सहकारीमा मर्ज वाध्यकारी व्यवस्था हुनुहुदैँन

प्रतिभा सुवेदी
अध्यक्ष– नारी चेतना केन्द्र बहुउद्देश्यी सहकारी संस्था
१ नारी चेतना केन्द्र नेपालले किन सहकारीको स्थापना ग¥यो ? यो त सामाजिक संस्था होइन र ?
समूह, बचतलाई कानुनी रुप दिन सबभन्दा उत्तम उपाय सहकारी नै हो भन्ने हामीले ठहरायौं नत्रभने ती अनौपचारिक बचत अस्तित्वमा हुदैँन थिए । ग्रामीण तहमा महिलाहरु स्वंयमले आफ्नो संस्था आफैं सञ्चालन गर्न सकुन् भन्ने हेतुले प्रवद्र्वन गर्न सहयोग ग¥यो ।
नारी चेतना केन्द्र नेपालको मुख्य उद्देश्य महिलाहरुलाई आत्मनिर्भर बन्न मद्वत गर्ने हो । आर्थिक क्रियाकलाप नगरी महिला आत्मनिर्भर हुन सक्दैनन् । २८ वर्षअघि हामीले स–सना बचत समूहहरु गठन गर्न सिकायौं । त्यही समूहले सामुदायिक विकासको काम गर्दथ्यो । ती अनौपचारिक समूहहरुलाई कानुनी रुप दिनका लागि सहकारीमा रुपान्तरण गर्न लगाइयौं । अहिले ४० वटा नारी चेतना सहकारी सञ्चालित छन् । जसमा ३५ हजार भन्दा बढी महिला मात्र सदस्य छन् । उनीहरु आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । हुन त नेपालमा ३४ हजार भन्दा बढी सहकारी छन् । चार हजार भन्दा बढी महिलाले मात्र सञ्चालन गरेका सहकारी छन् । तर समग्र सहकारीमा निर्णयक तहमा ५० प्रतिहत महिला आबद्व भएपनि नारीमा महिलाहरु रमाएका छन् । सफल सहकारीका रुपमा श्रीबछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था चितवन हो । उसले पुरस्कारसमेत पाइसकेको छ । अन्य सहकारी पनि उत्तिकै सफल छन् ।

२ सहकारीका लगानी खास कुन क्षेत्रमा फोकस छ ?
ग्रामीण क्षेत्रमा कृषि, पशुपालन, शैक्षिक ऋण लगायतमा लगानी गरेको छ । हिजो हातमा पचास रुपैयाँ पनि नभएका महिलाहरु दुई दशकअवधिमा बालबच्चालाई उच्च शिक्षा दिन सकेका छन् । महिलाहरु हरेक क्षेत्रमा सक्षम छन् । नारी चेतना केन्द्रको छानामुनी सहकारी र कृषि समूह गरी ४५ हजार भन्दा बढी एकीकृत भएका छन् ।

३ गरिबी निवारणमा सहकारीको भूमिका कत्तिको प्रभावकारी छ ?
गरिवीका बहुआयामिक समस्या हुन्छ । महिला आत्मनिर्भर हुँदा परिवारमा धेरै राहत हुन्छ । हामीले स्थानीय तहमै जेटिए निर्माण गरेका छौं । हिजो नारी चेतना केन्द्रले जे काम गर्दथ्यो अहिले सहकारीले गर्दै आएका छन् । व्यवहारमा महिलाले खुसीसाथ बढी काम गरेपनि खुसी छन् । पसल चलाएका छन् । चिया, खुद्रा पसल छ महिलाको । महिला आत्मनिर्भर भएका छन् । सहकारीले महिला आत्मर्निभर बढाएको छ । वास्तवमा गरिबी निवारणकाे मुख्य माध्यम सहकारी नै हाे ।

४ सहकारी क्षेत्रका चुनौति के छन् जस्तो लाग्छ तपाईलाई ? पछिल्लो समयमा मर्जको कुरा जोडतोडले उठाउन थालिएको छ, यसप्रति तपाईको धारणा के छ ?
महिलाले चलाएका सहकारीमा धेरै चुनौति छन् । पुरुषको आँखा पनि महिलाले चलाएका सहकारीमा नै पर्छ । महिला सहकारीले चलाएका सफल सहकारीसँग अन्य सहकारी एकीकरण गर्ने कुरा बढेर आएको छ । सञ्चालन गर्न गाह्रो, घाटामा जाँदा एकीकरण गर्ने कुरा स्वभाविकै होला तर गाउँमा सफलरुपमा सञ्चालन भएका सहकारीलाई महिलालाई डोमिनेट गर्नेगरी आएको एकीकरण कुरा हामीलाई स्वीकार्य छैन ।
राष्ट्र बैंकले चुक्ता पुँजी कम भएको बैंकलाई गाभिएर भएपनि बढाउन निर्देशन दियो । शहरमा भएका बग्रेल्ती सहकारी एकीकरण हुदाँ राम्रै हुन्छ तर गाउँमा त्यो पनि महिलाहरुले चलाएका सहकारी अरु सहकारीसँग मर्जका लागि दवाव दिनु उचित होइन ।
सहकारीमा लागेर महिलाको जनजीवन सुुधार भएको छ । एकीकरणका लागि कम्मर कसेर लागेका सहकारीका केही अगुवाहरु सबै सहकारीलाई एउटै डालोमा हालेर एकीकरणको रतान रतिरेका छन् । यो स्वीकार्य छैन । ओरियन्टलजस्तो सहकारीको कुरा र गाउँको परिवेशमा किसानले राम्रोसँग सञ्चालन गरेका कुरा फरक छ । महिला सहकारीको प्रसासशिन खर्च थोरै छ । केही सहकारीले स्थानीय स्रोत जुटाएर भवन समेत बनाएका छन् । सदस्यहरु स्थायी छन्, ऋण पनि समयमै तिर्छन् । त्यो देखेर पुरुषले सञ्चालन गरेका सहकारी धनि बनाउने अभिलाषा बोकेका छन् । नारी चेतना केन्द्रले सञ्चालन गरेका सहकारी व्यवस्थित भएर भवन बनाएका छन् । मर्जर वाध्यकारी व्यवस्था होइन् ।
यसरी आर्थिक नीति तथा एकीकरण कार्यविधिलाई आफ्नो संघसंस्थाका पुँजी वृद्वि गर्न अनुकुल व्याख्या गर्दै ग्रामीण महिलाहरुले वर्षौवर्ष लगाएर राम्रोसँग सञ्चालनमा आएका महिला सहकारीहरुमा एकीकरणका नाममा दवाव दिन थालिएको छ ।

संविधानमा समाजवाद उल्लेख गरिएको छ । विपन्न गरिबलाई सहयोग हुने सहकारी नै हो । बालबालिका, वृद्व, महिला सबैलाई सहकारी प्रमुख माध्यम हुन्छ । सहकारी ऐन २०४८ ऐनले बचत तथा ऋणले के गर्ने के गर्ने भन्ने दायरा तोकन सकेन । एक रुपैयाँ २५ जनाले उठाएर दर्ता सहकारी भयो । यो विश्वव्यापी मान्यता हो । कारोकारको हकबन्दी छैन । यी कुराहरु ऐन नियममा आएन ।

५ सहकारीबाटदिगो विकास  सम्भव देख्नुहुन्छ ?
बचत नगरी सहकारी कहाँ चल्छ ? विभिन्न प्रकृतिका सहकारीले बचत नगरी सुख छैन । बहुउद्देश्यले उद्योग गर्नपु¥यो भने लगानी चाहिन्छ । सहकारी भन्ने बित्तिकै आफ्ना सदस्यबाट पुँजी संकलन गर्नुपर्छ । नत्र त्यो दिगो हुदैँन । पुँजी संकलन नगरे संस्था धराशायी हुन्छ । आफ्नो समुदायमा भएको पैसा फेरि उत्पादन गर्ने हो । समुदायको हितमा प्रयोग गर्ने हो । त्यो भनेको समादवादी शैली हो ।
बैंकमा तरलता भएर सहकारीलाई घाटी निमोठ्न भएन । महिला वर्ग अझ गरिबीको मारमा छन् । महिलाहरुले चलाएका संस्थामा आँखा गाडेपछि कहाँबाट न्याय भयो । शिक्षा, स्वास्थ, ऋण सुविधा, तथा उत्पादनशील रोजगारीमा महिलाको पहुँच कम छ । महिलाहरुको सहकारीलाई तर्साउने गरिएको छ । सहकारीमा लेखा सफ्टवेयर राख्न सक्षम छन् ।
मर्जरका हिमायती विद्वाहरु दक्षिण कोरियाको मोडल लागू गर्न खोज्छन् । शहरलाई त काम लाग्ला तर गाउँका सहकारीलाई दक्षिण कोरियाको मोडेल काम लाग्दैन । समस्याग्रस्त सहकारीको समाधान हुनुुपर्छ ।

Share This: