सिवाईसीको २७औं वार्षिक साधारण सभा

 हटिया बागलुङ । चारतारे युवाक्लवसिवाईसी नेपालको २७औं वार्षिक साधारण सभाशनिवार भव्य रुपमासम्पन्नभएको छ ।
बृहत ¥याली सहितगल्कोट बजार परिक्रम गरी गल्कोट नगरपालीका वडा नं. ३ हटिया बजारमा रहेको गल्कोट बहुमुखीक्याम्पसमा सम्पन्न साधारण सभाको उद्घाटन गल्कोट नगरापालीकाको प्रमुख भरत शर्मा गैरेले गर्नुभएको थियो । करिब २ हजार ५ सय जनाको उपस्थिती रहेको भव्यजनसागरलाई सम्वोधनगर्दै प्रमुखअतीथि गैरेले समृद्धि र विकासकानाराहरु घोकाउदैमा देश विकास र समृद्धिको मार्गमाजाननसक्ने बताउनु भएको थियो ।

वर्तमान समयमा केन्द्रिय सरकार परिणाम मूखीनहुँदा स्थानीय सरकारहरु अफठ्यारोमा परेको बताउदै स्थानीयतहहरु जनताप्रतीउत्तरदायीभएनन् भनीअफवहातथागलतप्रचार गरिएको धारण राख्नुभयो । देशमा राजनैतीक द्धन्द्ध समाप्तभएतापनीप्रशासनीक द्धन्द्ध यथावत रहेकाले नीतीगततहमा रहेकाव्यक्तिहरुले यसको व्यवस्थापनकालागीसजगनसकेमा राज्यअफ्ठयारोमा पर्ने प्रमुखअतीथि गैरेको भनाई थियो । गैरेले सिवाईसीले यति ठुलो कार्यक्रमगल्कोटमा आयोजना गरी गल्कोटको विकासमासंस्थाले पु¥याएकोगोग्दानकालागिधन्यवादव्यक्तगर्नुभएको थियो ।

कार्यक्रममाविशिष्ट अतीथीवरिष्ठ अधिवक्ताएवं सिवाइसी नेपालका संरक्षक पद्मनाथशर्मा पौडेलले लघुवित्त कार्यक्रमले दुरदराजमा रहेको महिलादिदीवहीनीहरुको आर्थिक, सामाजिक र साँस्कृतीकविकासमा महत्वपूर्ण योग्दान पु¥याएको बताउनु भयो । सोहीक्रममाबोल्दै विशिष्ट अतीथिबागलुङ नगरपालीकाकानगरप्रमुखजनकराजपौडेलले अहिलेको सरकार सुखी नेपाली, समृद्ध नेपालको साझालक्ष्यलिएर आफ्नानीतितथाकार्यक्रमहरु सञ्चालनगरिरहेको बताउनु भयो ।

अर्थतन्त्रकातिनखम्वा सरकारी, नीजी र सहकारी क्षेत्रहरुको माध्यमवाट मात्र समृद्धि सम्भव रहेको बताउदै पौडेलले सिवाईसीले रोजगार सिर्जना, श्रोत परिचालन र क्षमताअभिबृद्धिमा खेलेको भूमिकाप्रशंसनीय रहेको बताउनुु भएको थियो । कार्यक्रममा जैमीनीनगरपालीकाकानगरप्रमुख ईन्द्रराजपौडेलले सिवाईसी नेपालले लघुवित्तको माध्यमवाट आर्थिक अभावलाई छुदै महिलादिदिवहीनीहरुलाई समृद्धिको बाटोमा हिडाउन गरेकोप्रयास अनुकरणीय रहेको बताउनु भयो । उहाँले महिलादिदीवहीनीहरुको जागरण र उनीहरुलाई सामाजिक क्षेत्रमाल्याउनलघुवित्त कार्यक्रममार्फत सिवाईसीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममानीसीखोलागाउँपालीकाकाअध्यक्षएवं सिवाईसीका विशिष्ट सदस्यतारानाथपौडेलले केन्द्र सरकारले संविधानअनुसार कानुनबनाएर प्रदेश र स्थानीयतहमाअझै पनीदिननसकेकाले सोचे जस्तो कामगर्न नसकिएको बताउनु भयो ।स्पष्टकानुनहरु नभएपनीआफुहरुले जनताहरुको हितमाकार्य गर्न पछाडि नहटेको बताउदै संघ संस्थाहरुले ल्याउने जनताको हितमाहुने कार्यक्रमहरुसंग स्थानीयतहहातेमालो गर्न तयार रहेको बताउनु भयो ।

साधारण सभामाकाठेखोलागाउँपालीकाकाअध्यक्षएवं गै.स.स.कर्मी अमर थापाले स्थानीयतहमाकार्य गर्ने संस्थाहरुको व्यवस्थापनगर्ने जिम्मेवारी वर्तमान समयमास्थानीयतहलाई भएकाले संस्थाहरुसंग सहकार्य गरी कार्य गर्न आफुहरु तयार भएको बताउनु भयो। थापाले आफुपनी गै.स.स. कर्मी भएकाले सिवाईसी जस्ता संस्थाहरुलाई स्थानीयतहहरुले लगानी मैत्रीबातवरण सिर्जनागर्न सकेमामात्र समृद्धि सम्भव रहेको बताउनु भएको थियो ।

कार्यक्रममाताराखोलागाउँपालीकाकाअध्यक्षप्रकाश घर्तिले समृद्धि र आर्थिक विकास अहिलेको अवस्थामावहसको विषयबनीरहेको बताउदै जनताहरुलाई आर्थिक विकास र समृद्धिको बाटोमा हिडाउन आफुहरु प्रयासरत रहेको बताउनु भयो ।
साधारण सभाकाअवसरमागल्कोट नगरपालीकाकाउपप्रमुख रेनुकाकाउचा, नेपाल कम्युनिष्ट पाट्री ग.न.पा.काप्रमुखतीलकउप्रेती, नेपालीकाँग्रेसकाजिल्ला सदस्यफमवहादुर खत्री, रा.ज.म. ग.न.पा. प्रमुख टंकवहादुर के.सी., सिवाईसी नेपालका सल्लाहाकार समाजसेवी देववहादुर श्रेष्ठ, गै.स.स महासंघ बागलुङकाअध्यक्षमुक्तिराम सापकोटा, नेपाल रेडक्रम सोसाईटी गल्कोट शाखाका सभापतीएवं गल्कोट बहुमुखीक्याम्पसकाप्रमुख कृष्णप्रसादगौतम, साधारण सभातयारी समितिका संयोजक टुककुमारी श्रेष्ठ, सिवाईसी साकोस हटिया सदस्य सेवाकेन्द्रका संयोजक रामवहादुर खत्री, शाखाकार्यालयहरुको तर्फवाट भोर्लेटार शाखाका सदस्य सरलावि.क., महिलाउद्यमी सदस्यहरुको तर्फवाट बुर्तिवाङ शाखाका केशकुमारी बुढा, सम्पूर्ण सदस्यहरुको तर्फवाट तम्घास शाखाका सदस्यअनीषा के.सी. पुरुषउद्यमी सदस्यहरुको तर्फवाट बागलुङ शाखाकाचन्द्रवहादुर छन्त्याल लगाएतले आफ्नाभनाई तथाशुभकामनामन्तव्य राखेको थिए ।
साधारण सभाकाअवसरमा स्वंसेवको भावनामार्फत देश, समाज र जनताको हितमाअतुलनीय योगदान पु¥याएको भन्दै सिवाईसी समाजसेवा पुरस्कारबाट समाजसेवी देववहादुर श्रेष्ठलाई सम्मान–पत्रबाट सम्मानगरिएको थियो । सम्मानकै क्रममा संस्थाका २१ वटा शाखाकार्यालयहरु मध्येवाट उत्कृष्ट शाखको रुपमा हटिया शाखालाई नगद र सम्मान पत्रबाट सम्मानगरिएको थियो भने संस्थाका सदस्यहरुको छोरा छोरीहरु मध्येवाट एस.ई.ई. परीक्षामाउत्कृष्ट अंकल्याउन सफल ६ जनाविद्यार्थिहरुलाई समेत सम्मानगरिएको थियो । कार्यmत्रमकाक्रममा चेतनामुलकगित, भजन, नृत्य, कवितालगाएतका सास्कृतीककार्यक्रम समेत प्रस्तुतगरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिवविरवहादुर किसानबाट प्रस्तुतआ.व. ०७४।०७५ को प्रगती र आ.व. ०७५।०७६ को प्रस्तावितनीतितथाकार्यक्रम र संस्थाकाकोषाध्यक्षविमला गुरुङबाट प्रस्तुतआ.व. ०७४।०७५ को आर्थिप्रगती र आ.व. ०७५।०७६ को प्रस्तावितआयव्ययविवरण बन्दसत्रमाव्यापक रुपमा छलफल भई सर्वसम्मतीबाट पारीत गरिएको छ ।
विभिन्न जिल्लाहरुबाट संस्थाका विशिष्ट, आजीवन र सहयोगि सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता संस्थाकाअध्यक्ष चण्डिप्रसादशर्मा पौडेलले गर्नुभएको थियो । कार्यक्रममा स्वागतमन्तव्य संस्थाकाउपाध्यक्ष लक्ष्मण खड्का र सञ्चालन सचिवविरवहादुर किसान र सहसचिव गण्डकी थापाअधिकारीले गर्नुभएको थियो ।
मानवीयश्रोतको उच्चतम परिचालनभएको स्वस्थ, सामाजिक, आर्थिक, शिक्षीत, स्वावलम्वी र आत्मनिर्भर समाजनिर्माण गर्ने परिकल्पनाका साथ २०४९ सालमाजिल्ला स्थित तित्याङको सानो भुगोलबाट स्थापीत संस्थाहालसम्मआईपुग्दा २ हजार भन्दा वढि आजीवन, विशिष्ट र ३८ हजार सहयोगि सदस्यहरु माझ फैलीएको छ । संस्थामाहाल २१ वटा शाखाकार्यालय, १३० जना पूर्णकालीनकर्मचारी, ५८ करोड बचत, ८७ करोड लगानीमा रहिरहेको ऋण र १ अरब भन्दा वढिको कुल सम्पत्ती रहेको छ ।

Share This: