अष्ट्रेलियामा सहकारीलार्इ पूर्णरुपमा कर छुट रहेछ : मल्ल

अष्ट्रेलिया । अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले हन्टर स्ट्रिट स्थित CAPRICORN SOCIETY र Business Council of Co-operatives and Mutuals (BCCM) पदाधिकारीसँग अन्तरक्रिया गर्नुभएको छ ।

सो अवसरमा दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य ओमदेवी मल्लले अष्ट्रेलियामा कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान ८ प्रतिशत पुगेको जानकारी दिनुभयो । ‘अष्ट्रेलियामा सरकारले सहकारीलाई पूर्णरुपमा कर छुट दिएको रहेछ’ उहाँले भन्नुभयो,‘सहकारीप्रति सरकारको सहयोगी र सकारात्मक भूमिका रहेछ ।’

BCCM मा १५ वटा विभिन्न बिषयगत सहकारीहरु आब्द्द रही सरकारसँग समन्वय गर्ने, शिक्षा र तालिम उपलब्ध गराउने र समग्र सहकारीको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका गर्दै आएको ग्लोबल सदस्य मल्लले जानकारी दिनुभयो ।

अस्ट्रेलियामा सबैभन्दा अग्रस्थानमा कृषि सहकारी रहेको उहाँको भनाई छ । सरकारले सहकारी क्षेत्रको प्रबर्धनको लागी १४ मिलियन डलर बजेट विनियोजन गर्ने र उक्त बजेट शिक्षा, तालिम र प्रबिधिको लागि खर्चे हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अष्ट्रेलियामा १८९५ देखि सहकारी सुरु भएको थियो । सहकारीबाट उत्पादन भएका उत्पादनहरु बिभिन्न देशहरुमा निर्यात हुदैँ आएका छन् ।

अन्तराष्ट्रिय सहकारी मासंघको ग्लोबल सदस्य मल्लले नेपाल र अस्ट्रेलिया सहकारीबीच मैत्रीपूर्ण सम्बन्ध बिस्तार गरी दुई देशको सहकारीका अनुभव प्रदान गर्न अष्ट्रेलिया इच्छुक भएको बताउनुभयो ।

Share This: