नव कर्मचारी परिचयात्मक कार्यक्रम सम्पन्न 

ललितपुर ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडको भाद्र १३ गते कर्पोरेट कार्यालय कुपन्डोल ललितपुरमा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ | परिचयात्मक कार्यक्रममा बैंकका उच्च ब्यबस्थापनका कर्मचारी सहित बैंकका सम्पूर्ण विभाग, मुख्य शाखा र कर्पोरेट कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो |
उक्त परिचयात्मक कार्यक्रममा बैंकका उच्च ब्यबस्थापनका कर्मचारीहरुले आ-आफ्नो विभागका कर्मचारिहरुको Job Description तयार गर्नुपर्ने तथा चालु आर्थिक बर्षको लागि प्रस्तावित योजना तथा बजेट कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन र समूहमा मिलेर काम गर्नुपर्ने कुरामा केन्द्रीत भै उच्च व्यवस्थापनका कर्मचारी तथा नव कर्मचारीहरु विच छलफल भयो |

Share This: