तीजलाई भड्किलो नबनाउन सहकारीकर्मीको आग्रह

काठमाडौं । तिजलाई भड्किलो नबनाउन सहकारीकर्मीहरुले आग्रह गरेका छन् । काठमाडौं जिल्ला बचत तथा ऋण (कास्कुन)लले राजधानीमा आयोजना गरेको तीज कार्यक्रममा सहकारीकर्मीले तीजलाई भड्किलो बनाउन नहुुने बताएका थिए।

 

महिलाहरुको महान चाड हरितालिका(तीज)को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमका सहभागीहरुले धेरै दिनअघिदेखि दर खानले प्रथा भित्रिएकोमा दुःख व्यक्त गरे । चाडलाइ भड्किलोरुपमा भन्दा पनि सहकारीको सिधान्त सहित सहकार्य र सहज वातावणमा मनाउन उनीहरुले आग्रह गरे ।

कास्कनुका सञ्चालक एवम् महिला उपसिमितका संयोजक रमिला श्रेष्ठ शाक्यको अध्यक्षता एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का उपाध्यक्ष पार्वती खाँडको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । तीजकाे संस्कार हटाउन अावश्यक भएकाे उहाँकाे भनार्इ थियाे ।

 

कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघका सञ्चालक अमरावत्ती वलामी महर्जन, लेखा संयोजक कमलराज अधिकारी मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तीजको शुभकामना आदानप्रदान समेत गरिएको उक्त कार्यक्रममा संघ अन्र्तगत महिला उपसमितिका सदस्य गिता रेग्मीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासं‌घ र राष्ट्रिय सहकारी बै‌कका  प्रतिनिधिकाे उपस्थिति रहेकाे छ ।

Share This: