मनकामना साकोसले सदस्यहरूको बचत तथा ऋणको अभिलेखका लागि प्रयोग गरिएको हाते लेजर प्रणालीलाई पूर्ण रूपमा हटाई कम्प्युटराइज्ड प्रणाली प्रयोग गरेको छ । सदस्यका सम्पूर्ण अभिलेखहरू कम्प्युटर सफ्टवेयरमा व्यवस्थित गरिएको छ । सदस्यहरूलाई सम्पूर्ण कारोबारको कम्प्युटराइज्ड बिल प्रदान गर्ने गरिएको छ । सदस्यहरूको फोटो, मोबाइल नं., शिक्षा, पेसा, नागरिकता नं. (जारी मिति र जिल्ला), हकवाला, नमुना हस्ताक्षरलगायत विवरणहरू कम्प्युटर सफ्टवेयरमा राखिएको छ । सदस्यहरूको सम्पूर्ण कारोबार कम्प्युटर सफ्टवेयर मार्फत हुने भएकाले यसका लागि छुट्टै सर्भरको व्यवस्था गर्नुका साथै दैनिक रूपमा बाह्य हार्ड डिक्समा समेत कारोबारलाई सुरक्षित साथ राख्ने गरिएको छ । संस्थाको सम्पूर्ण कारोबार कम्प्युटाइज्ड प्रविधिबाट हुने भएकाले विद्युत्को निरन्तर आपूर्तिको प्रबन्ध गरिएको छ । संस्थाका पर्याप्त संख्यामा फोटोकपी मेसिन, स्क्यानर, प्रिन्टर, कम्प्युटर तथा इन्टरनेटको व्यवस्था गरिएको छ । मनकामना साकोसले कारोबारको सुरक्षाका लागि संस्थाका विभिन्न स्थानमा, कारोबार कक्षमा सिसी क्यामेरा जडाज गरेको छ । संस्थाको मुख्य कार्यालयसहित जाँते र शनिश्चरे सेवाकेन्द्रको समेत काउन्टर तथा सेफको बिमा गरिएको छ ।संस्थाको आन्तरिक सञ्चारमा प्रभावकारिताका लागि टेलिफोन इन्टरकम गरिएको छ । साथै एक लाइन टेलिफोन थप गरिएको छ । साथै संस्थाले मोबाइल बैंकिङ सेवा सञ्चालन गरेको छ, जसमार्फत २४सै घन्टा आफ्नो कारोबारबारे बुझ्न, रकम ट्रान्स्फर गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको बिल भुक्तानी गर्न सकिन्छ । साथै संस्थाले न्चयगउ क्ःक् क्थकतझ को प्रयोग गरी सदस्यहरूलाई विभिन्न सूचना प्रदान गर्ने गरेको छ ।सदस्यस“गको दिगो सम्बन्ध ः सदस्यहरू नै संस्थाका मालिक हुन् । सदस्यसँग दिगो सम्बन्ध स्थापित गरेर मात्रै संस्थालाई दिगो रूपमा स्थापित गर्न सकिन्छ । संस्थाका सञ्चालक, कर्मचारी सबैले सदस्यहरूप्रति जिम्मेवार भूमिका निर्वाह गर्नुपर्दछ । सदस्यहरूलाई सरल तथा प्रभावकारी रूपमा सेवा प्रदान गर्न संस्थाले सेवा केन्द्र तथा संकलन केन्द्रहरू स्थापना गरेको छ । ३६५ दिन नै कारोबार सञ्चालन गरी सदस्यहरूलाई वित्तीय कारोबार गर्न सजिलो बनाएको छ । संस्थाको कार्यालय व्यवस्थापन गर्दा सदस्यहरूलाई महत्व दिई पर्याप्त स्थान छुट्याइएको छ । सदस्यलाई कारोबार गर्न सहज हुने गरी कार्यालय व्यवस्थापन गरिएको छ । सञ्चालक समितिको प्रत्येक बैठकमा सदस्यका सुझावहरूको सुनुवाइ गरी आवश्यक पृष्ठपोषण प्रदान गर्ने गरिएको छ । प्रत्येक वर्ष सदस्य सन्तुष्टि सर्वेक्षण गरी संस्थाका वस्तु तथा सेवाप्रतिको सदस्यहरूको धारणा संकलन गर्ने गरिएको छ । सदस्यहरूका लागि अभिमुखीकरण, सहकारी शिक्षा निरन्तर रूपमा प्रदान गरिएको छ ।कर्मचारीमा जिम्मेवारी बोध ः संस्थाको कारोबार सञ्चालन तथा संस्थागत लक्ष्यको प्राप्तिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण रहेको हुन्छ । संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीहरूलाई सो लक्ष्यप्रतिको जिम्मेवारी बोध हुनुपर्दछ । एक्सेस कार्यक्रमले संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीहरूमा जिम्मेवारी बोध गराएको छ । कर्मचारीहरूलाई कार्यविवरण तथा प्रमुख कार्यसम्पादन सूचकांक प्रदान गरी उनीहरूको कार्यसम्पादनको नियमित मूल्यांकन गर्ने गरिएको छ । कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट कर्मचारी छनोट गरी पुरस्कृत गर्ने गरिएको छ । 

Share This: