ऋण परामर्श तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) तालिम केन्द्रको आयोजनामा चावहिलमा एक दिवसीय ऋण परामर्श तालिम सम्पन्न भएको छ ।

तालिममा २६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ साकोसकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण बरिष्ट तालिम अधिकृत बल्लभ तिमल्सिनाले र तालिमको व्यवस्थापन सहायक तालिम अधिकृत विदुर खड्काले गर्नुभएको थियो ।

तालिम समापन समारोहमा संघका सञ्चालक सदस्य दिपक पनेरु र कास्कुनका अध्यक्ष केशव दंगालको उपस्थिति रहेको थियो । तालिमका सहभागीहरुलाई संघका सञ्चालक पनेरुले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Share This: