अन्तराष्ट्रिय सहकारीकर्मीद्धारा सहकारी बैंकको अवलोकन 

आश्विन २३, ललितपुर । CICTAB र VAMNICOM का निर्देशक Dr. K.K. Tripathi र CICTAB का Consultant Dr. D. Ravi ले राष्ट्रिय सहकारी बैंक लिमिटेडको कर्पोरेट कार्यालयको अबलोकन गर्नु भएको छ | कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रबन्ध सञ्चालक के.बि. उप्रेति, लेखा संयोजक कुलचन्द्र अधिकारी लगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुले उहाहरु लाई स्वागत गर्नुभएको थियो |

सो अबसरमा उहाहरुलाई प्रबन्ध सञ्चालक के.बि. उप्रेतिले बैंकको परिचय, बैंक सेवा, कार्ययोजना तथा सञ्चालन, सदस्य संस्थाहरुको परिचय, कार्यक्षेत्र जस्ता बिषयमा जानकारी गराउनु भएको थियो |

Share This: