जनउत्थानको साधारणसभा सम्पन्न

कोटिहावा । ३१ जनाले सय सय रुपैया उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । दर्ता गरी दर्ता भएको १३ वर्षमा करिब १२००० सदस्यहरुबाट १ अरब ७ करोड पुजी संकलन गर्दै जनउत्थान बचत तथा ऋण सहकारीको १३ औ वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा ७ वटा क्षेत्रबाट १२००० शेयर सदस्यहरुबाट निर्वाचित भएर आएका १०७३ जना साधारण सभा प्रतिनीधिहरुको सहभागिता, संस्थाको अध्यक्ष ज्ञानु पौडयालको अध्यक्षता र संस्थाको शेयर सदस्य तथा जिल्ला निर्वाचन कार्यालय प्रमुख अयोध्या प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष गिरी प्रसाद पुनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन व्यवस्थापक रनबहादुर थापाले गर्नु भएको थियो।

सभाले गत आर्थिक वर्ष २०७४/७५ को ४ करोड ३८ लाख २८ हजार नौ सय ९९ रुपैयाँ कारोबारको आय व्यय विवरण सर्वसम्मत पारित गरेको छ । संस्थाले सामाजिक कृयाकलापमा ६ लाख ६८ हजार दुई सय ६१ रुर्पयाँ खर्च गरेको छ । त्यस्तै सदस्यहरुको सहकारी शिक्षामा मात्रै २५ लाख ५४ हजार नौं सय ३१ रुपैयाँ खर्च गरेको छ ।

कोषाध्यक्ष सरु रानाले प्रस्तुत गरेको चालु आव २०७५र७६ को १ अर्ब २३करोड २५ लाख ८९ हजार ७९ रुपैयाँको को वासलात हुने गरी अनुमानित आय व्यय र लेखा समितिले प्रस्तुत गरेको गत वर्षको आर्थिक कारोबारको समिक्षात्मक प्रतिवेदन लगायत विभिन्न उपसमिति संयोजकहरुले प्रस्तुत गरेको प्रतिवेदन पनि र्सवसम्मत पारित गरेको छ ।

यस वर्षपनि संस्थाले विविध सामाजिक कृयाकलापहरु गर्न ६।५ लाख रुपैया र सहकारी शिक्षाको लागि रु।३३,३५,०००।( अनुमानित बजेट विनियोजन गरेको छ ।

साधारण सभाले नीलप्रसाद पुनको संयोजक्त्वमा ३ सदस्यीय लेखा समितिको चयन पनि गरेको छ । सदस्यहरुमा विष्णुमाया शाही र अनिता भारती निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी भण्डारीले सहकारीहरुले आर्थिक अनुशासन, पारदर्शिता पालना नगर्दा थुप्रै सहकारीहरुको मुद्धा चलिरहेको अवस्थामा जनउत्थानको यो विविध कार्यक्रम र पारदर्शिता तथा सफल सहकारी व्यवस्थापनको उच्च कदर गर्दै अझ प्रगति र सबै सहकारी र जनसमुदायलाई समेटर लान सुझाव दिनु भएको थियो ।

 

Share This: