सहकारी बै‌ंकले भाेलि बृहत अन्तर्क्रिया गर्ने

काठमाडौं, १८ साउन ।  राष्ट्रिय सहकारी बैंकले  कारोबार सुरु गरेको दिन (भोलि भदौ १९गते) स्थापना दिवस मनाउन लागेको छ । स्थापना दिवसको अवसर पारेर बैंकले बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ ।  काराेबार सुभारम्भ गरेकाे अवसरमा शनिबार बिहान आठ बजे होटल एल्लो पेगोडा जमलमा ‘स्थानीय सरकार र सहकारी : प्रवद्र्धन/अनुगमन/विकासमा साझेदार स्थानीय सरकार र सहकारी : प्रवद्र्धन/अनुगमन/विकासमा साझेदारी’ विषयक गोष्ठी कार्यक्रम गर्ने भएको छ ।

करिव ३०० जनाको सहभागितामा बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ । सो अवसरमा  सहकारी संघ/संस्था सञ्चालन सम्बन्धी विश्वव्यापी नवप्रवर्तन, नविनतम प्रविधि, अवसर, चुनौती र विभिन्न सरोकारवाला निकायहरुको भूमिका समेटिएको समयसापेक्ष कार्यपत्रहरु प्रस्तुत हुने छन् ।

 गोष्ठीको उद्घाटन संघीय तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गर्नुहुने तय भएको बैंकले जानकारी दिएको छ । राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केवी उप्रेतीले सामाजिक–आर्थिक रुपान्तरणका सहकारीले रचनात्मक काम गरेको बताउनुहुन्छ । ‘देशभर छरिएर रहेको पूँजी, सीप र साधनलाई सहकारीमार्फत उत्पादनशील क्षेत्रमा लगानउन सक्नुपर्छ’ उहाँले भन्नुभयो ।

बैंकको स्थापना २०६० साल असार २५ गते भएको थियो तर बैंकले कारोबार सुरु गरेको साउन १९ गतेलाई स्थापना दिवसका रुपमा मनाउन थालेको छ । बैंकले ७७ जिल्लाका १० हजार सहकारी संघ/संस्थाहरुलाई सदस्य बनाएको छ । ती संघसंस्थामा करीब ३५ लाख आबद्व भएको बैंकले जनाएको छ । बैँकले केन्द्रीय कार्यालयसहित ४४ शाखा कार्यालयबाट बैंकिङ सेवा दिइरहेको छ ।

प्रवन्ध सञ्चालक उप्रेतीले गपरबी निवारणमा प्राथमिकताका साथ देश भरिका आफ्ना सदस्य सहकारी संघ/संस्थामार्फत लगानी गर्दै आएको जानकारी दिनुभयो।

Share This: