हजुरको त्रिवेणी सहकारीमा नयाँ नेतृत्व

काठमाडौं । हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभाले आगामी ४ बर्षे कार्यकालका लागि सनोज भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

 

संस्थाको उपाध्यक्षमा बिनोद ढकाल, सचिवमा निरन्जन ढुंगाना, कोषध्यक्षमा साधुराम घिमिरे निर्वाचित हुनुभएको छ।

 

संस्थाको सदस्यमा जानुका कालिका पुडासैनी, शोभा डोटेल, शंकर पुडासैनी, श्रीराम कालिका, कुमार बिक्रम थापामा निर्वाचित हुनुभएको छ ।

 

संस्थाको लेखा सपरीवेक्षण समितिको संयोजकमा शंकर पौडेल निर्वाचित हुनुभएको छ । लेखा सुपरीवेक्षण समितिको सदस्यमा सिरु पुडासैनी र नारायण हुमागाई निर्वाचित हुनुभएको छ ।

 

संस्थो ऋण उप समिति संयोजकमा श्रीराम कालिका, सदस्यमाप्रचण्ड कुमार पुडासैनी र अर्जुन ढुंगाना निर्वाचित हुनुभएको छ । त्यस्तै शिक्षा उपसमितिको संयोजकमा श्रीधर पुडासैनी निर्वाचित हुनुभर्एको छ भने सदस्यमा कैलाश पुडासैनी र सञ्जय पौडेल निर्वाचित हुनुभएको छ ।

संस्थाले सल्लाहकारमा मेदिनी प्रसाद ढकाल र कानुनी सल्लाहकार प्रदीप कुईकेललाई छनोट गरेको छ ।

Share This: