कृषि सहकारी संघमा नयाँ नेतृत्व

भक्तपुर ।  जिल्ला कृषि सहकारी संघ लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ ।  सनिश लागेजू अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।  संघको छैटौं वार्षिक साधारणसभाबाट लागेजू निर्विरोध निर्वाचित निर्वाचित हुुनुभएको हो ।

संघको उपाध्यक्षमा राममणि न्यौपाने, सचिवमा प्रचण्डप्रकाश प्रधान र कोषाध्यक्षमा विन्द्रा लायभा निर्वाचित भए । कोषाध्यक्ष नायभा निर्विरोध हुँदा उपाध्यक्षमा राममणि र सचिव प्रचण्डप्रकाश मतदानमार्फत निर्वाचित हुनुभएको हो । त्यस्तै सदस्यहरुमा कुलबहादुर न्हेमाफुकी, लालबहादुर पराजुली, रोहित गोर्खाली, अशोक अवाल र अम्बिका बस्नेत निर्वाचित भएका हुन् ।

त्यस्तै संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुनिता दुवाल र सदस्यद्वयमा अरुण श्रेष्ठ र रमिला कोजू सर्वसम्मत निर्वाचित हुनुभको छ। संघका नवनिर्वाचित अध्यक्ष लागेजूले सहकारीमार्फत भक्तपुरलाई कृषि क्षेत्रमा अग्रणी बनाउने बताए ।

कृषि उत्पादनमा भक्तपुरको गौरव र परिचयलाई थप उँचो बनाउन संघ लागिपर्ने उहाँको भनाइ थियो ।

साधारणसभा उद्घाटन गर्दै सहकारीकर्मी कैलाशभक्त प्रधानाङले परिवर्तन व्यक्ति र संघबाटै सुरु हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारी अभियानले मात्रै गरिबी निवारण गर्ने बताउँदै गरिबी निवारण कोष स्थापना गर्न दस हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो ।

 

Share This: