महिला सहकारीले २१ औं स्थापना दिवस मनायो

इटहरी । इटहरीमा रहेको महिला बचत तथा क्रण सहकारी संस्थाको २१ औँ स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत सम्मान गरेको छ ।

पत्रकारिता क्षेत्रमा योगदान पु¥याएवापत पत्रकार दीपक कार्की, उत्कृष्ट सञ्चालक राजकुमारी चौधरी, उत्कृष्ट कर्मचारी पुष्कर बस्नेत, स्नातकोत्तर सम्मान रोशन न्यौपाने, सिर्जनाकुमारी शर्मा, लक्ष्मी थापा, निशा बस्नेत, हेमन्द चन्द, बर्षा बराल सहित ४ दर्जन बढीलाई सम्मान गरिएको थियो ।

उनीहरुले आफ्नो क्षेत्रमा अब्बल भएको भन्दै सम्मान गरिएको महिला बचतकी अध्यक्ष अमृता सुब्बाले बताईन् । उनले महिलाहरुको हक हितको लागि तथा महिलाहरुलाई आर्थिक समृद्धि बनाउनका लागि सहकारी स्थापना गरिएको बताईन् । कार्यक्रमबारे व्यवस्थापक पुष्कर बस्नेतले प्रकाश पारेका थिए । उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस विष्ट, नेकपा इटहरी अध्यक्ष रेवती घिमिरे लगायतले कार्यक्रममा शुभकामना मंतब्य राखेका थिए ।

उनीहरुले सहकारीले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्नका लागि सहकारी स्थापना गरी दुई दशक पार गर्नु सुखद् रहेको भन्दै प्रसंसा गरे । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम मुना तिम्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Share This: