तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न जोड

काठमाडौं । नेफस्कून तालिम तथा स्रोत केन्द्र चावहिलको आयोजनामा सहकारीका कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि नगद परिचालकको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा २५ वटा सहकारीहरुबाट २८ जना महिला र ०३ जना पुरुष सहित ३१ जनाको सहभागिता रहेको थियो । साकोसका नगद परिचालकको भूमिका, टेलरमा हुनुपर्ने गुणहरु, दैनिकि शुरुवात, भल्ट बुक पचिालन जस्ता विभिन्न विषय वस्तुलाई व्यवहारिक तरिकाले सहजकर्ता तथा नेफ्स्कून तालिम केन्द्रका प्राचार्य सञ्जय राज तिमल्सिनाले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापनमा संघका महासचिव चन्द्र प्रसाद ढकालले बोल्दै सहकारी सस्ंथाको साख बढाउन र सहाकारी अभियानलाई माथि उकास्न नगद परिचालकको निकै नै भूमिका रहको कुरा व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेफ्स्कून अध्यक्ष डीवी बस्नेतले प्रमाण पत्र वितरण पश्चात कार्यक्रमको आयोजना बारे प्रष्ट पार्नुभएको थियो भने तालिमबाट सिकेका कुरा व्यवहारमा जिम्मेवार पूर्वक लागू गरी प्रभावकारी ढगंमा कार्यसम्पादन गर्न आग्रह गर्नु भएको थियो ।

उक्त समापन समारोह कार्यक्रम सञ्चालन तथा तालिमको व्यवस्थापन सहायक अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।

Share This: