सहकारीमार्फत दुग्ध व्यवसाय बढाउन सकिने

धरान । राष्ट्रिय सहकारी महासंघ तथा अन्तर्राष्ट्रिय श्रम संगठन ९आई।एल।ओ० विच साझेदारीमा संचालन भईरहेको उन्नती परियोजना अन्तरगत २०७५ कार्तिक १९ गते सुनसरीको धरानमा सहकारी मार्फत जिम्मेवार दुग्ध व्यवसाय संचालनको लागि स्थानिय सहकारी ऐन नियमावली तथा नीति निर्माण सम्वन्धी एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासंघका संचालक शिव कुमार डागीको सभापत्विमा सम्पन्न कार्यक्रमको समुद्घाटन राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले गर्नुभएको थियो । आफ्नो मन्तव्य राख्दै उहाँले दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारीको भूमिका अपरिहार्य रहेको वताउँदै सहकारी संस्थाहरुले जिम्मेवार ढंगले व्यवसाय गरेरनै दिगो विकास लक्ष्य प्राप्ती गर्न सक्ने तर्क राख्नु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालकद्वय रमेश पोखरेल र शिव कुमार डाँगी र जिल्ला समन्वय समिति तेह्रथुमा संयोजक शिव ढुंगानाले आ–आफ्ना विचार राख्नुभएको थियो ।

सहकारी दुग्ध व्यवसायलाई जिम्मेवार रुपमा अगाडी वढाउन स्थानीय सहकारी ऐन, नियमावलीमा के कस्तो कानुनी प्रावधान तथा नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने उद्देश्यका साथ स्थानीय सरकार, निजी क्षेत्र र सहकारी विच अन्तरक्रिया सम्पन्न भएको हो ।

सहकारी विभागका पूर्व उप रजिष्ट्रार विष्णु प्रसाद घिमिरेले सहजीकरण गर्नुभएको कार्यक्रम समूह छलफल, प्रस्तुतीकरण तथा निष्कर्ष लगायतका विधिको प्रयोग गरी सम्पन्न भएको थियो ।

 

कार्यक्रममा तेह्रथुम र धनकुटा जिल्लाका स्थानीय सरकारका प्रतिनिधि, दुग्ध सहकारी संघ/संस्थाका पदाधिकारी र संचारकर्मी तथा सरोकारवालाहरु गरी ४५ जनाको सक्रिय सहभागितामा रहेको थियो ।

Share This: