काठमाडाैं । काठमाडौ जिल्ला बचत तथा ऋण संघले १६ अाैं स्थापना दिवसको अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । महिलाहरुले सञ्चालन गरेको उत्कृष्ट साकोसमा सञ्जन महिला साकोस र उत्कृष्ट साकोसमा हाम्रो दहचोक साकोस सम्मानित भएका छन् ।
यस्तै पूर्व सञ्चालकमा कुशश्री न्यौपाने, उत्कृट कर्मचारीमा सम्झना घिमिरेलाई पुरस्कृत गरेको छ । कास्कुनले सहकारी वर्ष व्यक्तिको रुपमा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य ओमदेवी मल्ललाई सम्मान गर्ने घोषणा गरेको छ । मल्ललार्इ वार्षिक साधारणसभाका दिन सम्मान गरिने कास्कुनका सचिव नवराज अर्यालले जानकारी दिए ।
पुरस्कृत सबैलार्इ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पुरस्कार वितरण गरेका थिए ।