कास्कुनको १६ औं स्थापना दिवस : सहकारी प्रविधिमा जोडिन्छ–मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई पारदर्शी हुन निर्देशन दिएकी छन् ।
काठमाडौं बचत तथा ऋण संघ (कास्कुन)को १६ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री अर्यालले सहकारी पारदर्शी हुन नसक्दा सहकारीमा विकृति आएको बताइन् । सहकारीमा पारदर्शीको अभाव रहेको भन्दै सहकारी व्यवस्थित गरिने उनले बताइन् ।

मन्त्री अर्यालले सहकारी पारदर्शी हुन नसक्दा सहकारीकर्मीले दुःख र अपजस पाइरहेको भन्दै सहकारी व्यवस्थानका लागि मन्त्रालयले योजनाबद्व ढंगले काम गरेको पनि जानकारी दिइन् ।
सहकारीमा प्रविधिको प्रयोगसँगै सहकारीका विकृति अन्त्य हुने उनको भनाई थियो । ‘सहकारीको क्षमता विकास, सक्षम र पारदर्शी बनाउन सफ्टवेयरको विकास गरेका छौं’ उनले भनिन्, ‘सफ्टवेयरमार्फत सबै सहकारी पारदर्शी हुने छन् ।’
सहकारीको स्थापना हुनु मात्र ठूलो कुरा नभई औचित्य पुष्टि गर्न सक्नु ठूलो कुरा भएको उनको भनाई थियो । देशभर ३४ हजार भन्दा बढी सहकारी स्थापना भएको भन्दै मन्त्री अर्यालले अब मर्ज गर्ने बेला आएको बताइन् । ‘हामीले चाहेअनुासर संस्था चलाउन मर्जको अभियान थाल्नुको विकल्प छैन’ उनले भनिन् ।
उनले भनिन्, ‘सहकारीलाई उत्पादनमा सामेल गराएर अर्थतन्त्र चलायमान गराउने योजना ल्याएका छौँ ।’ कुल ग्राहस्थ उत्पानमा सहकारीको योगदान ४ दशमलव ५ लाई बढाएर १० प्रतिशत पु¥याउने लक्ष्यका साथ उत्पादनमैत्री नीतिगत व्यवस्था गर्न लागिएको उनले बताइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीका समस्या समाधान गर्न सहकार्य गर्ने बताए । ऐन कार्यान्वयन चरणमा रहेकाले सहकारीलाई समस्या पर्ने अन्य व्यवस्था पनि सहकारीमैत्री बनाउन आवश्यक भएको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रीय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले कास्कुन स्थापनाको अनुभव सुनाउँदै परंपरालाई निरंतरता दिएकोमा धन्यवाद व्यक्त गरे । उनले सहकारीहरुलाई उत्पादनमा जान ऐनले नदिएकोले सहकारीहरु उत्पादनमा जानसक्ने खाले ऐन कानुन निर्माणमा गर्नमा व्युरोक्रयाट्सलाई सहकारी वुझाउन नसकिएकोमा चिन्ता व्यक्त गरे ।
उनले व्युरोक्रयाट्सले घुमाउने भएकोले अभियानको आवश्यकता अनुसारको ऐन नियम कानुन निर्माणमा समस्या आएको वताएका छन् । उनले नेताले सहकारीलाई वुझ्न नचाहेकोेले पनि धेरै समस्या भएको वताए । नेफ्स्कूनका अध्यक्ष डिवी वस्नेतले बचत तथा ऋण सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको मुल्याङ्कन नभएको चिन्ता व्यक्त गरेका छन् ।

उनले बचत तथा ऋण सहकारीको योगदानको कदर हुनुपर्ने वताए । उनले नेफ्स्कूनका सदस्य रहेका काठमाडौका सहकारीलाई अनुगमन गर्न चालिस जना अफिसरहरु तत्काल खटाउन लागिएको वताए । यसकालागि पहिले धेरै सदस्य भएको वडावाट काम सुरु गर्ने उनले वताए । अध्यक्ष बस्नेतले बचत तथा ऋण सहकारीको छुट्टै ऐन ल्याइछाड्ने पनि वताए ।

कास्कुनका अध्यक्ष केशव दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष टेकप्रसाद चौलागाइ, काठमाडौ महानगरपालिका सहकारी विभागका प्रमुख नवराज ढकालले शुभकामना मन्तव्य राखेका थिए । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले संघिय संरचनामा बचत तथा ऋण सहकारीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Share This: