सहकारीको रकम अपचलन गर्ने पक्राउ

विराटनगर । प्राइम सहकारी पचत तथा ऋण सहकारी लिमिटेडको ठूलो परिमाणमा रकम अपलचन गरी फरार भएका संस्थाका मुख्य व्यवस्थापक तथा सचिव इश्वर श्रेष्ठ पक्राउ परेका छन् ।

लामो समयदेखि फरार श्रेष्ठलाई प्रहरीले आइतबार पोखराबाट पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी निसान थापाले भने,‘मोरङबाट खटिएको प्रहरीको विशेष टोलीले श्रेष्ठ विराटनगर– १ बुद्धचौक निवासी हुन । १ सय ३८ जना वचतकर्ताको आइतबारसम्म जाहेरी दिएको जिप्रका मोरङले जनाएको छ । वचतकर्ताले २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै आएका छन् ।

उनले सहकारीबाट अपचलन गरेको रकम पोखराको जुस फ्याक्ट्री र विराटनगरमा थुक्पा उद्योगमा लगानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वचत रकम गर्ने ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी परेको छ । ७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूँजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड रहेको डिभिजन सहकारीमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

Share This: