सहकारी मन्त्रीमा पद्‍मा अर्याल नियुक्त

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल नियुक्त हुनुभएको छ । स्याङ्जा क्षेत्र न २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकी अर्याल शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएकी अर्याल उक्त मन्त्रालयमा उपेन्द्र यादव नियुक्त भएसँगै भूमिका विहिन हुनुुभएको थियो ।

नेकपा केन्द्रीय सदस्य समेत रहेका अर्यालयसँगै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव नियुक्त भएका हुन् ।

Share This: