मिलिजुली साकोसले पायो एक तह माथिको सिल्भर ब्राण्ड

दोलखा । मिलिजुली वचत तथा ऋण सहकारी संस्था लि। आफ्ना शेयर सदस्यहरुलाई अनवरत रुपमा प्रविधियुक्त सेवा सुविधा दिदै आएको छ । एशियाली ऋण महासंघले प्रदान गर्ने एक्सेस ब्रान्डमा अघिल्लो वर्षको तुलनामा माथि उक्लेकाे छ।

साकोसले वित्तीय परिवेस, सदस्य परिवेस, आन्तरीक व्यवसायीक परिवेस र सिकाई तथा बृद्धिको परिवेसका विभिन्न सुचकांकलाई पुरा गरी सन् २०१८ को परिक्षण बाट सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियाे ।

गत वर्ष सन् २०१७ मा संस्थाले एक्सेस कार्यक्रम अन्तर्गत ब्रोन्ज ब्राण्ड प्राप्त गरेको थियो । सन् २०१८ को परिक्षणमा संस्थाले सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको छ । यस कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरुको यशियाको छाता संगठन अकु बाट सन्चालीत हो । यस कार्यक्रमको अन्तीम परीक्षण गर्ने कार्य उक्त छाता संगठन बाट हुन्छ ।

२०६८ साल बैशाख ८ गते बाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कुन मा एक्सेस कार्यक्रमको लिखित सम्झौता गरी वित्तीय परीवेश १३ सुचकांकको ५२ अंक, सदस्य परिवेषको २७ सुचकांकको १०८ अंक, आन्तरीक व्यवसायिक परिवेशको २६ सुचकांकको १०४ अंक, सिकाई र बृद्धिको परिवेस को २० सुचकांकको ८० अंक गरी जम्मा ८६ सुचकांकको ३४४ अंक मा संस्थाले अथक मेहनत गरी सुचकांकको मापदण्ड अनुसार संस्थाको सुधार गर्दै आएको छ ।

यस बाट संस्थाले उक्त कार्यक्रम अन्तर्गतका विभिन्न सुचकांकहरु सुधार गर्दै आएको देखिन्छ । यस कार्यक्रम अन्तर्गतको वित्तीय परीवेशले संस्थाको वित्तीय स्वस्थता कस्तो छ भन्ने परीक्षण गर्दछ । सदस्य परिवेश अन्तर्गतका सुचकांकले ऐन कानुनलाई पालना गर्दै सदस्य सेवा छिटो छरीतो छ वा छैन भन्ने कुरा मापन गर्दछ । आन्तरीक व्यवसायिक परिवेसले संस्था भित्र व्यवसायिकता छ वा छैन भन्ने कुराको मुल्यांकन गर्दछ । सिकाई र बृद्धिको परिवेसले संस्थाको मानव संशाधन मा सिकाई र बृद्धिको अवस्था कस्तो छ भनी परिक्षण गर्दछ ।

यस कार्यक्रम अन्तर्गत संस्थाको भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम र संस्थागत पुजी ५ प्रतिशत भन्दा वढी भएको र कुल अंक २०७ देखी २४१ सम्म आएमा ब्रोन्ज ब्राण्ड, भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम र संस्थागत पूँजी ८ प्रतिशत भन्दा वढी भई कुल अंक २४२ देखी २७५ सम्म आएमा सिल्भर, भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम र संस्थागत पूँजी १० प्रतिशत भई कुल अंक २७६ देखि ३१० सम्म आएमा गोल्ड, भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा धेरै कम र संस्थागत पूँजी १० प्रतिशत भन्दा धेरै माथि भई कुल अंक ३११ कटाएमा प्लेटिनियम ब्राण्ड प्राप्त हुन्छ ।

 

Share This: