सहकारीले कृषिमा लगानी गरी राेजगारी सिर्जना गर्नुपर्ने जाेड

पाेखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना, नेपाल सरकार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी बिभागको सहयोगमा  पोखरामा सहकारी ऐन, नियमावली तथा कोषहरुको विषयमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 

नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नेपाल सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय लेखबहादुर थापाको प्रमुख आतिथ्यता, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा नेफ्स्कूनका सल्लाहकार मीनराज कंडेलको बिशिष्ठ आतिथ्यता रहेको थियो । उक्त गोष्ठीमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष पार्वती खाँड राई, महासचिव चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष केशव प्रसाद पोख्रेल, लेखा सुपरिवेक्ष समिति संयोजक दामोदर अधिकारी, संघका सञ्चालक सदस्यहरु लगायत गण्डकी प्रदेशका बिभिन्न साकोसबाट उपस्थित सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि लेखबहादुर थापाले अब सरकार बिषयगत सहकारीको बिकास तथा प्रबद्र्धनमा लागिपरेको भन्दै प्रदेश सरकारको तर्फबाट सहकारी ऐन बनाई संसदमा छलफलको लागि पठाएको जानकारी दिनुभयो । साथै थापाले सहकारीलाई ज्ञान, सीप, पूँजी र चेतनाको भण्डारको रुपमा व्याख्या गर्दै सहकारीले उक्त श्रोत र साधनलाई स्थानीय परिवेश अनुसार कृषिमा लगानी गरी रोजगारीको श्रृजना गर्ने तर्फ लाग्न सहकारीकर्मीहरुलाई जोड दिनुभएको छ ।

कार्यक्रममा संघका अध्यक्ष बस्नेतले ऐन, नियमावलीको बारेमा जानकारी गराउदै अहिलेको ऐन नियमावलीमा केही संशोधन या थप गनुपर्ने बिषय भएमा आवश्यक सुझाबहरु भए उपलब्ध गराउनुहुन उपस्थित साकोसका प्रतनिधिहरुलाई जानकारी गराउनुभएको छ । समुदायमा बचतगर्ने बानीको बिकास गरी रोजगारी बृद्धि गर्न सहकारीको उल्लेखनीय भुमिका रहेको बताउदै अब सहकारी सुशासन र सदृृढीकरण तर्फ लाग्नुपर्ने बिषयमा प्रष्ट पार्नुभयो, जसको लागि नेफ्स्कूनद्धारा सञ्चालित एक्सेस, प्रोबेशन तथा CURBS जस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।

संघका महासचिब चन्द्र प्रसाद ढकालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले स्वागत मन्तब्य राख्नुभएको थियो ।

Share This: