रुपन्देहीमा पर्ल्स अनुगमन तालिम सुरु

बुटवल । राष्ट्रिय सहकारी बैंक लि बुटवल शाखाको आयोजनामा तीनदिने पर्ल्स अनुगमन प्रणाली सम्बन्धि तालिम सुरु भएको छ। रुपन्देही जिल्लमा रहेका सहकारी संस्थाहरुलाई लक्षित गरी शुरुवात गरिएको तालिममा त्यस क्षेत्रका २० भन्दा बढी सहकारी संस्थाहरुबाट ३५ जना सहकारी कर्मीहरुको सहभागीता रहेको छ । उक्त तालिममा बुडोल सामुदायिक साकोसका कार्यकारी अधिकृत एंव प्रशिक्षक बिबेक राज ठकुरीले सहजीकरण गर्नुभएको छ ।

 

बुटवल शाखा समन्वय उपसमिति संयोजक भिम प्रसाद तुलाचनको अध्यक्षता, बचत तथा ऋण सहकारी संघ लि।, रुपन्देहीका संचालक एंव शिक्षा उपसमिति संयोजक सन्दिप सापकोटा, देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटाको आतिथ्यतामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बुटवलका सहायक अधिकृत रुक्मत श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको स्वागत तथा कार्यक्रम माथि प्रकाश राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका प्रमुख नरेश पाण्डेले गर्नु भएको थियो भने होटल मेरीगोल्ट स्थित बुटवलमा सो कार्यक्रम कात्तिक १६ गते सम्पन्न हुनेछ ।

Share This: