सिवाईसी साकोस तेश्रो पटक उत्कृष्ट करदाताको रुपमा सम्मानित

सुमन जि.सी,
बागलुङ ।  जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ तेश्रो पटक जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा शुक्रबार सम्मानीत भएको छ ।
आन्तरीक राजस्व कार्यालय बागलुङले सातौं राष्ट्रिय कर दिवस सप्ताहाव्यापी रुपमा मनाईरहेको सन्दर्भमा आज अन्तिम दिन धौलागिरी अञ्चलबाट उत्कृष्ट ४ करदाताहरुलाई सम्मानीत गरेको हो । सोही क्रममा आन्तरीक राजस्व कार्यालय बागलुङको कार्यक्षेत्र अन्तर्गत बागलुङ जिल्लाबाट सबैभन्दा बढी आयकर दाखीला गर्ने करदाताको रुपमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङलाई सम्मानीत गरेको हो ।
संस्थाले यो संगै जिल्लाबाट तिन पटकसम्म उत्कृष्ट करदाताको रुपमा कर कार्यालयबाट सम्मान प्राप्त गरेको छ । २०६६ असोज २६ गतेका दिन स्थापीत संस्थाले यो भन्दा अगाडि जिल्ला र राष्ट्रिय स्तरका धैरै पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताएका छन् । संस्थाले छोटो समयमा गरेको अरबौंको कारोवार र हाँसील गरेका विभिन्न उपलब्धीहरु अवलोकन गर्नका लागि देशभरबाट वार्षिक रुपमा ४ देखि ५ हजार सहकारी पर्यटकहरु बागलुङमा भित्रने समेत पौडेलले जानकारी गराए ।

 

Share This: