एटिएम सेवा सञ्चालन गर्दै नेचुरल सहकारी

काठमाडौं । जोरपाटीस्थित नेचुरल बचत तथा ऋण सहकारीले सदस्यहरुलाई एटिएम सेवा दिने भएको छ । संस्थाको १० औं वार्षिक साधारणसभाको अबसरमा संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकले संस्थाको आर्थिक वर्ष ०७४र०७५ को प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सदस्यलाई एटिएम सुविधा दिन लागेको घोषणा गर्नुभएको थियो। उहाँले नेचुरल स्मार्ट मोवाइल एप्स् तथा एसएमएस बैंकिङ सेवा र ब्रान्चलेस बैंकिङ सेवा सञ्चालन गरिसकेको समेत जानकारी दिनुभयो ।

 

प्रमुख कार्यकारी सञ्चालक पाठकले संस्थाले गत आर्थिक वर्षमा ५ करोड ३३ लाख ९९ हजार १ सय रुपैंया शेयर पूँजी तथा ६२ करोड २५ लाख ९६ हजार ६ सय ५५ रुपैंया बचत संकलन गरेको जानकारी दिनुभयो । यसै अर्थिक वर्षमा संस्थाले ६९ करोड ५६ लाख ९२ हजार २ सय ९८ रुपैंया ऋण लगानी गरी ५ करोड ७४ लाख ७८ हजार १ सय ३७ रुपैंया खुद आम्दानी तथा ८९ करोड ८ लाख ९६ हजार ४ सय ३८ रुपैंया कुल कारोवार गरेको छ ।

 

सभामा प्रतिवेदन प्रस्तुत गर्दै पाठकले विगतमा संस्थाले रक्तदान, स्वास्थ्य शिविर, अपाङ्ग बालवालिकाका लागि शैक्षिक सामाग्री र खाद्ययान्न वितरण गरिरहेको बताए । त्यसैगरी संस्थाले १० औं वार्षिक साधारण सभामा सदस्यहरुको निशुल्क दन्त परीक्षण गराएको थियो ।

 

संस्थाकी अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा तथा प्रदेश नम्वर ३ का सांसद कृष्ण राईको प्रमुख आतित्थ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सम्मानित उत्कृष्ट कर्मचारी, उत्कृष्ट नियमित कारोबारकर्ता, उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Share This: